मुक्तिनाथ मोडेललाई दक्षिण एसियाभर फैलाउने भरतराज ढकालको सपना



‘मेरो सोच अलि बढी महत्वकांक्षी पनि हो तर आजसम्म सफल भइरहेको छु,’ मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भरतराज ढकाल भन्छन् ।

ढकालले भनेजस्तै गरेर आफूलाई प्रमाणित गराइसकेका छन् । सहकारी संस्था चलाउँदा चलाउँदै बैंक खोलेका थिए उनले । तर, त्यही बैंक अर्थात् मुक्तिनाथ विकास बैंक अहिले मुलुकको नम्बर वान विकास बैंक बनिसकेको छ ।

निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, ग्राहक संख्या सबै हिसाबमा मुक्तिनाथ निकै बलियो छ । अहिले राष्ट्र बैंकले ५५ प्रतिशत व्यक्तिगत र ४५ प्रतिशत संस्थागत निक्षेप हुनुपर्छ भनेको छ ।

तर, राष्ट्र बैंकको त्यो नीतिभन्दा धेरै माथि उठेर मुक्तिनाथले ७५ प्रतिशत व्यक्तिगत र २५ प्रतिशत संस्थागत निक्षेप राखेको छ । र, अर्को कुरा राष्ट्र बैंकले बैंकहरुले प्रवाह गरेको कूल कर्जामध्ये २५ प्रतिश उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भनेको छ । उत्पादनमूलक क्षेत्रमा अहिले बैंकहरुको लगानी करिब १८ प्रतिशत छ । तर, मुक्तिनाथले आफ्नो कूल कर्जाको ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेको छ ।

‘मुक्तिनाथले अहिले अंगालेको मोडेल दिक्षण एशियामै एउटा विषेश मोडेल बनोस् भन्ने मेरो चाहाना छ,’ उनले भने, ‘हामीकहाँ जर्मनी, डेनमार्क लगायतका विदेशबाट लघुवित्तमा विद्यावारिधी गर्ने विद्यार्थीहरु मुक्तिनाथ आएर ६/७ महिनासम्म बसेर काम गरेका पनि छन् ।’

‘विकास बैंकको अवधारणा भनेको वाणिज्य बैंक पुग्न नसकेका ग्रामीण दूरदराजका जनतालाई वित्तीय सेवा प्रदान गर्नु हो, तर, हाम्रा विकास बैंकहरु वाणिज्य बैंकको जस्तै शहर केन्द्रित भइरहेका छन्,’ ढकाल भन्छन्, ‘हामी विकास बैंकहरुले अहिले गरिरहेको बैंकिङ मोडेल नै चेञ्ज गर्न चाहन्छौं ।’

मुक्तिनाथले आज लागू गरिरहेको मोडेल भोलि राष्ट्रिय मोडेल बन्न सक्ने उनी बताँछन् ।

यही सोचका कारण ढकालको सक्रियामा २०६३ साल पुस १९ गतेदेखि स्याङजा, कास्की र तनहुँलाई आधार बनाएर मुक्तिनाथ विकास बैंकले वित्तीय करोबार सुरु गरेको थियो ।

दश वर्षको अवधिमै यो बैंकले धेरैलाई उछिनिसकेको छ । आधा दर्जन बढी सूचकहरुमा मुक्तिनाथ नम्बर वान बैंक भएको छ ।

बैंक खोल्नुअघि ढकाल काठमाडौंमा रोयल कोअपरेटिभ नामक सहकारी संस्था संचालन गर्थे । सहकारीको शाखा विस्तार गर्नेक्रममा पोखरा गए । र, फेरि पोखराबाट स्याङजा गए ।

‘स्याङजामा मलाई रोयल कोअपरेटिभले मात्रै पुगेन, विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध भएर सामाजिक काम गरेँ । नयाँ खरब साप्ताहिक नामक पत्रिका पनि चलाएँ,’ उनी भन्छन् ।
२०५८ सालमा स्याङजाका बैंक तथा वित्तीय संस्थाहरुमा तत्कालिन बिद्रोही नेकपा माओबादीबाट आक्रमण भएपछि स्याङजामा वित्तीय सेवाको अवस्था ध्वस्त गयो । ५ हजार रुपैयाँभन्दा बढीको चेक साट्न पोखरा आउनुपर्यो । व्यापारीहरु आफ्नो सम्पत्ति बिक्री गरेर हिँड्न थाले । त्यसबेलासम्म स्याङजामा निजी क्षेत्रका कुनै पनि बैंक थिएनन् ।

