रोल्पामा यात्रुवाहक जिप दुर्घटना, ११ जना सख्त घाइते



जिप सडकबाट ४ सय मिटरजति तल खसेर क्षतिग्रस्त भएको छ । स्थानीयहरु पनि उद्धारमा खटिएका छन् ।

काठमाडौं । रोल्पाको बुढागाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ११ यात्रु सख्त घाइते भएका छन् । घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

सोमबार राति अवेरसम्म घटनास्थलमा प्रहरीले घाइतेहरुको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण भने आइसकेको छैन । घटनास्थलमा खटिएको प्रहरी टोलीका अनुसार जिप सडकबाट झण्डै ४ सय मिटर तल खसेको थियो । र दुर्घटना भएको जिप लगभग पूर्ण रुपमा क्षतिग्रस्त छ ।

दुर्घटनामा अरु केही यात्रु पनि घाइते भएको र उद्धार गरिएका सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनास्थलमा राति अवेरसम्म स्थानीयहरु पनि उद्धार कार्यमा खटिएका छन् ।


क्लिकमान्डु