व्यवसायिक र गुणस्तरीय बीमा शिक्षा आजको आवश्यकता: डा. रविन्द्र घिमिरेको लेख



पृष्ठभूमी

आम मानिसहरु मात्रै होइन, बीमा क्षेत्रका हस्तिहरु पनि भन्ने गर्दछन् ‘बीमा एक जटिल विषय हो ।’ यस भनाइमा केही हदसम्म सत्यता छ । बीमा उद्योग जटिल हुनुमा धेरै कारणहरु छन् जसको चर्चा अर्को लेखमा गरौंला ।

बीमा उद्योगलाई सफलताका साथ अघि बढाउनका लागि एक्चुरियल साइन्सेज प्राविधिक विषय, अण्राइटिङ्ग जोखिम व्यवस्थापन र मूल्यांकन, क्षति मूल्यांकन, रिइन्सुरेन्स एकाउन्टिङ, दाबी व्यवस्थापन जस्ता प्रोफेशनल विषयहरुको आवश्यकता पर्दछ भने बजारशास्त्र, पोलिसी सभिसिङ, संगठन तथा मानव संशाधन व्यवस्थापन, कानून, सूचना प्रविधि जस्ता आम विषयहरुको पनि उत्तिकै प्रयोग हुने गर्दछ।

चिकित्साशास्त्र वा इन्जिनियरिङ एकाउन्टेन्सी होस् वा डाटा साइन्सेज जुनसुकै क्षेत्र पनि जटिल त्यसलाई बोधगम्य बनाउनका लागि विशेष खालको शिक्षाको आवश्यकता पर्दछ । जटिल विषयलाई बोधगम्य बनाउन दक्ष जनशक्तिको आवश्यकता पर्दछ । नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको उपस्थिति अत्यन्तै न्यून भएको कारण जटिलता थपिएको छ ।

गुणस्तरीय बीमा शिक्षाले मात्रै बीमा क्षेत्रका जटिलता र समस्याहरु हल गर्न सक्दछ र यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सक्छ । बीमा उद्योगको विकास, विस्तार र समृद्धिको लागि विश्वभर दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभिन्न खालको शैक्षिक संस्थाको स्थापना भएका छन् । सम्बन्धी कस्तो स्तरको कोर्ष उपयुक्त हुन्छ ? तालीम वा प्रोफेशनल कोर्स कि विश्वविद्यालयको एकेडेमिक कोष भन्ने विषयमा मतान्तर छैन । विश्वभरी प्रदान गरिने बीमा शिक्षालाई विभिन्न आधारमा श्रेणीमा वर्गीकरण गर्न सकिन्छ ।

१) तालिममा आधारित सर्टिफिकेशन कोर्ष, २) एक्चुरियल कोर्ष र एकेडेमिक कोर्ष ।

बीमा सम्बन्धी विविध कोर्षहरु

सर्टिफिकेशन कोर्ष सटिफिकेशन को नियमनकारी निकाय वा विश्वविद्यालय वा प्राविधिक शिक्षालय वा सीप विकास सम्बन्धी शैक्षिक नियामकले निर्माण र प्रमाणि गर्दछ । तालीम केन्द्र, एकेडेमीहरुमा यसको पढाइ हुन्छ । यी कोर्षहरु विषय, देश परिवेश, आवश्यकता र प्रशिक्षार्थीको शैक्षिक योग्यता र अनुभवको आधारमा विभिन्न खालका हुन्छन् । अवधिको आधारमा यस्ता कोर्षहरु कम्तिमा एक महिनादेखि ६ महिनासम्मका हुन्छन् तर यसको खास नियम भने छैन ।

