नासुबाट उकालो चढ्दै कर्मचारी प्रशासनको कमान्डर बनेपछि गिर्‍यो मुख्यसचिव अर्यालको शाख



काठमाडौं । कर्मचारी सेवामा सबैभन्दा पहिलो खुड्किलो टेकेर मुख्यसचिव भएका डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचारको मुद्दापछि निलम्बनमा परेका छन् । निजामति कर्मचारीको सुरुवाति पाइल २०४६ सालमा नायब सुब्बाबाट गरेर अर्याल ३५ वर्ष सरकारी सेवा गरेपछि भ्रष्टाचारीको आरोप खेपाइमा परेका छन् ।

काठमाडौं फर्पिङका वासिन्दा अर्यालले ३५ वर्ष अगाडि सबैभन्दा पहिलो जागीर भू-संरक्षण कार्यालयबाट गरेर निजामती सेवामा प्रवेश गरेका थिए । ३ वर्ष सरकारी सेवा गरिसकेका अर्याललाई निजामतिमा बढुवा हुँदै जाने र माथिल्लो पदमा खुला प्रतिस्पर्धाको रुची बढ्न थाल्यो । सोही रुचीलाई अर्यालले २०४९ सालको असार १८ गते शाखा अधिकृतमा नाम निकालेर निजामति क्षेत्रको करियरको लय समातेका थिए। उनले त्यतिबेला रामेछापको हुलाक कार्यालयमा हाजिर भएर काम गरेका थिए भने ७ वर्ष अधिकृतको जिम्मेवारीमा रहे ।

२०५६ मा उपसचिवका भएका आर्यालले त्यसपछि भने १० वर्ष राष्ट्रिय योजना आयोगमा बसेर काम गरे । अर्यालले आयोगमा बसेर आर्थिक विश्लेषण र उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन र जलस्रोत लगायतका क्षेत्रहरुमा १० वर्ष उपसचिवका रुपमा काम गरेर आफ्नो अब्बलतालाई थप निखारता दिँदै गएका थिए ।

२०६६ मा सहसचिव बनेपछि अर्यालको पदस्थापना गृह मन्त्रालयमा भयो । सहसचिव हुँदै राज्यलाई सिर्जनशील काम गर्नमा अब्बल हुँदै गएका अर्यालले छवि पनि थप उँचो हुँदै गएको थियो ।

सहसचिव भएर साढे ६ वर्ष अर्थ मन्त्रालयमा काम गर्दै आर्यालले लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबीआईएस) बनाएका थिए । उक्त प्रणाली अहिले सरकारले चलाउने बजेटको सबैभन्दा राम्रो प्रणाली हो । सार्वजनिक खर्च समीक्षाका लागि डेटा व्यवस्थापनमा समेत उनले गरेका छन् । सरकारी काम गर्ने क्रममा आफ्नो दायित्व पूरा गर्दा व्यक्तिगत रुपमा दीर्घरोगी भएको अर्यायले बताएका थिए । अर्यालले त्यतिबेला गरेको योगदानले राज्यको लागि राम्रो सिस्टम बनाउँदा व्यक्तिगत रुपमा आफूू भने सुगर तथा प्रेसरको रोगी भएको मुख्यसचिव हुनु अगाडि बताएका थिए । सार्वजनिक खर्च समीक्षाका लागि डेटा व्यवस्थापन लगायतका विभिन्न प्रणाली सुधारमा संलग्न थिए ।

नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेजबाट पीएचडी गरेका अर्यालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले नर्वेको कृषि विश्वविद्यालयबाट विकास र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेर नेपाल फर्किका हुन् ।

सहसचिव भएको नौ वर्षपछि २०७५ मा सचिव भएका अर्यालको पहिलो पदस्थापन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भएको थियो । आयोगमा डेढ वर्ष सचिव भएर निस्किएका आर्यालले विभिन्न मन्त्रालयका काम गर्ने क्रममा सञ्चार मन्त्रालमा पुगेका थिए । सञ्चार मन्त्रालयमा पुगेका बेला सोही मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छाप्ने क्रममा भएको अनियमितताका कारण भ्रष्टारको मुद्दामा मुछिन पुगेका हुन् ।

अर्याल सचिवको ५ वर्ष कार्याकाल सकेर घर जाने ३ दिन अगाडि मात्रै मुख्यसचिवमा बाजी मार्न सफल भएका व्यक्ति हुने । २०८० असार ३ गते कार्याकाल सकिन अगाडि सचिव पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृति नहुँदै अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेटिङ मिलाउन सकेकै कारण कार्यकाल सकिन लागेका तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई राजीनामा गराएर ३२ जेठमै मुख्यसचिव बनेका थिए ।

कर्मचारी प्रशासनमा रहँदा सञ्चार मन्त्रालयमा सचिव भएपछि भने अर्यालले गरेको निर्णयमा विवाद बढ्न भयो । यही विवादमा एकपछि अर्को मुद्दामा अर्याल मुछिएका हुन् । उलने सञ्चारसचिव भएको बेला राष्ट्रिय भुक्तानी प्रणाली, टेरामक्स, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सहित टेलिकमको अनियमितता, इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरूको राजस्व छुट दिएको सम्बन्धि निर्णय विवादमा आएको छ भने त्यसमा समेत अर्याल जोडिएका छन् ।


क्लिकमान्डु