भारतले आफूलाई ‘चिप’ उत्पादनमा स्थापित गर्न कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ ?



एजेन्सी । हालै एक इन्जिनियरिङ क्याम्पसमा विद्याथीहरुसँग भएको साक्षातकारमा फेबलेस चिप डिजाइन गर्ने कम्पनी मार्भेल इण्डियाका कन्ट्री हेड नविन विष्णोयी विद्याथीहरुले नयाँ युगका एआई र एमएल (मसिन लर्निङ) जस्ता विषयप्रति देखाएको चासोले चकित भए । तर, त्यहाँ एआई र एमएलप्रति रुचि राख्ने धेरैलाई यी दुबै कुराका लागि आवश्यक चिप तथा सेमिकण्डक्टरप्रति भने कुनै रुचि थिएन ।

जब विष्णोयीले उक्त साक्षातकार कार्यक्रममा एआई एप्लिकेसनको विषयलाई गहिराइमा पुगेर बुझाउन थाले, तबमात्रै विद्यार्थीहरुलई सेमिकण्डक्टरहरुको आवश्यकता र महत्वबारे ज्ञात भयो ।

‘मैले सेमिकन्डक्टरहरुको विषयको जानकारी अन्य प्रविधिको तुलनामा निकै कम भएको महशुस गरें,’ विष्णोयी भन्छन्, ‘इन्जिनियरिङ क्षेत्रकै विद्याथीहरुले पनि रोजगारी पाइने सजिलो बाटोतर्फ ध्यान र रुचि राखिरहेका छन् सेमिकन्डक्टरजस्ता हार्डवेयरसँगको तुलनामा । यस्तो हार्डवेयरसँगको विषयलाई मास्टर्स डिग्री र वर्षौंको अनुभव आवश्यक हुन्छ ।’

विष्णोयीले छलफल गरेका चिपहरु धेरै परिस्कृत चिपहरु हुन् । तर, सेमिकन्डक्टर तथा चिपहरुको प्रयोग हाम्रो वरपर हुने सबै किसिमका विद्युतीय उपकरणमा हुन्छ । र, पछिल्ला वर्षहरुमा यसको माग पनि निकै आकासिएको छ ।

सन् २०२१ मा विश्वव्यापी बजारमा चिपको बजार ६ सय बिलियन अमेरिकी डलर पुगेको थियो । सन् २०३० सम्ममा यो बजार १ ट्रिलियन अमेरिकी डलरको पुग्ने म्याककिन्सेले प्रक्षेपण गरेको छ । तर, विज्ञहरुका अनुसार अहिले भइरहेको उत्पादनको क्षमताले बढ्दै गएको चिप र सेमिकन्डक्टरहरुको मागलाई धान्न सक्ने अवस्था छैन ।

परिणामको रुपमा नयाँ फ्याब (सेमिकन्डक्टर निर्माण गरिने कारखाना वा प्लान्ट), जहाँ चिपहरु प्रिन्ट (उत्पादन) गर्नेदेखि त्यसलाई प्रशिक्षण, प्रमाणिकरण तथा प्याकेजिङको काम गरिन्छ, अहिले विश्वभर नै स्थापना भइरहेको छ । भारतमा पनि यस्ता फ्याबको स्थापना बढ्दै गएको छ । फलस्वरुप विशवभरमा विद्युतीय इन्जिनियरिङ तथा सम्बन्धित क्षेत्रमा काम गर्ने विज्ञ व्यक्तिहरुको आवश्यकता पनि बढ्दै गएको छ । यो पेशा सुन्दा धेरै प्राविधिक लाग्ने भएपनि धेरै जसो सिकाई र आफूलाई दक्ष बनाउने काम पेशामा संलग्न रहँदा नै हुने गर्छ ।

हाल झण्डै २ लाख ७७ हजार मानिसहरु अमेरिकामा चिप निर्माण गर्ने उद्योगमा काम गरिरहेका छन् । अध्ययन अनुसन्धान, डिजाइन, उत्पादन, प्रशिक्षण (एटिएमपी)जस्ता सेक्टरहरुमा गरेर अमेकिरामा २ लाख ७७ हजार जति मानिसहरु यो क्षेत्रमा काम गरिरहेका छन् ।

अमेरिकाको सेमिकन्डक्टर उद्योग संघ (एसआईए)ले आशा गरेअनुसार नयाँ बन्ने फ्याब्सहरुले सन् २०२७ सम्ममा ४२ हजार स्थायी जागिर सिर्जना गर्नेछन् । सँगै वार्षिक रुपमा १ लाख ८५ हजार अस्थायी जागिरहर सिर्जना हुनेछ, जुन यस्ता फ्याब्स स्थापना गर्दा, भवन बनाउँदा आवश्यक हुनेछन् । अस्थायी जागिरहरु सन् २०२१ देखि सन् २०२६ सम्म वर्षेनी यहि संख्यामा सिर्जना हुने अनुमान छ ।

