सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु