यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

एसईईको नतिजा आईभीआर, एसएमएस, मोबाइल एप र वेबसाइटबाट हेर्न सकिने व्यवस्था बोर्डले गराएको छ ।

पहिलो नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकममार्फत सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ । भने, मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर ‘स्पेस’ अर्थात् खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE ) टाइप गरी १६०० मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।

यहाँ क्लिक गरेर हेर्नुस् रिजल्ट

दोस्रो स्विप्ट टेक्नोलोजीको शर्टकोड ३४४५५ मार्फत पनि एसइईको नतिजा हेर्न सकिने जनाइएको छ । भने, जानकी टेक्नोलोजीमार्फत ३५००१, इजी सर्भिसमार्फत३४९४९ र आकाश टेकमार्फत ३१००३ मा एसएमएस पठाएर नतिजा हेर्न सकिन्छ।


क्लिकमान्डु