पाकिस्तानलाई आर्थिक संकटबाट आईएमएफको ऋणले बचाउन सक्ला ?



काठमाडौं । पाकिस्तान विदेशी मुद्रा भण्डार खाली हुने खतराबाट केही टाढामात्र छ । यस समय दक्षिण एसियाली देश पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने अन्तिम प्रयास गरिरहेको छ ।

देश हरेक दिन गहिरो आर्थिक संकटमा डुब्दै गइरहेको छ ।

पाकिस्तानसँग एक महिनाको आयातका लागि मात्र अमेरिकी डलर बचेको छ । देश आकाश छुने विदेशी ऋणको ब्याज दिनसम्मको अवस्थाका लागि सघंर्ष गरिरहेको छ ।

बिहीबार पाकिस्तानमा आईएमएफको टिम पुगेको छ । यो टीम १० दिन त्यहाँ रहेने छ । यी १० दिनमा आर्थिक संकटसँग जुध्नका लागि अन्तर्राष्ट्रिय कोष जारी गर्नेबारे छलफल हुने छ ।

जनवरीमा पाकिस्तानको वार्षिक महँगी दर २७ प्रतिशत थियो । यो १९७५ पछिको पाकिस्तानमा मुद्रास्फीतिको सर्वाधिक दर हो।

चुनावी वर्षका माझ पाकिस्तानमा देशको अर्थव्यवस्था डुब्ने डर बढिरहेको छ ।

यसै हप्ता पाकिस्तानी रुपयाँ डलरको तुलनामा २७५ सम्म पुग्यो । यो मूल्य गत वर्षको यो समयअवधिमा १७५ रुपैयाँ आसपास थियो ।

यसका कारण पाकिस्तानलाई सामान खरीद र बिक्री महँगो परिरहेको छ । पाकिस्तानको सबैभन्दा ठूलो समस्या यही हो कि – विदेशी मुद्रा भण्डारको कमी ।

पाकिस्तानी पंजाबको फैसलाबाद शहरको जुबली उद्योगका लागि पनि यही समस्या थियो, अब उद्योग बन्द भएको छ । उद्योगका मालिकसँग कच्चा पदार्थ किन्नका लागि डलर थिएन ।

उद्योगका म्यानेजर फहिमले बीबीसीसँग भने, ‘यदी हामी कच्चा माल आयात गर्न सक्दैनौं भने सामान कसरी बनाउँने ? हामी पहिलानै ठूलो घाटामा थियौं । हामीले सबै ३०० कर्मचारीलाई घर पठाइदिएका छौं ।’

जुबली उद्योग एक ठूलो प्रिन्टिङ प्रेस हो । यो बन्द भएको केही समयपछि गत महिनामात्र फेरि सञ्चालनमा आएको थियो ।
बन्द रहको मेशिनको बीचबाट जाँदै गरेका फहिमले उद्योगले चीनबाट सामान आयात गर्नका लागि डलरको व्यवस्था गर्न नसकिरहेको बताए । किनकी बैंकले उनीहरुलाई विदेशी मुद्रा दिन इन्कार गरिरहेको छ ।

जानकारहरुका अनुसार पाकिस्तानले कृत्रिम रुपमा मुद्राको एक्सचेन्ज रेटलाई नियन्त्रणमा राखेको छ । यसको कारण सिस्टममा डलरको समस्या भएको हो ।

गत महिनाको अन्तिमसम्म उनीहरुले पाकिस्तानी रुपैयाँलाई डलरको तुलनामा तल झर्न दिए । जसले केही व्यवसायलाई त लाभ भयो तर त्यसले महँगी बढेको छ ।

पाकिस्तानका व्यवसायीहरुले कि त उत्पादन बन्द गर्न परिरहेको छ या आफ्नो कामको रफ्तारमा कमी गर्नु परिरहेको छ ।

कयौं उद्योगको सामान बन्दरगाहमा पुगेको छ तर त्यसलाई छुटाउनका लागि बैंकबाट डलर प्राप्त हुन सकिरहेको छैन ।

जनवरीमा पाकिस्तानका एक मन्त्रीले कराचीको दुई बन्दरगाहमा ८ हजार कन्टेनर रोकिएको र यसमा औषधिदेखि खानासम्म रहेको बताएका थिए ।

विश्वका कयौं देश जस्तै पाकिस्तानले कोरोना महामारी र रूस-युक्रेन युद्धको मार झेलिरहेको छ ।