‘हाम्रो संस्थामा लघुवित्त सेवा लिन आउनु अघि उसको अवस्था कस्तो थियो, अहिले कस्तो छ भनेर अनुसन्धान गर्न लागेका हौं । हामीले सुरु गरेको २ वर्ष भयो, अहिले हामी १२/१३ हजारमा मात्रै पुगेका छौं ।’ उनले भने ।

२०५७ सालदेखि नै बैंक खोल्ने सोच ढकालको थियो । ०५७ मै आफ्ना काकालाई अध्यक्ष बनाएर उनले राष्ट्र बैंकमा बैंक दर्ता पनि गरेका थिए।

‘पछिल्लो क्रममा हामीले प्रस्ताब गरेको ठाउँमा राष्ट्र बैंकले सुरक्षाको कारण देखाउँदै बैंक खोल्न दिएन । मुख्य कार्यालय अर्कै ठाउँमा सार्न भन्यो । २ करोडको संस्था खोल्न लागेका थियौं । राष्ट्र बैंकले ५ करोड लगानी गरेर अलि ठूलो संस्था खोल भन्यो । हामीसँग ५ करोड रुपैयाँ पुँजी थिएन । त्यसैले हामी त्यहीँ अडियौं ।’ स्मरण गर्दै उनले भने ।

पछि २०६१ मा बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश तयार पारियो । त्यसपछि ढकाल फेरि बैंक खोल्न सक्रिय भए ।

मुक्तिनाथले कारोबार सुरु गरेको दिन १० हजार कार्ड बाँडिएको थियो । तर, जम्मा २२ जनाले मात्रै खाता खोले । निक्षेप पनि २/४ लाख रुपैयाँमात्रै आयो । त्यो रात ढकाल निदाएनन् ।

‘अन्य बैंकको जस्तै शैलीमा काम गरेको भए हामीलाई दुख पनि हुने थिएन तर, यो स्तरको लाभांस लगानीकर्तालाई दिन पनि सक्ने थिएनौं,’ उनले भने ।

‘मलाई निकै ठूलो तनाब भयो । त्यसपछि मैले जनतालाई आकर्षित गर्ने नाराहरु बनाएर गाउँगाउँमा निस्किएँ, जस्तैः ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ । कमाएर धनी भइँदैन, बचत गरेर धनी भइन्छ, आदि ।’

यस्ता नारा लिएर ढकालको टोली स्याङजाको हरेक गाउँसम्म पुग्यो । जसको प्रतिफल आज पाइरहेको छ ।

‘बिहान टाइ सुट लगाएर जान्थ्यौं बेलुका आफ्नै अनुहार नचिनिने गरी धुलाम्ये भएर आउँथ्यौं,’ उनी ती दुखका दिन स्मरण गर्छन् ।

पहिलो वर्षको वासलातमा ६ महिनामै बैंकले १ लाख रुपैयाँ नाफा कमायो । ६ महिनामा ११ करोड रुपैयाँ निक्षेप संकलन गरी साढे ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसपछि भने आफूहरु केही उत्साहित भएको उनले सुनाए । मुक्तिनाथले त्यसबेला नै गाउँगाउँमा वित्तीय साक्षरता सञ्चालन गर्यो । धेरैपछि मात्रै नियामक राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानको रुपमा सञ्चालन गर्ने नीति बनायो ।

‘मैले रेमिट्यान्स हातमा होइन, खातामा आउनुपर्छ भनेर ०६६ सालमै राष्ट्र बैंकलाई सुझाब दिएको थिएँ, अहिले राष्ट्र बैंकले फिल गरिरहेको छ,’ ढकाल सम्झन्छन् ।

३० जना प्रवद्र्धकले १ करोड ३० लाख रुपैयाँ लगानी गरेर खोलेको बैंकले १० वर्षको अवधिमा ८७ गुणाले आफ्नो चुक्ता पुँजी बढाइसकेको छ ।

‘नेपालको इतिहासमै सानो पुँजीमा बैंक खोलेर १० वर्षमै यतिधेरै अनुपातमा पुँजी वृद्धि, व्यापार वृद्धि गर्ने १ नम्बरको बैंक हो मुक्तिनाथ,’ ढकाल दाबी गर्छन्, ‘त्यस्तै ऋणमा ७४ प्रतिशतले र निक्षेपमा ७२ प्रतिशतको वृद्धि हासिल गर्यौं । यो नेपालको बैंकिङ इतिहासमा कसैको पनि छैन ।’