नियामक निकायले कम्तिमा सर्टिफिकेशन कोर्ष नगरिकन बीमा क्षेत्रमा कुनै पनि व्यवसाय गर्न जागिर प्राप्त गर्न नपाइने नियम बनाएको हुनाले अमेरिका लगायतका मुलुकहरुमा यी कोर्षहरुको अध्यापन व्यापक रुपमा हुने गरेको छ भने बाध्यकारी नबनाएको मुलुकहरुमा पनि Certified Financial Planner, Centified as shanil Law Adjusters, Chartered Life Underwriter जस्ता कोर्षहरु निकै लोकप्रिय भएका छन् । यस्ता कोर्षहरु Non-academic course को रुपमा कयौं विश्वविद्यालयले अध्यापन गर्दै आएका छन् । विश्वका अधिकांश देशका विश्वविद्यालयहरुले बजारको माग बमाजिम Non Acadmic course off Line/online दुवै तरिकाबाट संचालन गर्दै आएका छन् ।

विश्वकै प्रतिष्ठित संस्था Chartered Insurance Instutute, UK अन्तर्गत बीमा सम्बन्धी विभिन्न कोर्षहरु अध्यापन गरिन्छ यो कोर्ष बीमा क्षेत्रको लागि निकै स्तरीय कोर्षमा पर्दछ ।

भारतीय बीमा संस्थानद्वारा संचालित Licentiate Aciate Fellowship कोर्ष पास गर्नेलाई दक्षिण एशियामा एक राम्रो मध्यम स्तरको जनशक्तिको रूपमा लिइन्छ । यी कोर्षहरुमा भारतीय कानून, अभ्यास र प्रचलनलाई नै केन्द्रित गरिएको हुँदा स्थानीय ऐन र अभ्यासको लाथि थप अध्ययन गर्नुपर्ने हुन्छ ।

यस्ता कोर्षहरुमा दूरशिक्षा भएकोले समयको बचत हुनुको साथै आफ्नो अनुकुलताअनुसार पर्याप्त समय लिएर परीक्षामा सामेल हुन पाइने भएकाले धेरै आकर्षण देखिन्छ । नेपालको कानून र अभ्यासको कमी रहेता पनि नेपालको बीमा बजारमा उक्त कोर्ष अध्ययन गर्नेको उल्लेख्य संख्या पाइन्छ ।

नेपालमा बीमासम्बन्धी छोटो अवधिको तालिम, रिफ्रेसर कोर्ष संचालनका लागि Insurance Instinate की स्थापना भई बीमा कम्पनीका कर्मचारी, अभिकर्ता र सर्भेयरलाई तालीम दिइँदै आएको छ । तर इन्स्टीच्युटले सटिफिकेशनको भने संचालनमा ल्याएको छैन। आजसम्म किन नेपालमा सटिफिकेशन कोर्ष भने संचालनमा ल्याएको छैन । आजसम्म किन नेपालमा सर्टिफिकेशन कोर्षको अध्यापन र परीक्षा हुन सकेन भन्ने जिज्ञासा हामी सबैको मनमा उब्जिनु स्वभाविकै हो ।

एक्चुरियल कोर्ष

बीमा उद्योगको लागि एक्चुरियल कोर्ष निकै महत्वपूर्ण छ । १७ औं शताब्दीबाट यसको अध्ययन शुरु भएको हो । आधुनिक एक्चुरियल कोर्ष विश्वविद्यालयमा पनि अध्यापन हुन्छ भने प्रोफेसनल सोसाइटिहरुले पनि एक्चुरियल कोर्षको परीक्षा लिने गर्दछन् । एक्चुरिको उत्पादन बजारको माग भन्दा निकै कम भएको कारण एकातिर एक्चुरिको काम्दानी निकै बढी छ भने अर्कोतर्फ बीमा कम्पनी र नियमनकारी निकायाहरुले सर्वसुलभ र छिटो सेवा पाउन सकेको देखिँदन ।

एक्चुरिको मुख्य काम बीमाको लागत र नाफा हिसाब किताब गर्ने कम्पनीको दायित्व र सम्पत्तिको निर्धारण गर्ने, बीमा र पुनर्बीमा प्रडक्टहरुको मूल्य निर्धारण गर्ने हो ।

