ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

रिटमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको हो ।

गृहमन्त्री लामिछानेले महिनावारीको समयमा महिला ट्राफिक प्रहरीलाई सडकको डिउटीबाट हटाउने र ति स्थानमा मापसे लगायतका कारबाहीमा परेकालाई स्वयंसेवकको रुपमा खटाउने निर्णय सार्वजनिक गरेका थिए ।

कानुन नभइ गृहमन्त्रीले आफूखुसी निर्णय गरेको भन्दै उक्त निर्णयको बिरोध भइरहेको थियो ।


क्लिकमान्डु