भूकम्पको बेलामा नेपाली बीमा कम्पनीलाई हामीले सघायौं



झण्डै २८ महिना अगाडि नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका चिरायु भण्डारी बीमा क्षेत्रमा लामो समय काम गरेका व्यक्ति हुन् । भण्डारी नेपाल पुनर्बीमा कम्पनीमा आउनु अगाडि नेशलन लाईफ इन्स्योरेन्स कम्पनीमा नायव महाप्रवन्ध भएर काम गरेका थिए । उनले नेशनललाईफमा भण्डै २७ वर्ष बिताएका थिए भने राष्ट्रिय बीमा संस्थानमा ९ वर्ष काम गरेका थिए । ३६ बर्ष लामो अनुभब लिएर नेपाल पुनर्बीमा कम्पनीमा गएका उनको २८ महिनाको अनुभब र नेपाल कम्पनीले गर्दै आएको व्यवसायलगायतका बिषयमा गरिएको कुराकानीकोः

नेपाल पुनर्बीमा कम्पनीले उद्देश्य अनुसार काम गरेको छ भनेर सन्तुष्ट हुने ठाउँ देख्नुहुन्छ ?
सन् २००४ मा आकष्मिक बीमा कोष स्थापना भएको थियो । सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा आतंककारी आक्रमण भएपछि यस्तो जोखिमको बीमा गराउने नयाँ अध्याय सुरु भयो । त्यो बेलामा नेपालमा पनि विभिन्न प्रकारको हिंसात्मक गतिविधि हुने गरेको थियो । यस्तो अवस्थामा नेपाली बीमा कम्पनीहरुले गराएको बीमा विदेशी पुनर्बीमा कम्पनीहरुले लिन चाहेनन् । बीमा नगरी बैंकले ऋण दिदैन । बीमा नगराइकन कुनै पनि प्रकारको ब्यवसाय गर्न सकिदैन । बिदेशबाट सामान नेपाल ल्याउँदा पनि बीमा आवश्यक पर्छ । त्यो अबस्थामा नेपाल सरकारले ५ करोड रुपैयाँ लगानी गर्ने र बाँकीसबै निर्जीबन बीमा कम्पनीहरुले लगानी गर्ने गरी ११ करोड रुपैयाँको कोष स्थापना भयो ।

कोष सधै रहन सक्ने कुरा भएन । नेपालमा पनि पुनर्बीमा कम्पनी आवश्यक छ भन्ने महसुस अझ धेरै गरियो । यस्तै पृष्ठभूमीमा २०७१ साल कात्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनी स्थापना भएको थियो । कम्पनी स्थापना हुदा चुक्ता पुँजी ५ अर्ब रुपैयाँ हुने ब्यवस्था गरियो । कोषमा भएको रकमलाई सबै सेयरधनीको पैसालाई बोनस सेयरको रुपमा दिइयो । यसो भएपछि कोषका संस्थापक कम्पनी र संस्थाहरु स्वतः कम्पनीको संस्थापक सेयरधनी भए ।

कृषि तथा पशुबाली बीमामा करिब १२० प्रतिशत जोखिम छ । केही महिना अगाडि गएको तराइको बाढीले यस्तो जोखिम झन बढाइदिएको छ ।

कम्पनी स्थापना हुँदा नेपाल सरकारको ४३.५५ प्रतिशत, निर्जीबन बीमा कम्पनीहरुको ३८.९ प्रतिशत र १८.३८ प्रतिशत सेयर जीबन बीमा कम्पनी र सार्वजनिक संस्थाहरुको सेयर स्वामित्व भयो । यो अवधारणबाट बनेको कम्पनीले अहिलेसम्म उद्देश्य अनुसार काम गरेको छ भन्ने मलाई लाग्छ ।