बीमा बजारमा एक्चरिको उपस्थिति पर्याप्त संख्यामा हुन आवश्यक छ । मूख्यतः जोखिम व्यवस्थापन गर्ने, जोखिमको संभावनाको अनुमान गर्ने, जोखिमको डाडसलग गर्ने, सोको आधारमा प्रिमियमको निर्धारण गर्ने, कम्पनीहरुको सम्पत्ति र दायित्वको गणना गर्ने, बोनसदरको गणना गर्ने, बीमा कोष र अन्य कोषको मूल्यांकलन गर्ने काम एक्चुरिद्वारा हुन्छ , बीमा कम्पनी बाहेक अन्य वित्तीय संस्थाहरु, पेन्सन कम्पनीहरु, सामाजिक सुरक्षा सम्बन्धी संस्थाहरुलाई पनि उनीहरुको सेवाको आवश्यकता पर्दछ ।

एक्चुरियल कोर्ष पनि चाटर्ड एकाउन्टेन्सी जस्तै डिस्ट्यान्स लर्निङको माध्यमवाट वा स्वध्ययनबाट गर्न सकिन्छ तर निजले प्राक्टिस गर्नका लागि भने आ आफ्नो देशका सम्बन्धित निकायहरु Institute of Actuaries of India. The Institute of Actuaries of Australia, The lostrate Facility of Actuaries (TFoA) of UK, Society of Actuary, USA लाइसेन्स लिनु पर्ने हुन्छ । यस्ता सोसाइटिहरु सम्बन्धित देशका संसदबाट कानून पास गरि स्थापना गरिएको हुन्छ ।

नेपालमा School of Mathematical Science नामक संस्थाद्वारा Bachelors in Mathematical Scitie (BSc, Maths) कोर्ष संचालन गर्दै आएको छ, यो एक एकेडेमिक कोर्ष हो । यो कोर्ष विद्यार्थीहरुले The Institute and Faculty of Actuaries (IFA) of UK. Institute of Acrunner of India द्वारा संचालित परीक्षामा सहभागी भइरहेका छन् र केही विषयहरु उत्तीर्ण पनि गरेका छन् । विश्वका अधिकांश देशमा एक्चुरिंज सोसाइटिज स्थापना भएका छन् ।

नेपालको करोडौं विदेशी मुद्रा एक्चुरियल साइन्सेज विषय अध्ययन गर्ने नाममा विदेश पलायन भइरहेको छ भने आर्थिक हैसियत कमजोर भएका तर बौद्धिक रुपमा मेधावी विद्यार्थीहरु यो विषय पढ्नबाट बञ्चित हुनु परेको छ ।

नेपालमा एक्चुरियल साइन्सेज तथा एम्चुरिको अध्यापनको लागि नेपाल सरकारले विश्वविद्यालय तथा बीमा प्राधिकरणलाई आवश्यक सहयोग तथा निर्देशन दिनु पर्दछ भने सँग कम्पनीहरुले पनि साथ दिनु आवश्यक छ ।

नेपालमा एक्चुरिको आध्यापन दिन आवश्यक छ भने स्वदेशी एक्चुरिको अभावमा नेपालम कम्पनीहरुले करोडौं रकम विदेशी एक्चुरिहरुलाई बुझाउनु परेको छ तर पनि विदेशीहरुबाट समयमा सेवा सकेका छैनन् ।

फलस्वरुप कम्पनीहरुको वित्तीय विवरण समयमा तयार हुन सकेको छैन, नेपालको बीमा कम्पनी, बीमा क्षेत्रको जोखिमको सही ढंगबाट चित्रण र विश्लेषण हुन सकेको छैन । स-सानो कामको लागि पनि विदेशी बीमा ब्रोकरहरूको मुख ताक्नु पर्ने अवस्था छ । बीमा क्षेत्रलाई सही दिशा निर्देश गर्ने काममा भूमिका निकै उल्लेखनीय हुने भएकोले हामीले यसको लागि समयमा नै पहल गर्नू आवश्यक छ ।

