सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ ।


क्लिकमान्डु