अर्थतन्त्रमा कर्णालीको योगदान ४ प्रतिशत, यस्तो छ समग्र आर्थिक स्थिति
काठमाडौं । देशको समग्र आर्थिक संकुचनसँगै कर्णाली प्रदेश पनि आर्थिक संकुचनमा परेको देखिएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अर्ध-वार्षिक प्रतिवदेनअनुसार कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७९/८० मा १.९१ प्रतिशतमा सीमित हुने देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ५.३२ प्रतिशत थियो ।
कर्णालीमा कोदो बालीले ढाकेको क्षेत्रफल १७.५७ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफलमा ४६.५८ प्रतिशतले वृद्धि भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले कर्णालीको कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको अर्ध-वार्षिक अध्ययन गरेको हो ।
आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादन ५३ खर्ब ८१ अर्ब ३३ करोड हुने अनुमान गरिएकोमा सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्ब हुने अनुमान छ ।
कर्णालीको आर्थिक परिदृश्य २२ बुँदामा
१. राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.६१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा १.८६ प्रतिशतलेवृद्धि हुने अनुमान छ । यस प्रदेशको आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो भने आर्थिक वर्ष २०७९/८० मा संकुचन आई १.९१ प्रतिशत कायम रहने अनुमान छ ।
२. आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.१ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा समेत ४.१ प्रतिशतकै योगदान हुने अनुमान छ । यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनमा सुधार आई सेवा क्षेत्रको विस्तार र कृषि तथा उद्योग क्षेत्रमा सुधार आएकोले कर्णाली प्रदेशको समग्र आर्थिक स्थितिमा सुधार हुने अनुमान रहेको छ ।
३. आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादन रु. ४९ खर्ब ३३ अर्ब ६९ करोडमध्ये कर्णाली प्रदेशले ४.१ प्रतिशत हिस्सा ओगटेको थियो भने आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ उत्पादन रु.५३ खर्ब ८१ अर्ब ३३ करोड हुने अनुमान गरिएकोमा सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिब रु.२ खर्ब २१ अर्ब हुने अनुमान रहेको छ ।
४. आर्थिक वर्ष २०७८/७९ कोपुस मसान्तकोतुलनामा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.३८ प्रतिशतले बढेको छ ।
५. प्रमुख बालीहरु मध्ये समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल १.१८ प्रतिशतले घटेको छ । त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा अवधिमा क्रमशः ५.५८ प्रतिशत, ०.५२ प्रतिशत र १.८० प्रतिशतले बढेको छ । कोदो बालीले ढाकेको क्षेत्रफल १७.५७ प्रतिशतले वृद्धि हुँदा फापर बालीले ढाकेको क्षेत्रफलमा ४६.५८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफल क्रमशः ११.५७ प्रतिशत, र १.६० प्रतिशतले घटेको छ भने भटमास बालीले ढाकेको क्षेत्रफल २.३५ प्रतिशतले वृद्धि भएको छ ।
६. समीक्षा अवधिमा कर्णाली प्रदेशमा तरकारी बालीले ढाकेको क्षेत्रफलमा ५.५४ प्रतिशतको गिरावट आएको छ भने वागवानी बालीले ढाकेकोक्षेत्रफल १.०७ प्रतिशतलेवृद्धि भएको छ ।
७. समीक्षा अवधिमा गहुँ, कोदो, जौ, फापर, बागवानी, स्याउ आदिको उत्पादनमा वृद्धि भएको कारण यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.९८ प्रतिशतले वृद्धि भएकोछ ।
८. खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान, मकै, गहुँ, कोदो, जौतथा फापरको उत्पादन क्रमशः २.०५ प्रतिशत, ९.२१ प्रतिशत, १३.९३ प्रतिशत, ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले बढेको छ । समयमै बीउविजनको वितरण, कृषि परियोजनाहरुको कार्यान्वयन हुनुले कृषकहरु कृषि व्यवसायमा आकर्षित भएको हुँदा समग्र कृषि उत्पादन बढेको अनुमान गर्न सकिन्छ ।
