तपाईंको कम्प्युटर ह्याक भएको कसरी थाहा पाउने ?



काठमाडौं । प्रविधिको विकासले मानिसलाई विभिन्न कार्य गर्न सहज बनाएको छ । तर, सहजसँगै यसका बेफाइदाहरु छन् । त्यस्तै, पछिल्लो समय प्रविधिको बढ्दो विकाससँगै दूरुपयोग पनि हुन थालेको छ ।

प्रविधि दूरुपयोग गर्दै अहिले मानिसहरुले अधिकांश क्षेत्रलाई लक्षित गर्दै ह्याकिङ गर्ने गर्छन् । त्यसको सिकार ठूला उद्योग, व्यवसायी, सरकार मात्रै नभएर आम सर्वसाधरणले पनि भोगिरहेका छन् ।

त्यस्तै, पछिल्ला दिनहरुमा कम्प्यूटर ह्याकिङ पनि हुँदै आएको छ । कम्प्युटर वा कम्प्युटरमा आधारित प्रणालीहरू, कार्यक्रम, सूचना वा तथ्याङ्कमा कुनै अख्तियारी नलिई पहुँच प्राप्त गर्नु कार्यलाई कम्प्यूटर ह्याकिङ भनिन्छ । यसरी ह्याकरले कम्प्युटर ह्याकिङ गरिसकेपछि कम्प्युटर प्रणालीलाई अवरूद्ध गर्ने, डाटाको स्वरूप परिवर्तन गर्ने, नस्ट गर्ने, डाटा विक्री गर्ने लागायतका कार्यहरू गर्न सक्नेछन् ।

त्यसैले हामीले आफ्नो कम्प्यूटर ह्याकिङ भएको कसरी थाहा पाउने त ? नेपाल दूरसञ्चार प्राधिकरणबाट साइबर सुरक्षाका लागि जारी गरिएको सूचनाअनुसार निम्न कार्यबाट कम्प्यूटर ह्याकिङ भएको थाहा पाउन सकिन्छः

१. कम्प्युटरमा कम्प्युटर धनीको जानकारी बिना प्रोग्रामहरु इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने वितिकै ती प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा ।

२. असामान्य रूपमा कम्प्युटरको पर्फमेन्स पढ्ने, सीपीयू/र्यामको युसेज बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने स्वत बन्द हुने भएमा ।
३. अनावश्यक रूपमा वेबसाइटहरूमा रिडाइरेक्ट/भिजिट हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने र बारम्बार पपअफ विन्डो आइरहने भएमा ।
४. कम्प्युटर धनीको इमेल खाताबाट वा सामाजिक सञ्जाल खाताबाट कम्प्युटर धनीको जानकारी बिना धेरै इमेल वा सन्देशहरू पठाइएको पाइएमा
५. कम्प्युटर धनीको जानकारी/ अनुमतिबिना इन्टरनेट ब्राउजरको होम पेज परिवर्तन भएमा ।
६. विन्डो फाइरवाल, एन्टीभाइरस, टास्क म्यानेजर अथवा रेजिस्ट्री इडिटर स्वतः डिसेबल भएको पाइएमा ।
७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।
८. आफ्नो पासवार्ड कुनै पब्लिक डोमेनमा पब्लिस भएको पाइएमा ।
९. अस्वभाविक रूपमा धेरै इन्टरनेट ब्यान्डिवीथको खपत भएको पाईएमा र इन्टरनेट स्लो भएमा ।
१०. यदि ‘युह्याब बिन ह्याक्ड’ जस्ता क्यासेज प्राप्त भयो भने ।
११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी इमेल सन्देश प्राप्त भएमा ।
१२. बाउजरमा अनवान्टेड टुलबारहरू देखिएमा ।

यस्ता छन् साइबर सुरक्षाका लागि अपनाउनु पर्ने १० वटा मुख्य-मुख्य बानीहरुः

१. आफ्नो उपकरणहरू जस्तै मोबाइल, ट्याब्लेट, ल्यापटप/डेस्कटप कम्प्युटरलाई सकेसम्म बेवारिसे नछोड्ने छोड़ने परेमा लक गरेर राख्ने
२. बलियो पासवर्ड (अङ्क, अक्षर लवर र अपर केस, चिन्ह सहितको १० अक्षरहरू भन्दा बढी भएको राख्ने र पासवर्डलाई नियमित परिवर्तन गर्ने ।
३. आफ्नो पासवर्ड, ओटीपी पिन कोड कसैसँग शेयर नगर्ने साथै, पासवर्ड र ओटीपी पिन कोडलाई सुरक्षित साथ राख्ने
४. आफ्नो खाताहरूमा पासवर्डका अतिरिक्त कम्तिमा थप एउटा अथन्टिकेशन गर्ने माध्यम जस्तै मोबाइल नम्बर, आफ्नो इमेल, फिङगर प्रिन्ट जस्ता मल्टी फ्याक्टर अथन्टिकेशनको प्रयोग गर्ने ।
४. शंकास्पद लिंकहरूमा क्लिक नगर्ने । साथै असुरक्षित वेबसाइटहरूको भिजिट नगर्ने, फ्रिवेयर/पिरेटेड कन्टेन्ट/सफ्टवेयरहरु डाउनलोड तथा इन्स्टल गर्ने ।
६. अपरेटिङ सिस्टम÷एप्लिकेशन सफ्टवेयर/एन्टीभाइरसहरूलाई नियमित अद्यावधिक गर्ने साथै, आफ्नो उपकरणहरूलाई नियमित स्क्यान गर्ने ।
७. पब्लिक वाइफाई तथा सार्वजनिक कम्प्युटरको प्रयोग गरी आर्थिक कारोबार आदि नगर्ने ।
८. आफ्ना महत्वपूर्ण तथा सम्वेदनशील डाटाहरूको नियमित ब्याकअप राख्ने ।
९. वेवारिस रूपमा भेटिएको युएसबी ड्राइभ/पेन्ड्राइभ आदिलाई स्क्यान नगरिकन आफ्नो कम्प्युटरमा प्रयोग नगर्ने
१०. आफ्नो पुरानो कम्प्युटर, मोबाइल, पेन्ड्राइभ आदिबाट आफ्नो डाटा मेटिएको सुनिश्चित गरी मात्र विसर्जन गर्ने ।


क्लिकमान्डु