ईपीएस भाषा परीक्षाको पहिलो चरणको रिजल्ट सार्वजनिक: ६ हजार उत्तीर्ण, को-को भए पास ?



काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को पहिलो चरणको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले पहिलो चरणमा उत्तीर्ण परीक्षार्थीका लागि दोस्रो चरणको परीक्षाको मिति तोकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र अन्तर्गत कोरियामा नेपाली कामदार पठाउने उम्मेदवारहरुको छनोट गर्न पहिलो चरणमा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षाको मिति तोकेको शाखाले जनाएको छ ।

ईपीएस कोरिया शाखा र एचआरडी कोरिया शाखाले गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा लिएको थियो।

उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जना परीक्षार्थी सहभागी भएका थिए । उक्त परीक्षामा सहभागी भएकामध्ये ६ हजार ३ सय १२ जनाले परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीको दोस्रो चरणको जाँच आगामी वैशाख ९ गतेदेखि १५ गतेसम्म हुनेछ । दोस्रो चरणको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

दोस्रो चरणको परीक्षा आगामी ३१ गतेदेखि साउन १६ गतेसम्म हुनेछ । उक्त परीक्षामा ७९ हजार ९३७ जना परीक्षार्थी सहभागी हुनेछन् । त्यस्तै तेस्रो चरणमा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुनेछन् । तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म चल्नेछ ।

ईपीएसमार्फत् सन् २०२३ का लागि दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार नेपाली कामदार माग गरेको छ । उक्त मागमा १ लाख ६३ हजार बढीले आवेदन दिएका छन् ।

को-को भए पास (सूची)


क्लिकमान्डु