विद्युत प्राधिकरणको कार्यलयमा आगलागी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार बिहान बनस्थलीस्थित कार्यालयको तेस्रो तलामा आगलागी भएको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ ।

आगो नियन्त्रणमा लिन एक घण्टा लागेको थियो । आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।


क्लिकमान्डु