युद्धको कारण दुनियामा तेलको कमी बढीरहेको छ । पाकिस्तान पेट्रोलियम उत्पादनको आयातमा निर्भर छ । तेलको बढ्दो मूल्यका कारण खाने-पिउने सामान पनि महँगो भएको छ ।

कारण स्पष्ट छ । यदी रुपैयाँको मूल्य झर्छ भने, तेल महंगो हुनेछ र त्यसको असर ति सबै चीजमा पर्ने छ जसलाई एक स्थानबाट अर्को स्थानसम्म लगिने छ ।

कोरोना महामारी र रूस-युक्रेन युद्धका अलावा पाकिस्तानको समस्यामा पछिलो वर्षको बाढी पनि थपिएको थियो ।

संयुक्त राष्ट्र संघले गत वर्षको बाढीमा १६ बिलियन डलर नोक्सान भएको बताएको छ ।

पाकिस्तानको एक ठूलो भू-भाग पानीमा डुबेको थियो । खेतीयोग्य जमिन बर्बाद भएको थियो र खाद्य उत्पादन घटेको थियो । यसका बाबजुद जरुरत सामानहरु गहुँ र प्याजको मूल्य अचाक्लि बढेको छ । यो समस्या यस्तो बेलामा आएको छ जतिबेला देशको राजनीतिक गर्माएको छ र यो वर्षको अन्तिममा पाकिस्तानमा आम चुनाव हुनुपर्ने छ ।

बाहिरबाट आउने आर्थिक सहयोगको कुरा गर्ने हो भने पाकिस्तानले सैन्य बजेट अधिक धेरै छ । र त्यहाँको अन्य खर्च पनि ऋणमा लिएको धनबाट भएको छ । सहुलियत पनि एक समस्या बनेको छ ।

यी सबै कारणले पाकिस्तानको अर्थव्यवस्था कहिले पनि स्थिर हुन पाइरहेको छैन।

इस्लामाबादको एसडीपी इन्स्टीच्युडका विश्लेषक डाक्टर साजिद अमीन जावेद भन्छन्, ‘यदी तपाईं पाकिस्तानको इतिहासलाई हेर्नुहुन्छ भने हामी ब्यालेन्स अफ पेमेन्ट्सको संकटसँग जुधिरहेका छौं ।’

‘हामी हेरेक पल्ट आईएमएफसँग जान्छौं । फेरि कडा सर्त भएको आर्थिक सुधार लागू गर्छौं । हामीले शुरूको दुई तीन वर्षसम्म सुधारलाई कडाइका साथ लागू गर्छौं तर चुनावी साल आउँनासाथ सब उल्टो हुन्छ ।’

डाक्टर जावेद पाकिस्तानमा सहुलियतको प्रयोग मतदाता रिझाउनका लागि दिने गरिएको बताउँछन् ।

पाकिस्तान अर्को श्रीलंका हो ?

गत वर्ष अप्रिलमा सत्ताबाट हटाइएका इमरान खान, २०१८ मा सत्तामा आएका थिए । उनले देशको अवस्था सुधार गर्ने वाचा गरेका थिए । उनले यसका लागि आफूले आईएमएफको सहयोग निलिने बताएका थिए । तर उनको शासन भएको समयमा महँगीले आकाश छुन लाग्यो र पाकिस्तानी मूद्रा कमजोर बन्यो ।

यस कारण इमरान खान आईएमएफसँग ६ अर्ब डलर ऋण लिन बाध्य भएका थिए । अहिले जुन कुरा भइरहेको छ यो सोही ऋणबाट बचेको १.१ अर्बको डलरको बारेमा हो ।

मूल समझौताको रुपमा यो पैसा पाकिस्तानलाई गत नोभेम्बरमामा नै प्राप्त हुनु थियो । तर आईएमएफ र पाकिस्तानकाबीचको छलफल कुनै निर्णय बिना समाप्त भइरहेको छ ।

पाकिस्तानको वर्तमान सरकार र इमरान खानको पार्टी तहरीके इन्साफको पनि पहिला आईएमएफसँग मतभेद रहेको छ । तर यस समय पाकिस्तानका विदेशी मुद्रा भण्डार यति बिग्रिएको छ कि उसँग कुनै विकल्प थिएन ।

आईएमएफ र पाकिस्तानका बीच कुराकानी निकै सहज छैन । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आईएमएफका अधिकारी उनका वित्त मन्त्रीमाथि निकै दबाब दिइरहेको बताएका थिए ।

