आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो ३३ बीमा अभिकर्तालाई तालिम



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो ।

कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थिति थियो ।

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि कात्तिक २० देखि २२ सम्म तालिम दिइएको हो ।

तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।


क्लिकमान्डु