एकेडेमिक कोर्ष

बीमा विषयलाई केन्द्रित गरी विश्वभरी नै विश्वविद्यालयहरुले स्नातक र स्नातकोत्तर तहमा विभिन्न नाममा कोर्षहरु संचालन गरेको छ । यस अन्तर्गत कतिपय कोषहरु बीमा सँगसँगै अन्य विषयहरु समेत राखिएका छन् ।

छिमेकी राष्ट्र चीन र भारतमा मात्रै हेर्ने हो भने पनि धेरै श्विविद्यालयहरुमा बीमा सम्बन्धि अध्यापन हुँदै आएको हामी पाउँछौं । अमेरिका जस्तो विकसित देशका विश्वविद्यायहरुमा बीमा सम्बन्धी पढाइलाई उच्च प्राथमिकता दिइएको छ जसका कारण विश्व बीमाको ४० प्रतिशत बजार अमेरिकाले ओगटेको छ ।

बीमा सम्बन्धी कोर्ष अध्यापन गर्दै आएका धेरै विश्वविद्यालयहरुमध्ये केही निकै उत्कृष्ट छन् । उदाहरणको लागि चीनको सिचुवान प्रान्तमा अवस्थित South Western University of Finance and Economics भित्र School of Insurance छ जस अन्तर्गत ३ विभागहरु छन्ः Risk Management Insurance, and Actuarial Science भारतमा Birla Institute of Management and Taleology ले Insurance Managementमा स्नातक देखि विद्यावारिधीसम्मको अध्यापन अनुसन्धान गर्दछ । St Jobatl’s University New York मा पनि एक्चुरिएल साइन्स, रिस्क म्यानेटमेन्ट, इन्स्योरेन्स जस्ता विषयहरुमा स्नातदेखि विद्यावारिधीसम्मको अध्यापन अनुसन्धान गर्दछ । विश्वमा यस्ता उदाहरणहरु सयौं होइन हजारको संख्यामा हामी पाउछौं ।

यस्तो कोर्ष अध्यापनका २ मुख्य उद्देश्य छन् । १) विश्वविद्यालयको लागि चाहिने शिक्षकको उत्पान गर्ने, २) बीमा उद्योगको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने । विश्वविद्यालयको शिक्षक र अनुसन्धानकर्ताको लागि होस् वा बीमा जस्तै उद्योगको लागि आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्नका लागि होस् यी कोर्षहरु सफल भएका छन् ।

विश्वका प्रख्यात विश्वविद्यालयमा पढाई हुने केही चलनचल्तिमा रहेका कोर्षहरु

Bachelor of Science in Actuarial Science,

Master of Science in Actuarial Science,

Bachelor of Science in Actuarial Mathematics, etc.

नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा बीमा सम्बन्धी अलग्गै कोर्ष उपलब्ध छैन तर व्यवस्थापनका विभिन्न कोर्षहरूमा केही पेपरको पढाइ हुन्छ । त्यसै गरी नेपाल खुला विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूले पनि बीमासम्बन्धी केही पेपरहरु अध्यापन गराएका छन् ।

पोखरा विश्वविद्यालयले पहिलो पटक नेपालमा कोर्ष बनायो बीमा र बैंक दुवै क्षेत्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ । उक्त कोर्षको नाम हो :Bachelor of Business Administration (Banking and Insurance) जुन सन् २००८ मा बन्यो र विश्वविद्यालयका सम्बन्धन प्राप्त १४ कलेज र आंगिक क्याम्पसमा शुरु भयो ।

धेरै बीमा कम्पनीहरूमा BHAB काम गर्ने अवसर प्राप्त गरेका छन् । तर जुन अपेक्षा साथ विद्यार्थीहरु त्यहाँ अध्ययन गर्दछन् सो अनुरूप न बैंकमा न इन्सुरेन्स कम्पनीमा नै जागिरको अवसर प्राप्त भएको छ । एकातिर विद्यार्थीहरु बीमा कम्पनीमा कम आकर्षित हुने र अर्कोतर्फ बीमा कम्पनीहरु BBABI Graduates र अन्य विषय BBABBS उतीर्ण गरेका मानिसहरुलाई खासै भेद नगरेका पनि देखिन्छ ।