१० वर्षमा बैंकले ८ पटक हकप्रद सेयर निष्काशन गरिसकेको छ । यो अवधिमा ८ पटक हकप्रद निष्काशन गर्ने पनि मुक्तिनाथ पहिलो बैंक हो ।

स्याङजा, कास्की र तनहुँ गरी ३ जिल्ला कार्यक्षेत्र भएको बैंक सञ्चालनमा आएको २ वर्षपछि अर्थात् ०६५ को अन्तिममा १० जिल्लेमा स्तरोन्नति हुँदै पोखरामा मुख्य कार्यालय सार्यो । पोखरा आउँदा बैंकको निक्षेप ३१ करोड रुपैयाँ पुगिसकेको थियो ।

‘स्याङजामा बिजनेश बढ्दैन भनेर मुख्या कार्यालय पोखरातिर सारिएको हो,’ उनले भने,– ‘जब हामीलाई पोखरा साँघुरो लाग्नथाल्यो, तब राष्ट्रियस्तरमा स्तरोन्नति हुँदै मुख्य कार्यालय काठमाडौ सारियो ।’

नेपालको बैंकिङ इतिहासमै २ पटक मुख्य कार्यालय सार्ने पहिलो बैंक पनि मुक्तिनाथ नै भएको उनको दाबी छ । स्याङजाका सबै जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले बैंकले सुरुमै १० वटा शाखा खोल्यो ।

‘त्यसबेला मलाई सबैले बैंक डुबाउँछ भन्ने अरोप लगाउँथे, बोर्डमा पनि प्रश्नको ठूलै सामना गर्नुपर्यो,’ ढकाल भन्छन्, ‘अहिले स्याङजामा ११ वटा स्थानीय तह छन्, पहिले मैले शाखा खोलेका ११ वटै स्थान अहिले गठन भएका स्थानीय तहका केन्द्र छन् । मैले त्यसबेलै कल्पना गरेको थिएँ कि यी ठाउँहरु भोलिका दिनमा राम्रो संभावना भएका ठाउँ हुन् । यहाँ व्यापार व्यवसाय गर्न सक्छौं भनेर ।’

स्याङजा कास्की र तनहुँमा बैंक भनेकै मुक्तिनाथ बैंक हो भन्ने भएको छ । अहिले पनि ३ वटा जिल्लामा मुक्तिनाथका २५ शखा छन् । र, ३ जिल्लाको बिजनेस ६० प्रतिशत माथि छ ।

बैंक सुरु गर्दा ७ जना कर्मचारी थिए । अहिले साढे ७ सय कर्मचारी छन् ।

‘मेरो भिजन के हो भने ५०० शाखा र ५ हजार कर्मचारी हो,’ ढकालले सुनाए ।

ग्राहकको संख्यामा मुक्तिनाथ विकास बैंकहरुमा १ नम्बरमा पर्छ भने शाखा संख्यामा २ नम्बरमा पर्छ । हाल बैंकका ६० वटा शाखा छन्, १३ वटा शाखा ३ महिनाभित्रै खुल्दैछन् ।

अहिले कूल निक्षेप १६ अर्ब ७७ करोड, कर्जा १५ अर्ब ३१ करोड रुपैयाँ छ भने खराब कर्जा ०.०२ प्रतिशत छ ।

गभर्नर भएपछि डा. युवराज खतिवडाले पहिलोपटक मुक्तिनाथ विकास बैंकको शाखा उदघाटन गरेका थिए । राष्ट्र बैंकका अधिकारीहरुले पनि कुनै विकास बैंकको उदाहरण दिनुपर्यो भने मुक्तिनाथ कै नाम दिन्छन् ।

धेरै बैंकरहरु सामान्यतया राष्ट्र बैंकको सुपरिभिजन टोली आफ्नो संस्थामा नआइदिए हुन्थ्यो भन्ने बिचार राख्छन् । तर, मुक्तिनाथले आफूले सञ्चालन गरिरहेको बैंकिङ सही छ कि छैन भनेर अध्ययन गरिदिुन पर्यो भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको छ ।

