५१ करोड रुपैयाँ पुग्यो गरिमा विकास बैंकको नाफा



काठमाडौं । गरिमा विकास बैंकले ५१ करोड रुपैयाँ माथि नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष बैंकको यस्तो नाफा ५० करोड २१ लाख रुपैयाँ रहेकोमा यस वर्ष १ करोड ४ लाख रुपैयाँले बढेको हो ।

पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफामा भने कमी आएको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा २१ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालु वर्षको पुस मसान्तसम्म यस्तो रकम २ करोड ३१ लाख रुपैयाँ मात्रै रहेको छ।

बैंकको निष्कृय कर्जाको रेसियो पनि गत वर्षको तुलनामा १.०६ प्रतिशतले बढेको हो । गत वर्षको पुस मसान्तसम्म यस्तो कर्जा १.८९ प्रतिशत थियो भने चालु वर्ष २.९५ प्रतिशतमा पुगेको हो ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ४.४७ पैसा रहेको छ ।


क्लिकमान्डु