एकै महिनामा ७.८९ प्रतिशतले घट्यो बीमा पोलिसी सरेन्डर



काठमाडौं । साउनको तुलनामा भदौमा बीमा पोलिसी सरेन्डर गर्ने क्रम ७.८९ प्रतिशतले घटेको छ । साउनमा ९ हजार ७९८ बीमितले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेकोमा भदौमा ९ हजार ३८६ ले १ अर्ब १८ करोड २० लाख रुपैयाँको सरेन्डर गरेका हुन् ।

साउनको तुलनामा भदौमा रकम र संख्या दुवै घटेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौमा सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित छन् ।

यस्तै सबैभन्दा कम पोलिसी सरेन्डर गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्सका बीमित छन् । भदौमा नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसीमध्ये २ हजार ५४२ वटा बीमालेखबापत ४० करोड २९ लाख ३७ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । यस्तै सन नेपाल लाइफको बीमा पोलिसीमध्ये ४० बीमालेखबापत ४० लाख रुपैयाँको पोलीसी सरेन्डर भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमा पोलिसीमध्ये १ हजार ८२३ बीमालेखबापत २७ करोड ५८ लाख ५१ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय बीमा संस्थानको १ हजार १३४ वटा बीमालेखबापत ९ करोड ८१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेसनल लाइफको ६९९ बीमालेखबापत १० करोड ५९ लाख ७३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको ९५९ बीमालेखमार्फत आठ करोड ४३ लाख ६६ हजार रुपैयाँ सरेन्डर भएको छ । मेट लाइफको ३९१ बीमालेखबापत ३ करोड ६९ लाख २६ हजार, एसियन लाइफ इन्स्योरेन्सको ७५८ बीमालेखबापत ४ करोड ८४ लाख रुपैयाँ र आईएमई लाइफ इन्स्योरेन्सको ४१ बीमालेखबापत ४७ लाख ८७ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणका अनुसार रिलायबल नेपाल लाइफको १४२ बीमालेखबापत ७२ लाख ७१ हजार, सिटिजन लाइफको २०३ बीमालेखबापत १ करोड ६३ लाख १२ हजार रुपैयाँ, सूर्याज्योति लाइफको ४११ बीमालेखबापत ७ करोड ३१ लाख रुपैयाँ ५२ हजार, सानिमा लाइफ इन्स्योरेन्सको १५९ बीमालेखबापत १ करोड २३ लाख ७६ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ८४ बीमालेखबापत १ करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

जीवन बीमा गरेर अवधि नपुग्दै पोलिसी बीचमै रोक्नु पोलिसी सरेन्डर हो । तोकिएको अवधिका लागि खरिद गरेको पोलिसी परिपक्व हुन नपाई पोलिसी बन्दा गर्दा सरेन्डर हुने गर्छ ।

बीमालेख सरेन्डर हुनुको मुख्य कारण आर्थिक संटकलाई लिइएको छ । आर्थिक संकट पर्दा बीमितले आफूले खरिद गरेको पोलिसीलाई सरेन्डर गर्ने गरेको बिमकहरु बताउँछन् ।

हाल प्राधिकरणद्वारा जारी निर्देशिकाअनुसार बीमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि बीमालेख त्याग गर्न सक्थे ।

निर्देशिकामा बिमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरिएको छ । बीमितलाई बीमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने व्यवस्था छ ।


क्लिकमान्डु