विश्वका दुई ठूला अर्थतन्त्रबीच बिग्रिएको सम्बन्ध सुधार गर्न जेनेट येलेन सफल होलिन् ?



एजेन्सी । अमेरिकी अर्थमन्त्री जेनेट येलेन चीनको भ्रमणमा जान लागेकी छन् । यो विश्वको दुई सबैभन्दा ठूला अर्थव्यवस्था बीचको सम्बन्धलाई फेरि लिगमा ल्याउने दिशामा एक महत्वपूर्ण प्रयास हुनेछ । 

बिगत दुई महिनामा वरिष्ठ अमेरिकी मन्त्रीको यो दोस्रो चीन यात्रा हो । गत महिना अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिकंन चीन पुगेका थिए । 

यो वर्ष दुबै देशका बीचको सम्बन्ध थप बिग्रिएको छ । 

अमेरिका र चीनबीच ताइवान, युक्रेन र व्यापार जस्ता कतिपय गम्भीर मतभेद छन् ।  यो यात्रा यस्तो महत्वपूर्ण समयमा हुन गइरहेको छ जतिबेला चीनले कम्प्युटर चिपको निर्माणमा काम आउने दुई महत्वपूर्ण चिजको निर्यात घटाउन बताइरहेको छ । 

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले हालसालै दुबै देशसँग मिलेर काम गर्न सक्ने बताएकी थिइन् । उनको यो भनाइ यात्रालाई केही सहज बनाउन सहयोगी हुन सक्छ । येलेनले चीनका उपप्रधानमन्त्री हि लिफेंगसँग पनि भेटवार्ता गर्ने छिन् ।

यात्राअघि अमेरिको यस्तो भनाइ

यात्राभन्दा पहिला अमेरिकाले देशहरुले आपसी सम्बन्ध जिम्मेवरीसँग निभाउनु पर्ने र जुन विषयमा मतभेद छ त्यसबारे सिधा कुराकानी हुनु पर्ने बताएको छ । जसले गर्दा विश्वमा आगामी चुनौतीको सामाना गर्न सहज हुन्छ । 

दुबै देशबीचको सम्बन्धमा आएको तनावलाई कम गर्ने उद्देश्यले येलेनले सोमबार अमेरिकामा चीनका राजदूत शी फेंगसँग भेटवार्ता गरेकी थिइन् । दुबै पक्षले यो कुराकानीलाई निरन्तरको बताएका छन् ।

अमेरिकी थिंक ट्यांक एशिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष वेन्डी कटलरले भने, ‘येलेनको यात्राबाट धेरै आशा गर्न हुँदैन । उनी चीन र अमेरिकाको सम्बधलाई लिगमा ल्याउन सक्षम हुने छैनन् । न चीनको निर्यातमाथि नियन्त्रण हटाउने मागलाई स्वीकार गर्न सक्छिन् ।’

अमेरिकी अर्थमन्त्रीको चीन भ्रमण विदेश मन्त्री एन्टनी ब्लिंकनको पछि आएको हो । ब्लिंकनले राष्ट्रपति सि चिनफिङ र विदेश मन्त्री चिन गेंगसँ भेटवार्ता गरेका थिए। 

ब्लिंकनको भ्रमणले के भयो?

ब्लिंकन बिगत पाँच वर्षमा चीनको राजधानी पुग्ने पहिलो सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । यो बैठकलाई लगातार बिग्रदो दुई देशको सम्बन्धलाई बदल्ने प्रयासको रुपमा हेरिएको छ । 

आफ्नो चीन यात्रा समाप्त भएपछि ब्लिंकनले चीन र अमेरिकाकाबीच अहिले पनि कतिपय ठूला मुद्दामा मतभेद रहेको बताएका थिए । उनले भविष्यमा राम्रो कुराकानीले यसलाई सुधार गर्ने र त्यसको प्रयास जारी रहने विश्वास व्यक्त गरेका थिए । 