नेपालमा पुनर्बीमा कम्पनी चलाउन सकिन्छ कि सकिदैन भन्ने शंकाकै बिचमा यो कम्पनी जन्मिएको थियो, तपाइको अनुभवले के देखायो ?
कम्पनीको ब्यवसायको आधार क्रमिक रुपमा बढ्दै गएको छ । गत आर्थिक बर्षमा हामीले करिब पौने ४ अर्ब रुपैयाँ बराबरको ब्यवसाय गर्यौं । यस्तो ब्यवसायमा स्वदेशी र बिदेशी दुबै प्रकारको छ । हामीले विभिन्न १६ देशका ३६ कम्पनीबाट पुनर्बीमा ब्यवसाय ल्याएका छौं । हामीले एशिया, युरोप र अफ्रिकी देशहरुबाट ब्यवसाय ल्याएका छौं । हामीले बीमा कम्पनीबाट मात्रै होइन विदेशी पुनर्बीमा कम्पनीहरुबाट पनि ब्यवसाय ल्याएका छौं । पछिल्लो समयमा अरबी देशहरुबाट बढी ब्यवसाय आउन थालेको छ ।

कस्तो प्रकारको जोखिमको ब्यवसाय बढी आउँने गरेको छ ?
विषेश गरेर खाडी देशहरुबाट सामान्य आगलागी तथा इन्जिनियरिङ बीमाको ब्यवसाय धेरै आउने गरेको छ ।

बिदेशबाट ब्यवसायसँगै दाबी पनि आउँछ, बिदेशबाट आउने दाबीको अबस्था कस्तो छ ?
अहिले धेरै मात्रामा दाबी आएको छैन । सामान्य प्रकारको त आउँने नै भयो ।

नेपालको बीमा ब्यवसायको कति अंश यो कम्पनीले लिन थाल्यो ?
आकष्मिक बीमा कोषले संचालन गरेको आतंकारी तथा विध्वंसात्मक गतिबिधिबाट हुने क्षतिको बीमा हामीले निरन्तरता छौं । अर्काे हामीले प्रत्यक्ष हिस्सा पनि लिने गरेका छौं । यो भनेको कम्पनीले बीमा पोलिसी जारी गर्दा त्यसको निश्चित हिस्सा हामीलाई दिने हो । यस्तो हिस्सा हामीले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म लिने गरेका छौं । अर्काे हामीले फ्याकल्टेटिभ बीमा पनि लिने गरेका छौं । यो भनेको बीमा सम्झौत हुँदा यति रकमसम्मको जोखिम यसले लिने भन्ने हुन्छ । त्योभन्दा बढीको आयो भने सबैले बाँढेर लिने हुन्छ ।

यस्तै कृषि तथा पशुबाली बीमामा हामीले सबै कम्पनीहरुलाई राम्रो सहयोग गरेका छौं । यसमा सबै बीमा कम्पनीहरुले हामीलाई सहयोग पनि गर्नुभएको छ । कृषि तथा पशुबाली बीमामा करिब १२० प्रतिशत जोखिम छ । केही महिना अगाडि गएको तराइको बाढीले यस्तो जोखिम झन बढाइदिएको छ । जोखिम बढी भएकोले यसको लागि हामीले पुल जस्तो गठन गरेका छौं । त्यो पुलमा सबै कम्पनी सहभागी भएका छन् । यसलाई सुरक्षित गर्न हामीले जर्मनीको ह्याण्डओभर रिइन्स्योरेन्स कम्पनीसँग पुनर्बीमा गराएका छौं । यस्तो प्रबन्ध मिलाइएकोले कृषि तथा पशुबाली बीमामा जति क्षति भएपनि नेपाली बीमा कम्पनीहरुलाई कुनै पनि प्रकारको असर पर्दैन । सम्बन्धित कम्पनीहरुले २० प्रतिशत जोखिम लिन्छन् । र, बाँकी ८० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले लिन्छ । नेपाल पुनर्बीमा कम्पनीले पनि पुनर्बीमा गराएको कारण उसलाई पनि धेरे आर्थिक भार पर्दैन । नेपाल पुनर्बीमा कम्पनीले १५ प्रतिशत मात्रै जोखिम लिएर बाँकी जर्मनीको पुनर्बीमा कम्पनीलाई दिएको छ । यसकारण कृषि तथा पशुबाली बीमामा नेपाली कम्पनीलाई आर्थिक भार नगन्य मात्रामा मात्रै पर्ने गरी ब्यवस्था मिलाइएको छ ।


