देउवासँग भेट्दा आत्तिनु पर्दैन: माधव नेपाल



काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए ।

सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने उनको भनाइ छ । सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको अध्यक्ष नेपालले बताए ।

देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको उनको भनाइ छ । आफ्नो पार्टी दुईवटा नाउमा खुट्टा राख्ने खाले नरहेको उनको भनाइ छ ।

उनले अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको बताए । सरकारमा बस्ने की नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने उनको भनाइ छ ।


क्लिकमान्डु