सीमाका प्रोफेसनल कोर्ष

तत्काल आकर्षक जागिर पाइने, आफैं स्वरोजगार हुन पाइने हुँदा आज मानिसहरु एकाडेमिक कोर्ष भन्दा प्रोफेसनल कोर्षमा बढी आकर्षित भएक छन् ।

बीमा सम्बन्धी एकाडेमिक कोर्ष अध्यापन गरेका हजारौं मानिसहरुले उपयुत्तः अवसर नपाईरहेको अवस्थामा बजारको माग बमोजिमको जनशक्ति उत्पादन गरी बजारलाई दिने जिम्मेवारीविश्वविद्यधालयहरुको हुन्छ भने सो बमोजिमको जनशक्ति उत्पादन भए नभएको अनुगमन गर्ने कार्य बीमा नियामको हुन्छ ।

बीमामा प्रोफेसनल धेरै प्रकारका हुन्छ । बजारको मागको आधारमा यस्ता कोर्षको डिजाइन गरे पालीमा बजारलाई ध्यान दिंदा हाललाई ३ महिने, ६ महिने, एक वर्ष वा बढीमा २ वर्षे कोर्ष नै उपयुक्त हुन्छ ।

प्रोफेसनल कोर्षले सैद्धान्तसँगै व्यवहारिक ज्ञान दिने, उद्योगमा लगेर अनुसन्धान सिकाउने र उद्योगमा इन्टर्नसिप गराउनेर उद्योगमा आउने समस्याहरु समाधाना गर्न लागाउने, अन्र्तराष्ट्रिय अभ्याससँग परिचित गराउने काम गर्दछ । नेपाली विश्वविद्यालयले बजारको मागलाई ध्यानमा राख्दै सैद्धान्तिक कम र ब्यबहारिक ज्यादा ज्ञान दिने कोर्षहरु संचालन गर्ने हो भने नै सर्वसुलभ र स्तरीय बीमा शिक्षा दिन सक्नु पर्दछ ।

बीमामा अनुसन्धान र प्रकाशन

बीमामा अनुसन्धाग एक अनिवार्य शर्त हो । राम्रो अनुसन्धानले बीमा बजारको प्रगति हुन्छ, किनकी यसले समस्या र कमजोरीलाई उजागर गरिदिन्छ । बीमामा अनुसन्धान ३ निकायबाट हुनुपर्दछ विश्वविद्यालयहरु अर्थात् एकेडेमिसियनहरु, बीमा नियामक रबीमा कम्पनीहरु । बीमा कम्पनीहरुले आफ्नो कर्यालयमा अनुसन्धान शाखा स्थापना गर्नु आवश्यक छ साथै परामर्शदाताहरुबाट पनि अनुसन्धान कार्य गराउनु पर्दछ ।

राम्रो अनुसन्धानले मात्रै सही निर्णय गर्नमा सघाउ पुर्याउँदछ , विकसित दृशमा बीमा क्षेत्रको विकासका लागि अनुसन्धान पर्याप्त मात्रामा बजेटको व्यवस्था गरिएको पाइदैन । तर नेपालमा बीम बजारको इतिहास वर्ष पुरानो भएता पनि गतिलो अनुसन्धान भएको पाइदैन ।

विश्वविद्याहरु, प्राज्ञिग वर्ग अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न संस्थाहरुलाई यस तर्फ आकर्षण गर्नु आवश्यक छ । नेपाल पुनबीमा कम्पनी अनुसन्धानका लागि फलोसिएको व्यवस्था गर्दै उच्चस्तरबाट अत्यान्त आज्ञा गरेको छ । बीमा समिति र बीमा कम्पनीहरूले पर्याप्त मात्रामा अनुसन्धान बजेटको व्यवस्था गर्नु आवश्यक छ ।

हामीकहा अझैपनि अनुसन्धानमा गरेको खर्चलाई फजूल खर्चको रुपमा लिने प्रचलन छ जुन एकदमै गलत हो । व्यवसयाको लागि अनुसन्धान एक औषधी हो जसरी रोगीलाई निको पार्न सेवन गरिन्छ त्यसरी नै कुनै समस्याको समाधान गर्नका लागि अनुसन्धान अपरिहार्य छ ।

