स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश



काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयर धनीलाई १२.३६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद दिने निर्णय  गरेको हो ।

सञ्चालक समितिको निर्णयअनुसारको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि सेयर धनीले पाउँछन् । स्वावलम्बनको चुक्तापुँजी हाल १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ छ ।


क्लिकमान्डु