‘नेपालको अहिलेको मूख्य समस्या भनेको दूरदराजमा वित्तीय सेवा पुर्याउने नै हो । वित्तीय पहुँच विस्तार गर्न ससानो कर्जा विस्तार गर्न सक्नुपर्छ,’ ढकाल भन्छन्, ‘नेपालमा सानोभन्दा सानो कर्जा सहजै प्रवाह गर्ने संयन्त्र हामीसँग मात्रै छ । हामी १ हजार रुपैयाँदेखि ९ करोड रुपैयाँसम्म कर्जा दिन्छौं ।’

समूहको जमानीमा र व्यक्तिगत जमानतमा पनि ऋण दिने उनले सुनाए ।

अर्कोकुरा मुक्तिनाथ जहाँ-जहाँ जान्छ, त्यो जिल्लामा ३/४ वटा शाखा खोल्छ । यो बैंकले लघुवित्त संस्थाले राज्यबाट लिने कुनैपनि सहुलियत नलिइ लघुवित्तको सेवा प्रदान गरिरहेको छ ।

‘हामी कार्यालयबाट ४० किलोमिटर टाढासम्म पुगेर वित्तीय सेवा दिएका छौं, बिहान गएर साँझ फर्किन मिल्ने ठाउँसम्म हामीले वित्तीय सेवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन्, ‘हाम्रो हरेक शाखामा मेस हुन्छ, कर्मचारीहरुले कार्यालयमै खाना खान्छन् ।’

त्यतिमात्रै होइन, कार्यालय खोलेर सेवा दिन नसकिने विकट क्षेत्रहरुमा १ देखि ३ दिन बसेर साढे ८ हजार घरधुरीलाई वित्तीय सेवा दिइरहेको छ । बास बसेर लघुवित्त सेवा दिने नेपालको पहिलो संस्था हो मुक्तिनाथ ।

‘महिनामा एकपटक विकट गाउँमा गएर बास बसेर सेवा दिन्छौं । कास्की, स्याङजा र तनहुँका लगभग सबै सामाजिक सुरक्षा भत्ता मुक्तिनाथले दिन्छ,’ ढकाल भन्छन् ।

१ लाख १० हजार महिला मुक्तिनाथका ग्राहक छन्, जसमध्ये ७८ हजार महिलाले कर्जा लिएका छन् । महिलाहरुले मात्रै साढे ४ अर्बको कारोबार छ ।

‘हामी बीमाको पनि काम गर्छौं, कुनैपनि ग्राहक मुक्तिनाथ विकास बैंकमा आइसकेपछि अन्त कतै जानु पर्दैन,’ उनले भने, ‘हामीले वर्षमा २/३ हजार जनालाई हाम्रै खर्चमा लघुवित्त तालिम दिन्छौं लघुवित्तका ग्राहकलाई स्तरोन्नति गर्दै बैंकिङमा ल्याउने हाम्रो उद्देश्य हो ।’

मुक्तिनाथले लघुवित्तमा आवद्ध ग्राहकहरुको गरिबी र जिबनशैली मापन गर्ने तयारी गरिरहेका छ । जसमा विश्वव्यापी प्रचलनमा आएका १० वटा प्रश्नहरु समाबेस गरिएको छ ।

‘हाम्रो संस्थामा लघुवित्त सेवा लिन आउनु अघि उसको अवस्था कस्तो थियो, अहिले कस्तो छ भनेर अनुसन्धान गर्न लागेका हौं । हामीले सुरु गरेको २ वर्ष भयो, अहिले हामी १२/१३ हजारमा मात्रै पुगेका छौं ।’ उनले भने ।

नेपालमा सबैभन्दा बढी वित्तीय साक्षरतामा काम गर्ने संस्था भएको उनको दाबी छ ।

‘अरु सबै बैंकले गरेको र हामीले गरेको तुलना गर्ने हो भने हामीले गरेको धेरै छ जस्तो लाग्छ,’ उनले भने । बैंकका ५० प्रतिशत शाखा ग्रामिण क्षेत्रमा छन् ।

नेपालमा पहिलोपटक लघुवित्त संस्थाले आफ्ना ग्राहकलाई एसएमएस, मोवाइल बैंकिङ र एटीएम कार्ड दिने संस्था हो मुक्तिनाथ ।

त्यसैले हामीले गरिरकेको कामको अध्ययन अनुसन्धान गरिदिनु पर्यो भनेर हामी राष्ट्र बैंकलाई भिनरहेका छौं । हामी जोखिममा छौं भने पनि भनिदिनु पर्यो ।

