बालेनले फुटपाथ विस्तार गर्न काटेको न्युरोडको सडकमा बिबाद: सडक डिभिजनले गर्‍यो पीच



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ बनाउन भन्दै काटेको स्थानमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्र गरेको छ ।

सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालयले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र थालेको हो ।
महानगरले काटेको सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले बताए ।

भत्काएको सडक पुरानै अवस्थामा ल्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गरेको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

सडक काटेपछि कार्यालय र महानगरबीच बिबाद भएको थियो । जवाफमा महानगरले डिभिजन सडक कार्यालयको गेटमा धुलो थुपारिदिएको थियो । काटिएको कालोपत्रेको एकातर्फ १६० र अर्कातर्फ ५० मिटर पुनः कालोपत्रे गरिँदैछ ।

सडक कार्यालयले आफैं पिच गर्न थालेपछि मेयर बालेन शाह फेरि आक्रोसित भएका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टीस्टेटसँग जोडेर आक्रोस पोखेका छन् ।


क्लिकमान्डु