विद्यार्थी, शिक्षक अनुसन्धाताहरुलाई संलग्न गराउने हो भने विश्वविद्यालयसँगको साझोदारीबाट बीमा उद्योगको अनुसन्धानलाई गुणस्तरीय र सस्तो बनाउन सकिन्छ । अनुसन्धानले समस्याको समाधानमा मात्रै खोज्दैज नयाँ प्रडक्ट विकास गर्न सघाउ पुर्याउँछ ।, दिगो विकासको लागि उपाय सुझाउँछ, र बजार विस्तारको लागि दिशा दिन्छ ।

बीमा अनुसन्धानको विश्व परिवेश निकै आशालाग्दो छ । Geneva Associations Internat जसलाई Association for the Study of a Fronomics and पनि भनिन्छ । विश्वकै एकमात्र बीमा सम्बन्धी थिङ ट्याक साझा संस्थाको श्रमा लिईनछ, जसलाई बीमा कम्पनीहरुबाट पर्याप्त मात्रामा आर्थिक सहयोग प्राप्त भएके छ । त्यस कारण पनि यसले गर्ने अनुसन्धान र प्रकाशनको स्तर अब्बल दर्जाको छ । र विश्व बीमा बजारले यसबाट धेरै फाइदा लिएको छ ।

विश्वका धेरै देशमा आफ्ना बीमा सम्बन्धी अनुसन्धान केन्द्रहरु स्थापना भएका छन् । ती मध्ये केही केन्द्र हुन् ःKorea Insurance Research institute, Swiss Re Institute, IBHS Research Center, Insurance Research Council, The ASEAN Ice Training

and Research, Insurance Research Centre, Munich Risk and Insurance Center (MRIC) निकै उल्लेख्य छन् ।

क्ष्ल्ऋत्ब्म् १९६८ मा भएको सम्मेलनले पुनर्बीमा कम्पनीलाई विदेशी पुनर्बीमा कम्पनीलाई विदेशी पुनर्बीमा कम्पनीहरुले स्थानीय बजारलाई विकास गर्नका लागि धेरै काम गर्नु पर्ने निर्देशन समेत दिएको छ ।

पुनर्बीमा कम्पनीको काम आफ्नो व्यवसाय गर्नुको अलावा बीमा बजारको अनुसन्धान गर्ने जनशक्तिलाई गुणस्तरीय बनाउनको कांग आवश्यक तालीम दिने र बजारको दिगो विकासको लागि काम गर्ने रहेको छ । नेपालमा पनि बीमा अनुसन्धानको लागि संस्था स्थापना गर्नु जरुरी छ र बीमा प्राधिकरणको अगुवाई पुनर्बीमा कम्पनीहरु र बीमा कम्पनीहरुको सहभागितामा बीमा क्षेत्रको अनुसन्धान गर्ने थिङ्क ट्याङ्क संस्थाको स्थापना हुनु जरुरी छ ।

यो सानो लेखमा व्यवसायिक र गुणस्तरीय बीमा शिक्षाको आवश्यकता, महत्व र यसको लागि सरकार, बीमा नियामक, पुनर्बीमा कम्पनी, बीमा कम्पनी तथा विश्वविद्यालयको दायित्वको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । आशा गरौ भविष्यमा बीमा कलेज, बीमा अनुसन्धान केन्द्रहरुको स्थापना, संचालन र विस्तार भई हाल विद्यमान समस्याहरुको समाधान हुनेछ र बीमा उद्योगलाई प्रोफेसनल जनशक्तिले नेतृत्व गर्नेछ ।

(घिमिरे पोखरा विश्वविद्यालयका सहप्राध्यापक तथा नेपाल रिका अध्यक्ष हुन् ।)

नेपाल पुनर्बीमा स्मारिका, २०७९मा प्रकाशित लेख


क्लिकमान्डु