९. यस प्रदेशमा समीक्षा अवधिमा दुध उत्पादन २६.८६ प्रतिशतले बढेको छ । त्यस्तै, माछा, मासु र अण्डा उत्पादन क्रमशः ९.५९ प्रतिशत, १७.३२ प्रतिशत र १०.०६ प्रतिशतले बढेको छ ।
१०. समीक्षा अवधिमा यस प्रदेशमा रहेको कुल खेतीयोग्य जमिन १,७३,८४१ हेक्टरमध्ये १,०४,७८९ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । जसमध्ये ५३,९८८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाई सुविधा पुगेको छ ।
११. २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्ष सोही अवधिको तुलनामा २४.२२ प्रतिशतले बढेर रु. ञञ५ अर्ब ४८ करोड ५६ लाख पुगेको छ । कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, बजारको बिस्तार, पूर्वाधारको पहुँच, सिञ्चित कृषि भूमिमा भएकोबिस्तार तथा वित्तिय पहुँच अभिवृद्धि जस्ता कारणहरुले गर्दा स्थानीयको कृषिमा संलग्नता बढेसँगै कृषि कर्जाको माग तथा सदुपयोगिता बढेको देखिन्छ ।
१२. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार कर्णाली प्रदेशमा जम्मा ३,५२६ वटा कम्पनी दर्ता भएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा संचालनमा आएका लघु, घरेलु तथा साना उद्योगहरुको संख्या २९,२४८ पुगेको छ ।
१३. समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ८.८९ प्रतिशत छ । गत अवधिको तुलनामा समीक्षा अवधिमा औद्योगिक कर्जा ४४.०४ प्रतिशतले बढेर रु.५ अर्ब २८ करोड ७८ लाख पुगेको छ । यस प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार नहुनु, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास कम हुनु तथा विपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले उल्लेखनीय रुपमा औद्योगिक क्षेत्रको विकास र बिस्तार हुन सकेको छैन ।
१४. समीक्षा अवधिमा सुर्खेत जिल्लाले सबैभन्दा धेरै रु.३ अर्ब ११ करोड २३ लाख औद्योगिक कर्जा उपभोग गरेको छ भने सबैभन्दा कम रु.१ करोड ६८ लाख डोल्पा जिल्लाले उपभोग गरेको छ ।
१५. समीक्षा अवधिमा भारत र तेस्रो मुलुकबाट यस प्रदेशमा भित्रिने पर्यटकको संख्या क्रमशः ८०.९७ प्रतिशत र ४३.७२ प्रतिशतले वृद्धि भएको छ । विगत केही वर्ष यता कोभिड-१९ लगायत अन्य कारणले कर्णाली प्रदेशमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्यप्रायः रहेकोमा हालको वर्षमा तेस्रो देशबाट पनि पर्यटक आउन थालेको कारण सो संख्याको अधिक वृद्धि भएको अनुमान गरिएको छ ।
१६. समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्या २,५५५ पुगेको छ, जुन गत अवधिको तुलनामा ५९ प्रतिशतले कम हो । त्यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व रु.१० करोड ७७ लाख पुगेको छ ।
१७. समीक्षा अवधिमा यस प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या १०.०६ प्रतिशतलेगिरावट भई १,२६९ कायम भएको छ ।
१८. समीक्षा अवधिमा यस प्रदेशमा रहेका सरकारी/सामुदायिक अस्पतालको संख्या र ती अस्पतालहरुमा रहेका शैयाहरुको संख्या क्रमशः ८.७० प्रतिशत र १.३२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, समीक्षा अवधिमा यस प्रदेशमा जम्मा २५ वटा सरकारी/सामुदायिक अस्पताल र ९२१ वटा शैयाहरु रहेका छन्।
१९. समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८१.८९ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ ।
२०. २०७९ पुस मसान्तमा कर्णाली प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४५९ पुगेको छ ।
२१. समीक्षा अवधिमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ६.७२ प्रतिशतले बढेर रु.५९ अर्ब ५० करोड १४ लाख पुगेको छ भने निक्षेप २६.९४ प्रतिशतले वृद्धि भई रु.६२ अर्ब ५९ करोड २५ लाख पुगेको छ ।
२२. नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार यस प्रदेशमा विद्युत प्रसारण लाईन ७,९१३ कि.मि. पुगेकोमा समिक्षा अवधिमा ३३४ कि.मि. थप भई ८,२४७ कि.मि. पुगेको छ । साथै, यस प्रदेशमा ११ मेगावाट विद्युत उत्पादन भएकोमा समिक्षा अवधिमा २.०२ मेगावाट थप भई १३.०२ मेगावाट विद्युत उत्पादन भएको छ ।