शनिबार केही ठाउँमा हिमपातको सम्भावना



काठमाडौं । शनिबार देशको पहाडी भूभागमा मौसममा केहि बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । अन्य भूभागमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको केहि स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार र सोमबार पनि देशका हिमाली क्षेत्रसहित उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


क्लिकमान्डु