कृषिको काम गर्ने छुट्टै सहायक कम्पनी खोल्न प्रस्ताब गरेका छौं । राष्ट्र बैंकले स्वीकृत दिएन भने आफैंले भएपनि लागू गर्ने उनको भनाई छ ।

अहिलेको समस्या भनेको किसानले उत्पादन गरेको तरकारीको बजारिकरण हो । मुक्तिनाथले बजारिकरणमा काम गर्न खोजिरहेको छ ।

‘हामी गाउँका ग्राहकले उत्पादन गरेको कृषि बस्तु शहरका ग्राहकलाई ल्याएर बिक्री गर्छौं, भालिका दिनमा तपाईले मुक्तिनाथ विकास बैंकको कुनै डेक्समा कृषि सम्बन्धी सामाग्री बिक्रीमा राखेको देख्न पाउनुहुनेछ,’ उनले भने ।

बैंकले नाफा कमाएकै छु भनेर मात्रै बस्न नहुने उनको भनाई छ ।

‘बैंकले त हिँजो मकहाँ आएको ग्राहकको जिबनस्तर माथि पुग्यो कि पुगेन भनेर पनि हेर्नुपर्छ,’ उनले भने ।

तर, यहाँसम्म आइपुग्न कम्ति कठिन भएन उनलाई । सबैभन्दा ठूलो चुनौति त कर्मचारी व्यवस्थापन हो ।

आधुनिक बैंकमा काम गर्ने कर्मचारी टाइ सुट लगाएर आउँछ, उसले बैंकमा आएको ग्राहकलाई सेवा दिन्छ । तर, त्यही बैंकको लघुवित्तमा काम गर्ने कर्मचारी बिहानै ६ बजे उठ्छ । र, सामान्य कपडा लगाएर हिँड्दै गाउँगाउँमा जान्छ । साँझ पसिनै पसिना भएर कार्यालय फर्किन्छ ।

‘त्यसैले कर्मचारीको व्यवस्थापन गर्न निकै कठिन भयो,’ उनले भने

लघुवित्तमा कर्मचारी पाउन कठिन भयो उनलाई । किनभने सबैलाई सुखको जागिर खान मन हुन्छ । लघुवित्तका कर्मचारीहरुले सामूहिक बैठकमा सहभागी हुँदा दुखी विभाग भनेरसमेत परिचय दिन्थे ।

‘तर म जहाँ जाँदा पनि सबैभन्दा पहिला लघुवित्तका कर्मचारीहरुलाई भेट्छन् र उनीहरुका कुरा सुन्छु, त्यसपछि मात्रै बैंकिङका कर्मचारीहरुललाई भेट्छु,’ उनले सुनाए ।

मुक्तिनाथमा बैंकिङमा काम गर्नेलाई भन्दा लघुवित्त डेक्समा काम गर्नेलाई बढी तलबभत्ता दिइएको छ । त्यस्तै बैंकले लगानीकर्तालाई पनि राम्रै प्रतिफल दिएको छ ।

स्थापना कालदेखि नै न्यूनतम ३० देखि अधिकतम ४० प्रतिशतसम्म लाभंस दिएको ढकाल बताउँछन् ।

‘अन्य बैंकको जस्तै शैलीमा काम गरेको भए हामीलाई दुख पनि हुने थिएन तर, यो स्तरको लाभांस लगानीकर्तालाई दिन पनि सक्ने थिएनौं,’ उनले भने ।

पाँच वर्षपछि…

ढकालका अनुसार अबको ५ वर्षमा कम्तिमा पनि मुक्तिनाथको बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ । २ सयभन्दा बढी शाखा हुन्छन्, १ खर्बको पोर्टफोलियो हुन्छ । र, अबको १० वर्षमा नेपालका १० ठूला बैंकको नाम लिँदा मुक्तिनाथ पनि पर्छ ।

‘वाणिज्य बैंकमै स्तरोन्नति हुने हाम्रो सोच छ, मुक्तिनाथले अहिले अंगालेको मोडेल दिक्षण एशियामै एउटा विषेश मोडेल बनोस् भन्ने मेरो चाहाना छ,’ उनले भने, ‘हामीकहाँ जर्मनी, डेनमार्क लगायतका विदेशबाट लघुवित्तमा विद्यावारिधी गर्ने विद्यार्थीहरु मुक्तिनाथ आएर ६/७ महिनासम्म बसेर काम गरेका पनि छन् ।’


पुष्प दुलाल