यो एउटा कम्पनी पनि भयो, नाफा कति हुने गरेको छ ?
बीमा समितिले बनाएको पुनर्बीमा निर्देशिकामा ५ बर्षसम्म कुनै पनि डिभिडेन्ड, बोनस सेयर दिन नपाइने भन्ने छ । त्यसकारण हामीले गरेको नाफा संचित कोषमा छ । नाफा बाढ्न पाइदैन । नाफा राम्रै छ । आकष्मिक बीमा कोषमा त्यो बेला ३५ लाख रुपैयाँ राख्ने कम्पनीहरुको ६ करोड रुपैयाँ बराबरको सेयर भयो । त्यो बाहेक १/१ करोड रुपैयाँ त नगदै लिए । १० बर्षमा ३५ लाख रुपैयाँले ७ करोड रुपैयाँको आम्दानी गर्नुभनेको चानचुने कुरा होइन । यो भनेको २०७६ प्रतिशत प्रतिफल हो ।

२ बर्ष अगाडि हामीले ३ अर्बको प्रिमियम संकलन गरेका थियौं । गत बर्ष ३ अर्ब ७५ करोड जति भयो ।

हामी बीमामा प्रत्येक ५० बर्षमा एउटा नअपेक्षित ठूलो जोखिम आउँछ भनेर मान्ने गरेका हुन्छौं । त्यसैभएर धेरै बर्ष लगाएर अलिअलि जम्मा गर्ने र जोखिम आएपछि त्यो थैलो ठूलो पारेर बिमितलाई बाढ्दिने हो । बीमाको सिद्धान्त नै यही हो । हामीले सबै निर्जीबन बीमा कम्पनीहरुलाई १/१ करोड रुपैयाँ दिएको कारण भूकम्प पछिको दाबी भुक्तानी छिटो र सहज रुपमा कम्पनीहरुले दिन सके । कुनै कम्पनी पनि नोक्सानीमा परेनन् । यसको आम्दानीलाई नाफामा जोड्न पाउने भए । १० करोड चुक्ता पुजी भएका कम्पनीको ६ करोड रुपैयाँको त यहाँ सेयर नै छ ।

यो कम्पनी चौथो बर्षमा प्रवेश गरिसकेको छ, अब कसरी अगाडि बढ्ने योजना र कार्यक्रम बनाउनु भएको छ ?
नयाँ योजना र कार्यक्रम नबनाउने भन्ने त कुरै भएन । प्रत्येक आर्थिक बर्षको सुरुआतमै बार्षिक योजना र कार्यक्रम बनाउने गरिन्छ । अब हामीले गर्ने भनेको हाम्रो क्षमता बढाउने हो । हाम्रो कम्पनीको पुँजी संरचना सानो छ । यसो हुँदा बिदेशबाट धेरै ब्यवसाय ल्याउन सकिरहेका छैनौं । आक्रामक रुपमा ब्यवसाय विस्तार गर्ने हाम्रो लक्ष्य पनि छैन । विस्तारै तर स्थायित्व हुने गरी ब्यवसाय विस्तार गर्ने रणनीतिमा हामी छौं । विश्वमा केही पुनर्बीमा कम्पनीहरु टाट पल्टेका पनि छन् । यो उदाहरणबाट हामीले पाठ सिक्न पनि जरुरी छ । २ बर्ष अगाडि हामीले ३ अर्बको प्रिमियम संकलन गरेका थियौं । गत बर्ष ३ अर्ब ७५ करोड जति भयो । यो बर्ष हामीले ४ देखि साढे ४ अर्ब रुपैयाँ जति मात्रै प्रिमियम संकलन गर्ने लक्ष्य राखेका छौं । काठमाडौं उपत्यका मात्रै होइन, सिंगो नेपाल नै अति जोखिमयुक्त स्थान हो भनेर भनिने गरिएको छ । त्यसकारण हामी संयमित भएर अगाडि बढ्नु पर्ने आवश्यकता छ ।


क्लिकमान्डु