जीवन बीमा कम्पनीको व्यवसायमा नवीकरणको हिस्सा ८५.३७%, नयाँ व्यवसाय १९%ले घट्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले २ अर्ब २० करोड ३३ लाख ८५ हजार रूपैयाँको नयाँ व्यवसाय गरेका छन् ।

जुन गत आवको तुलनामा १९.५८ प्रतिशतले थोरै हो । गत आवको साउन महिनामा कम्पनीहरूले प्रथम बीमाशुल्कवापत २ अर्ब ७४ करोड रूपैयाँ संकलन गरेका थिए ।

चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले १५ अर्ब ५ करोड ७४ लाख २६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूको कुल व्यवसायमा नयाँ व्यवसायको हिस्सा १४.६३ प्रतिशत हो ।

साउन महिनामा कम्पनीहरूले नवीकरण बीमाशुल्कवात १२ अर्ब ८५ करोड ४० लाख ४० हजार रूपैयाँ उठाएका छन् । जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नवीकरण बीमाशुल्कको हिस्सा ८५.३७ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको सुरूवातको किस्तावापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । भने बीमा कम्पनीहरूले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क बीमाशुल्क हो ।

नेपाल लाइफले प्रथम बीमाशुल्कवापत ४७ करोड १३ लाख ९९ हजार रूपैयाँ संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले ५८ करोड रूपैयाँ संकलन गरेको थियो ।

राष्ट्रिय बीमा संस्थानले प्रथम बीमाशुल्कवापत ५ करोड ३ लाख रूपैयाँ संकलन गरेको छ । गत आवको साउन महिनामा संस्थाले ५ करोड रूपैयाँ संकलन गरेको थियो ।

नेशनल लाइफले प्रथम बीमाशुल्कवापत २९ करोड ८८ लाख १७ हजार रूपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ११ करोड ३१ लाख रूपैयाँ, मेट लाइफले १० करोड ८३ लाख रूपैयाँ, एशियन लाइफले ९ करोड ७८ लाख रूपैयाँ र गुराँस लाइफले २ करोड १० लाख रूपैयाँ संकलन गरेका छन् ।

गत आवमा नेशनलले २५ करोड, एलआइसी नेपालले ८ करोड, मेट लाइफले १३ करोड, एशियन लाइफले १३ करोड र गुराँस लाइफले ५ करोड रूपैयाँ संकलन गरेका थिए ।

साउन महिनामा सूर्या लाइफले प्रथम बीमाशुल्कवापत १२ करोड १३ लाख रूपैयाँ, प्राइम लाइफले ५ करोड ६४ लाख रूपैयाँ, आइएमई लाइफले ६ करोड ६८ लाख रूपैयाँ, यूनियन लाइफले १० करोड ७१ लाख रूपैयाँ, ज्योति लाइफले १३ रकोड २५ लाख रूपैयाँ, सन नेपाल लाइफले १७ करोड ७० लाख रूपैयाँ र रिलायन्स लाइफले ४ करोड १ लाख रूपैयाँ संकलन गरेका छन् ।

गत आवमा सर्या लाइफले प्रथम बीमाशुल्कवापत ११ करोड, प्राइमले ५ करोड, आइएमईले १४ करोड, यूनियनले १९ करोड, ज्योतिले ११ करोड, सन नेपालले ८ करोड र रिलायन्सले ९ करोड रूपैयाँ संकलन गरेका थिए ।

यस्तै, समितिकाअनुसार रिलायबलले प्रथम बीमाशुल्कवापत ४ करोड १ लाख, सिटिजनले १२ करोड २९ लाख, सानिमाले ३ करोड ८८ लाख, प्रमुले ३ करोड ११ लाख र महालक्ष्मी लाइफले ४ करोड १ लाख रूपैयाँ संकलन गरेका छन् ।

गत आवमा रिलायबलले १९ करोड, सिटिजनले १८ करोड, सानिमाले ५ करोड, प्रभुले २३ करोड र महालक्ष्मीले ६ करोड रूपैयाँ उठाएका थिए ।


क्लिकमान्डु