गत महिना एक अन्तर्वार्तामा इमरान खानले पाकिस्तानको अवस्था यस्तै रहे देश श्रीलंकाको बाटोमा जान सक्ने बताएका थिए । गत वर्ष श्रीलंकामा इन्धन, खाद्यान र अन्य जरूरी सामान किन्नका लागि समाप्त भएको थियो ।

श्रीलंकाका नागरिकले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए । राष्ट्रपतिलाई आफ्नो पद छाड्नु परेको थियो र अन्तरिम सरकार सत्तामा आएको थियो ।

डाक्टर जावेद भने श्रीलंका र पाकिस्तानको अवस्था फरक भएको बताए ।

‘दुवै देशको अर्थव्यवस्थाको आकार निकै अलग छ । दोस्रो पाकिस्तानलाई चीन, संयुक्त अरब इमिरेट्स र साऊदी अरब जस्ता मित्र देशबाट सधै राम्रो सहयोग मिलिरहेको छ,’ उनले भने ।

तर, डाक्टर जावेदको चिन्ता पनि छ । उनले बीबीसीसँग भने, ‘श्रीलंकाका साथ एक कुरा समान छ त्यो हो राजनीतिक अस्थिरता । र आगामी समयमा आर्थिक संकटबाट निस्कनका लागि यससँग लड्न जरुरी छ ।’

तर पाकिस्तानको वर्तमान सरकार र इमरान खानको पार्टी पीटीआईबीचको सम्बन्ध थप चिसो बन्दै गइरहेको छ ।
इमरान खान जब सत्ताबाट हटाइए र बाहिर भएका छन्, त्यसबेला देखि देशभर र्‍याली र प्रदर्शनहरु भइरहेका छन् ।

उनले आफूलाई पदबाट हटाउन संविधानको गलत ब्याख्या गरिएको बताउँदै आएका छन् । र चाँडो चुनावको माग गरिरहेका छन् ।

पाकिस्तान सरकार समयभन्दा पहिला चुनावको मागलाई अस्वीकार गर्दै आइरहेको छ ।

देशका योजना मन्त्री अहसन इकबाल भन्छन्, ‘एक व्यक्तिको निजी हितका कारण हामी सारा देशलाई खतरामा राख्न सक्दैनौं । यो समय चुनाव गराउन अर्थ हो चार याँ पाँच महिनासम्म देशमा अनिश्चितता ।’

तर एक कुरामा दुवै पक्ष सहमत छन् – बिना राजनीतिक स्थिरता देशमा आर्थिक स्थिरता सम्भव छैन ।

के पाकिस्तानको अवस्थामा सुधार आउँला ?

स्पष्ट रुपमा भन्ने हो भने पाकिस्तानको डलर चहिएको छ त्यो पनि तुरुन्तै ताकि देशको चुल्हो चौका बलिरहोस् ।

जब जब गर्मी आउँछ बिजुलीको खपत बढ्नेछ । मानिसहरु फ्यान चलाउने छन्, एसी चलाउने छन् । ऊर्जाको माग बढ्ने छ । र यसले पाकिस्तानको समाप्त भएको विदेशी मुद्रा भण्डारमाथि निकै दबाब बढ्ने छ । तर ठूलो प्रश्न यो छ कि,’आईएमएफको ऋणको साहरा पाकिस्तान कहिलेसम्म जिउन सक्छ ।’

पाकिस्तानका पत्रकार खुर्रम हुसेन भन्छन्, ‘यदी आईएमएफबाट सहयोग प्राप्त हुन्छ भने साऊदी अरब र संयुक्त राज्य इमिरेट्ससँग प्राप्त हुने सहयोग पनि आउन शुरू हुन थाल्ने छ । त्यसपछि यो समस्या केही समयका लागि समाधान हुनेछ ।’

तर उनी भन्छन्, ‘यदी टाढाको सोच्ने हो भने आईएमएफको ऋणेको कुनै खास असर हुने छैन । पाकिस्तान ठूलो ऋणेमा डुबेको छ । पाकिस्तानलाई एक व्यापक ऋण पुनर्गठन प्याकेजको जरुरत छ । त्यस बिना देश बारबार यस्तो समस्यामा परिरहन्छ ।’

तर आईएमएफसँगको सम्झौता पनि सहज भने हुने छैन । सरकारलाई केही गम्भीर निर्णयहरु गर्नुपर्ने हुन्छ । आईएमएफ बिजुलीमाथि सहुलियत समाप्त गर्ने जस्ता कयौं शर्तहरु लगाउन सक्नेछ । चुनावी सालमा यस्तो कुनै पनि शर्त सत्तारूढ पार्टीका लागि सहज भने हुने छैन ।


क्लिकमान्डु