यी १० कम्पनी जसको सेयर मूल्यले नेप्से परिसूचकलाई गर्छ असर



काठमाडौं । नेपाल टेलिकमको दोस्रो बजारमा ७२० रुपैयाँको दरले सेयर कारोबार भएको छ ।

टेलिकम कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ८ अर्ब रुपैयाँ छ । नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब १६ अर्ब रुपैयाँ छ । कुल बजार पुँजीकरणमा १२ प्रतिशत हिस्सा टेलिकमको छ । टेलिकमको सेयर मूल्यमा आउने सानो उतारचढावले जहिलेपनि सेयर बजारलाई प्रभाव पारेको हुन्छ ।

टेलिकमले बोनस सेयर नदिने र नगद लाभांश दिने गर्छ । बजार पुँजीकरण ठूलो भएको हुँदा थोरै मूल्यपनि समग्र सेयर बजारलाईनै यसले असर पारेको देखिन्छ । कतिपय अवस्थामा नेप्से परिसूचक बढाउन र घटाउनको लागि टेलिकमको सेयर मूल्यलाई आधार बनाएर चलखेल गरेको समेत देखिन्छ ।

स्टक एक्सचेन्जमा सूचिकृत भएका कम्पनीमा बजार पुँजीकरण बढी हुने १० वटा कम्पनीमा ६ वटा वाणिज्य बैंक छन् । दुईवटा बीमा कम्पनी तथा एउटा जलविद्युत् आयोजना र टेलिकम कम्पनी हुन् । बजार पुँजीकरण बढी भएका १० वटा कम्पनीको बजार पुँजीकरण ५ खर्ब ५२ अर्ब रुपैयाँ हो ।

अर्थात १० कम्पनीको बजार पुँजीकरणमा हिस्सा ३८ प्रतिशत छ । सेयर बजार परिसूचक तलमाथी गराउन यी १० वटा कम्पनीको सेयर मूल्यमा आउने उतारचढावले बढी प्रभाव पारेको हुन्छ ।

टेलिकमपछि बजार पुँजीकरण बढी हुने कम्पनीमा नबिल बैंक रहेको छ । नबिल बैंकको बजार पुँजीकरण ७४ अर्ब रुपैयाँ छ ।


चढाव ल्याउँछ । नबिल बैंकको सेयर कित्ताको ९ सय ६ रुपैंया पर्छ । हाल नेप्सेमा नबिलको ८० करोड कित्ता सेयर सूचीकृत छ ।

नबिल पश्चात भने बजारमा अधिपत्य नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको छ । हाल इन्भेष्टमेन्टको बजारपूँजी ६५ अर्ब रहेको छ । सो बैंकको सेयर कित्ताको ६ सय २४ रुपैंया पर्छ । हाल नेप्सेमा उक्त बैंकको १० करोड कित्ता सेयर सूचीकृत रहेको छ ।

नबिल बैंकपछि बजार पुँजीकरण बढी हुने कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यसको बजार पुँजीकरण ६५ अर्ब ९९ करोड रहेको छ ।
स्टाण्डर्ड चाटर्ड बजार पुँजीकरण ६० अर्ब रुपैयाँ रहेको छ । यस्तै एभरेष्टको ५३ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ ।

यसैगरी नेप्सेलाई प्रभाव पार्ने कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी हो । जसको पुँजीकरण ४६ अर्ब रुपैयाँ रहेको छ । यसको अहिले दोस्रो बजारमा प्रतिकित्ता १ हजार ११ रुपैयाँको दरले कारोबार भएको छ ।

हिमालयन बैंक लिमिटेडको बजार पुँजीकरण ४४ अर्ब रुपैयाँको छ । यसको सेयर मूल्य ५ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै एसबिआईको बजार पुँजीकरण ४० अर्ब रुपैयाँको छ । यसको सेयर ५०२ रुपैयाँको दरले कारोबार भएको छ ।

जलविद्युत् क्षेत्रको बुलचिप कम्पनी भनेर कुनैबेला चिनिएको चिलिमे जलविद्युत् कम्पनीका े बजार पुँजीकरण ३१ अर्ब रुपैयाँ छ ।

यसको सेयर सेयर मूल्य प्रतिकित्ता ७ सय ४३ रुपैयाँ रहेको छ । सेयर बजारमा १० लाख कित्तामात्र सेयर सूचिकृत भएको तथा सेयर बजारमा दोस्रो सबैभन्दा महंगो सेयर मूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको बजार पुँजीकरण २८ अर्ब रुपैयाँ छ ।
सेयर मुल्यमा आएको उतारचढावको कारण बजार पुँजीकरणमा परिवर्तन भइरहेको हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मूराहरी पराजूली बजार पुँजीकरणको आधारले बलिया भएका कम्पनीले समग्र परिसूचकलाई असर गर्ने बताउँछन् ।
‘टेलिकम कम्पनीको बजार पुँजीकरण सबैभन्दा बढी छ,यसमा आएको सेयर मूल्यको परिवर्तनले नेप्से परिसूचकमा असर परिरहेको हुन्छ,’उनले भने ।


क्लिकमान्डु