सिन्धुपाल्चोकमा भूकम्प



काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पले बढी क्षति पुगेको सिन्धुपाल्चोकबासी रातिको भूकम्पले त्रसित भए ।

उक्त भूकम्पले क्षति जमिन चिरिँदा २०७८ असार १ गते मेलम्ची नदीमा गेग्रानसहितको बाढी आएको थियो ।


क्लिकमान्डु