यो अमेरिकाभित्रको मात्रै अनुमान हो ।

अहिले अमेरिका बाहेक चीन, युरोपेली संघ, जापान, दक्षिण कोरिया, ताइवानजस्ता विभिन्न देशहरुले चिपको उत्पादनको विषयलाई गम्भिरताका साथ दिएर यसलाई बृद्धि गर्दै लैजाने र विश्व बजारमा आफ्नो उपस्थिति र स्थायीत्व कायम गर्न खोजिरहेका छन्। भारतले पनि यो यात्रामा आफूलाई राखेको छ, जहाँ भारत आफ्नै ‘सिलिकन इकोसिस्टम’ निर्माण गर्ने सोच लिएर अघि बढिरहेको छ । भारतजस्तो देश, जुन कहिल्यै पनि चिप निर्माण गर्ने देशहरुमध्येको थिएन, अहिले त्यहाँ पनि भेदान्ता र टाटाजस्ता ठूला व्यापारिक घरानाहरुले यसतर्फ रुचि देखाइरहेका छन् । यसले भारतमा पनि इन्जिनियरिङमा दक्षता भएकाहरुको बढ्दो आवश्यकता सिर्जना गर्ने र उनीहरुलाई अवसर पनि प्रदान गर्ने देखाएको छ ।

सँगै सेमिकन्डक्टर निर्माणमा दक्ष भएको जनशक्तिको अभाव छ । नयाँ फ्याब्सहरुको स्थापनासँगै यो अवस्था थप बढ्दै जाने र सन् २०२३ को अन्त्यदेखि यो दशकको अन्य (सन् २०३०)सम्म नै दक्ष जनशक्तिको अभाव बिकराल बन्ने अनुमान गरिएको छ। बेलायातस्थित सर्भिस नेटवर्क कम्पनी डिलोइट्टेको अनुमानअनुसार विश्वभर नै सेमिकन्डक्टरको लागि आवश्यक प्रत्यक्ष दक्ष जनशक्ति सन् २०२१ मा नै २० लाखभन्दा धेरै छ । र यो सन् २०३० सम्ममा थप १० लाखभन्दा धेरैले बढ्ने देखिएको छ । यसले वर्षेनी १ लाखभन्दा धेरै मानिसलाई यो क्षेत्रमा जाड्ने देखिएको छ।

यो बढ्दो दक्ष जनशक्तिको आवश्यकता नै भारतका लागि अवसर हो । भारतले वर्षेनी देशभित्र उत्पादन हुने इन्जिनियरिङका विद्यार्थीहरुलार्य यो क्षेत्रमा लैजान सक्छ । हुन पनि वर्षेनी भारतमा झण्डै २५ लाख विद्यार्थीहरु इन्जिनियरिङको डिग्री प्राप्त गर्छन्, जसमध्ये झण्डै ६ लाख विद्यार्थीहरु इलेक्टोनिक्स विषयमा इन्जिनियरिङ गर्ने रहेको तथ्यांकले देखाउँछ ।

आईडिसि ताइवानमा जेनेरल म्यानेजर तथा एशिया प्यासिफिक क्षेत्रअन्तर्गत सेमिकन्डक्टर रिचर्जको अध्यक्ष रहेकी हेलेन चैङ भन्छिन्, ‘यो सेमिकन्डक्टर तथा चिपको क्षेत्रमा सामग्री, प्रक्रिया र आईसिको परिक्षण गर्ने इन्जिनियर र क्षमताको योजना बनाउने म्यानेजरहरुको ठूलो आवश्यकता छ ।’

उनी यी वस्तुहरुको ज्ञात भएकाहरु वा जसले इलेक्टोनिक्स, मेनाकिकल, केमिकल वा मेटेरियल इन्जिनियरिङ गरेका छन्, उनीहरुलाई नै यो क्षेत्रमा अवसर रहेको बताउँछिन् ।

हालको अवस्थाकै कुरा गर्दा सन् २०१९ देखि सन् २०२३ भित्रमा पनि भारतमा सेमिकन्डक्टर निर्माणको क्षेत्रमा जागिरका अवसरहर बढेका छन् । विभिन्न रोजगारसम्बन्धित जानकारी राख्ने वेबसाइटहरुका अनुसार भारतमा सन् २०१९ मार्चदेखि सन् २०२४३ सम्ममा यो क्षेत्रमा रोजगारीको अवसर ७ प्रतिशतले बढि सिर्जना भएको देखाउँछ ।