तर ब्लिंकनको यस भनाइको अर्को दिन नै अमेरिकी राष्ट्रपति जो बाइडनले चीनका राष्ट्रपति सीलाई तानाशाह भनिदिए । जसमा चीनले कडा आपत्ति जनाएको थियो । जानकारहरुले बाइडेनको यस्तो भनाइले सम्बन्ध थप खराब भने हुँदैन । 

दुबै देशबीच ट्रेड विवाद अहिले पनि एक ठूलो समस्या हो । चीनले यसै हप्ता कम्प्युटर चिपमा लाग्ने दुई चिजको निर्यातमा नियन्त्रण बढाउन लागेको जनाएको छ ।  

आगामी महिनाबाट गेलियम र जर्मेनियमका निर्यातकर्ताका लागि चिनियाँ कम्पनीका लागि एक विशेष लाइसेन्स जरुरी हुनेछ । कम्प्युटर चिपका लागि महत्वपूर्ण यी दुई चिजको चीन सबैभन्दा ठूलो उत्पादक हो । 

गतवर्ष अमेरिकाले पनि केही एडभान्स कम्प्युटर चिप्सलाई चिनियाँ पहुँचबाट टाढा पुर्‍याएको थियो ।  

अमेरिकाले कुनै कम्पनीले चीनलाई अमेरिकी सफ्टवेयरबाट निर्मित चिप्स निर्यात गर्नका लागि लाइसेन्सको आवश्यकता पर्ने नियम अक्टोबरमा बनाएको थियो । 

प्रियंका किशोर आईएमए एशियासँग सम्बन्धित छिन् । यो एक बिजनेस फोरम हो । 

‘वरिष्ठ कूटनीतिक यात्रापछि दुबै देशमा राम्रो सम्बन्धको अपेक्षा देखिन्छ । तर वास्तविकतामा दुबै देशले एक अर्काविरुद्ध कमद उठइरहन्छन्’ किशोरले भनिन् ।

चीनमा आफ्नो यात्राका क्रममा येलैनले स्पष्ट रुपमा अमेरिका मानवाधिकारको रक्षा र आफ्नो राष्ट्रिय सुरक्षाको हितबाट कहिले पछि नहट्ने कुरालाई दृढताका साथ राख्ने आशा गरिएको छ ।  

उनले अमेरिका चीनसँग सबै विषयमा कुरा गर्न तयार रहेको बताउने छिन् चाहे त्यो जलवायु परिवर्तन होस् या कर्जाको बोमा दबिएका देशको बारेमा । 

कयौं हाई-प्रोफाइल अमेरिकीहरुले चीनसँग आर्थिक सम्बन्ध बन्द गर्न आह्वान गरेका छन् । तर अमेरिकी अर्थमन्त्री मित्रताको हात अघि बढाउन चीन गइरहेकी छन् । अमेरिकाको उद्देश्य चिनियाँ अर्थव्यवस्थाबाट आफूलाई अगल गर्नु नभएको उनले बताउने छिन् । 

केही मानिसले चीनसँग आर्थिक सम्बन्ध पूर्णरुपमा विच्छेद गर्ने सल्लाह दिन्छन् तर वास्तविकता यसभन्दा बिलकुल फरक छ । 

सन् २०२२ मा दुबै देशबीच ब्यापार लगातार तेस्रो वर्ष पनि बढेको छ ।  आधिकारिक आँकडाका अनुसार चीनले २०२२ मा अमेरिकामा कुल ५३६ बिलियन डलरको निर्यात गरेको थियो भने अमेरिकाले चीनमा १५४ बिलियन अमेरिकी डलर निर्यात गरेको थियो । 

तर दुबै देशबीच चलिरहेको सम्बन्धका बीच  अमेरिका राष्ट्रपति चुनावको मुखमा छ । 

युनिवर्सिटी अफ हवाईका प्राध्यापक एरिक हार्विट भन्छन् , ‘यदी बाइडेनले जिते ट्रम्पको समयमा चीनमाथि लगाइएको प्रतिबन्ध हट्न सक्छ । विशेष गरि प्रविधि क्षेत्रमा । तर ट्रम्पले जिते भने सबै उल्टो हुनेछ ।’

बीबीसीबाट भावानुवाद


क्लिकमान्डु