सरकारी वकिलको कार्यालयबाट बाहिरिँदै विनोद चौधरीले भने: म माथि अनुसन्धानको विषय स्टन्टको रुपमा आयो



काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधि सभाका सदस्य विनोद चौधरीले आफूमाथि अनुसन्धानको विषय स्टन्टको रुपमा आएको दाबी गरेका छन् ।

बिहीबार चौधरीले आफू संसदमै भएको बेला अनुसन्धान बारे जानकारी गराएको समाचारहरु बाहिरएको र त्यो स्टन्टको रुपमा आएको उनले बताए ।

‘म संसदमै थिएँ, गोप्यपत्रको नाममा तीन मिनेटभित्र अनुसन्धानको बारे जानकारी गराएको पत्र सार्वजनिक भयो समाचारभरि रंगिए । त्यसबाट यो स्टन्ट के उदेश्यबाट भएको भन्ने स्पष्ट भएको छ’ उनले भने ।

भाइमाथिको अनुसन्धान सुरु भएपछि आफूले पार्टीको बैठकमै कुरा राखेको उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरीसँग बयान लिएको हो । सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा चौधरीसँग बयान लिएको हो ।

बुधबार सीआईबीले चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । सभामुखलाई जानकारी गराएको भोलिपल्ट चौधरीको बयान लिएको हो ।


क्लिकमान्डु