निजी क्षेत्रलाई सरकारी जग्गामा होटल बनाउन दिइने 



काठमाडौं । सरकारले पर्यटकको संख्या वृद्धि गर्न सरकारी जग्गामा होटल बनाउन निजी क्षेत्रलाई जग्गा भाडामा दिने भएको छ।

मंगलबार संसद बैठकमा पेस गरेको बजेटमा ती स्थानमा स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्यमा पहुँचमार्ग र विद्युत् र खानेपानी सेवा विस्तार गरिनेबताए ।

पुराना पदमार्ग सुधार्न, सम्भावित जोखियुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गर्नेलगायतका पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो रकम भृकुटीमण्डपमा रहेको पर्यटन विभागमार्फत खर्च हुन्छ ।


क्लिकमान्डु