संसदमा निर्वाचित ३० युवा: घण्टीका सबै, कांग्रेस-एमालेमा ६/६, माओवादीका ४ जना



काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार मध्याह्न साढे १२ बजेसम्मको गणना अनुसार १२२ प्रतिनिधि सभा उम्मेदवारहरुको जित टुंगो लागेको छ । अब ४० स्थानको नजिजा आउँन बाँकी रहेको छ ।

यसपटकको निर्वाचनबाट संसदमा युवा प्रतिनिधत्व बढ्ने देखिएको छ । पुराना दल र तिनका पुराना नेताले राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा केही महिना अघिमात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो उपस्थिति जनाएको छ । रास्वपाले जितेका सातै सांसद युवा रहेका छन् ।

अहिलेसम्म जितेका मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसद प्रवेश गर्ने सबैभन्दा कम उमेरकी हुन् । निर्वाचन आयोगको अभिलेख अनुसार उनको उमेर २७ वर्ष रहेको छ । त्यस्तै पुरुषतर्फ भने नेपाली कांग्रेसबाट मुस्ताङमा विजयी योगेश गौचन थकाली कम उमेरका सांसद बनेका छन् । आयोगको अभिलेखमा उनको उमेर २९ वर्ष रहेको छ ।

नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवाका रुपमा वर्गीकरण गरिएको छ । तर, राजनीतिमा ५० वर्षसम्मका व्यक्तिलाई युवा भन्ने प्रचलन छ ।

आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनबाट पनि ५० वर्षभन्दा कम उमेर समूहका केही प्रतिनिधिहरु संसदमा प्रवेश गरेका छन् । ५० वर्षसम्म उमेर समूहका निर्वाचित प्रतिनिधि सभा सदस्यको नाम र वर्ष यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सबै
काठमाडौं–२: सोविता गौतम (२७ वर्ष)
काठमाडौं–७: गणेश पराजुली (४३ वर्ष)
काठमाडौं–८: विराज भक्त श्रेष्ठ (४१ वर्ष)
ललितपुर–३: तोसीमा कार्की (३३ वर्ष)
काठमाडौं–६: शिशिर खनाल (४३ वर्ष)
चितवन–१: हरि ढकाल (३९ वर्ष)
चितवन–२: रवि लामिछाने (४७ वर्ष)

कांग्रेसबाट ६ जना
मुस्ताङ: योगेश गौचन थकाली (उमेर २९)
मोरङ–३: सुनिल शर्मा (उमेर ४४)
रसुवा: मोहन आचार्य (उमेर ४५)
काठमाडौं–४: गगन कुमार थापा (उमेर ४६)
काठमाडौं–५: प्रदीप पौडेल (उमेर ४७)
गोरखा–१: राजेन्द्र बजगाई (उमेर ४९)

नेकपा एमालेका ६ जना
मकवानपुर २ : महेश बर्तौला (४० वर्ष)
पर्वत: पदम गिरी (४५ वर्ष)
धनुषा–३: जुली कुमारी महतो (महासेठ) (४६ वर्ष)
प्यूठान: सूर्य बहादुर थापा क्षेत्री (४८ वर्ष)
बैतडी: दामोदर भण्डारी (४८ वर्ष)
कास्की–२: विधा भट्टराई (४९ वर्ष)

नेकपा माओवादी केन्द्रका ४ जना
मोरङ–४: अमनलाल मोदी (३७ वर्ष)
सिन्धुपाल्चोक १: माधव सापकोटा (४१ वर्ष)
भोजपुर : सुदन किराती (४३ वर्ष)
सिन्धुली–२: लेखनाथ दाहाल (४६ वर्ष)

नागरिक उन्मुक्ति पार्टी
कैलाली २: अरूनकुमार चौधरी (३७ वर्ष)
कैलाली १ : रञ्जिता श्रेष्ठ चौधरी (३९ वर्ष)
कैलाली ३ : गंगाराम चौधरी (४४ वर्ष)

नेकपा एकीकृत समाजवादी
डोल्पा–१: धनबहादुर बुढा (४७ वर्ष)

राष्ट्रिय प्रजातन्त्र पार्टी
जुम्ला: ज्ञानबहादुर शाही (३० वर्ष)

जनता समाजवादी पार्टी
पर्सा–१ : प्रदीप यादव (४७ वर्ष)

जनमत पार्टी
सप्तरी–२: चन्द्र कान्त (सिके) राउत ( ४५ वर्ष )

स्वतन्त्र उम्मेदवार
रौतहट–२: किरण कुमार साह (४४ वर्ष)


क्लिकमान्डु