विभिन्न वेबसाइटहरुका अनुसार चिप तथा सेमिकन्डक्टरको क्षेत्रमा अनुसन्धान तथा विकास (आर एण्ड डि) क्षेत्रमा वार्षिक ३ देखि १८ भारतीय लाखसम्म, एसेम्ब्ली, उत्पादन, परिक्षण (एटिएमपी) लगायतको क्षेत्रमा ७ लाखदेखि १४ लाख भारतीय रुपैयाँ प्रतिवर्ष र फाउन्ड्रीको क्षेत्रमा वार्षिक १० देखि २० लाख भारतीय रुपैयाँसम्मका जागिरका अवसरहरु देखिएका छन् ।

चिप निर्माण गर्ने काम महंगो र दक्ष जनशक्तिको प्रयोग हुने क्षेत्र हो । यसका हरेक प्रक्रिया, चाहे चिपको डिजाइन होस् वा उत्पादन होस, परिक्षण होस वा प्याकेजिङ होस, सबैतिर दक्ष जनशक्तिको आवश्यकता हुन्छ । हालसम्म भारतमा फाउन्ड्री वा एटिएमपी (परिक्षण, प्याकेजिङ, एसेम्ब्लीलगायत) हुने कारखानाहरु निर्माण भइसकेका छैन । भारतमा मुख्य गरि अहिले चिपको डिजाइनको क्षेत्रमा काम बढी मात्रामा भइरहेको छ । यसको अर्थ इन्जिनियरहरुले फ्याब (कारखाना) नभएको फर्ममा काम गर्नुपर्छ भन्ने हो । अहिलेको अवस्थामा भारतमा चिप र सेमिकन्डक्टरको क्षेत्रमा रहेका जागिरहरुमा कारखाना आवश्यक नपर्ने र त्यो बिनाकै फर्ममा हुने कामहरु पर्छन ।

भारतले चिपको एटिएमपीको क्षेत्रमा यहि वर्ष तीव्र विकास पाउने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । चिप प्रिन्ट भएपछि त्यसको परिक्षण र म्याकेजिङका लागि एटिएमपीमा काम हुन्छ । त्यसपछि मात्रै यसलाई म्यानुफेक्चर (निर्माता)हरु कहाँ पठाइन्छ । स्थानीय र अन्तराष्ट्रिय कम्पनीहरुले पनि भारतमा सस्तो लगानीमा एटिएमपीका कामहरु सुरु गर्ने सम्भावना धेरै छ । यो क्षेत्रमा इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ वा मेटेरियल साइन्समा दक्षता भएका जनशक्तिहरुको आवश्यकता हुन्छ ।

हाल भारतमा वर्षेनी २० लाखभन्दा धेरै इन्जिनियरहरु उत्पादन भइरहँदा करिब ३ लाखले मात्रै राम्रो पारिश्रमिक भएको जागिर पाइरहेका छन् । यस्तो अवस्थामा सेमिकन्डक्टर तथा चिप उद्योग यस्तो क्षेत्र बनेको छ, जसमा सरकार र विश्वविद्यालयहरले पनि निकै महत्वकांक्षा र राम्रो भविष्य सिर्जना हुने विश्वास राखेका छन्।

भारत सरकारले नै यो क्षेत्रमा लगानीलाई बढाउने जमर्को गरिरहेको छ । विभिन्न इन्जिनियरिङ कलेजहरमा चिप र सेमिकन्डक्टरको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि कोर्सहरु सुरु गरिएको छ । भारतको कानपुरस्थित आईआईटी कानपुरले आईसी फेब्रीकेसनमा अहिले पढाई गराउँछ । त्यस्तै, आईआईटी मद्रासले पनि इलेक्ट्रोनिक सिस्टम प्रोग्राममा चार वर्षे ब्याचलर्स डिग्रीको सुरुवात गरेको छ । भारतले आफूलाई चिप निर्माण गर्ने देशको रुपमा स्थापना गर्ने जमर्को गरिरहँदा भारतको ‘अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (एआईसिटिई)’ले इलेक्ट्रोनिक्समा बिटेक र आईसी म्यानुफेक्चरिङमा डिप्लोमाको पाठ्यक्रम तयार गरेको छ ।

किताबी अध्ययनका लागि बाटोहरु खुल्दै गएका छन् । तर, प्रयोगात्मक अनुभव लिनका लागि भने भारतमा अहिले फ्याब्सहरुको उपलब्धता छैन । ‘इण्डिया इलेक्ट्रोनिक्स एण्ड सेमिकन्डक्टर एसोसिएसन (आईसिएसए)’का उपाध्यक्ष अनुराग अवस्थी भन्छन्, ‘अहिलेको चुनौती भएको यो विषयलाई लिएर जनचेतना फैलाउने र यसका लागि आवश्यक कुराहरुको विकास गर्ने हो । यो काम सरकार, उद्योग क्षेत्र र विश्वविद्यालयका लागि पनि प्रगति गर्नुपर्ने विषय हो ।’ बिजनेसटुडे म्यागजिनबाट


क्लिकमान्डु