श्रीलंका संकटः नौ प्रश्नको उत्तरले स्पष्ट पार्नेछ आगामी दिनमा के होला ?



श्रीलंकाको इतिहासमा सरकारविरुद्ध प्रदर्शन गरिरहका प्रदर्शनकारीहरु पहिलो पटक राष्ट्रपति भवन तथा प्रधानमन्त्रीको निजी निवासभित्रसम्म पुगेका छन् । र, दुबै भवनलाई नियन्त्रणमा लिएका छन् ।

राष्ट्रपति गोटाबाया राजपक्षेले शनिबार दिउँसो प्रदर्शनकारीहरु राष्ट्रपति कार्यालयमा आउनुअघि नै भवन छाडिसकेका थिए । उनी अहिले कहाँ छन् भन्ने विषयमा स्पष्ट जानकारी छैन ।

प्रदर्शनकारीहरु जब पीएमको निजी निवासमा पुगे त्यहाँ पनि कोही थिएनन् ।

प्रदर्शनकारीका कारण राष्ट्रपति कार्यालयमा कुनै आधिकारिक काम हुन सकेको छैन । त्यसका साथै प्रधानमन्त्री रनलि बिक्रमसिन्धेले पनि शनिबार नै राजीनामाको घोषणा गरेका थिए ।

यस्तो अवस्थामा देशको नेतृृत्वलाई लिएर प्रश्न उठ्न थालेको छ । अब देशको नेतृत्व कोसँग हुनेछ भन्ने विषयमा निकै चचौ शुरु भएको छ । श्रीलंकामा आगामी दिनको राजनीतिक भविष्य के हुन्छ यो महत्वपूर्ण विषय बनेको छ ।

खासगरी जब देश एतिहासिक आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा मानिसहरुलाई खानपिनका लागि समस्या भइरहेको छ । इन्धन, आवश्यक औषधि उपलब्ध हुन सकेको छैन ।

१) गोटावाय राजपक्षे अब के गर्लान ?

यतिबेला राजपक्षे आफ्नो सरकारी आवासमा छैनन् । उनको कार्यालय प्रदर्शनकारीको नियन्त्रणमा छ । राष्ट्रपति कुनै पनि काम गर्न असमर्थ छन् । श्रीलंकाको राजनीतिलाई नजिकबाट बुझ्ने राजनीतिक विश्लेषक निक्सन भन्छन्, ‘अब राजपक्षेसँग एक मात्रै विकल्प राजीनामा मात्रे हो ।’

२) राजीनामा आयो भने के हुन्छ ?

श्रीलंकाको संविधान अनुसार यदि राष्ट्रपतिले राजीनामा दिन्छन भने प्रधानमन्त्रीले अन्तरिम राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नेछ । तर उनको नियुक्तीलाई मञ्जुरी दिनका लागि संसदमा एक महिनाभित्र बैठक गर्नु अनिवार्य हुन्छ । होइन भने पदमा रहन सक्दैनन् ।

३) के रनिल बिक्रमसिन्धेलाई संसदमा समर्थन प्राप्त होला ?

निक्सनका अनुसार यस्तो सम्भावनाका विषयमा अहिले संकेत प्राप्त भएको छैन । उनी भन्छन्, ‘संसदमा उनी आफ्नो पार्टीको एक मात्रै सदस्य हुन्, विपक्षी पार्टीका सदस्यहरु उनको विरुद्धमा छन् । विपक्षी दलको नेतृत्व सजिथ प्रेमदासाले गरिरहेका छन् । उनको दाबी अनुसार २२५ सांसदमध्ये ११३ वटाको समर्थन उनलाई छ ।’

४) यदि रनिल बिक्रमसिन्धे राष्ट्रपति बनेनन भने के हुन्छ ?

संविधान अनुसार प्रधानमन्त्रीपछि सभामुखलाई राष्ट्रपति घोषणा गर्न सकिन्छ । अहिलेको समयमा महिन्दा यप्पा अभयवद्र्धना सभामुख छन् । साथै गोटावायको दलबाट पनि उनको समर्थनमा जान सक्ने सम्भावना छैन ।

यद्यपि संविधान अनुसार सभामुखपछि सर्र्वोच्च अदालतका प्रधानन्यायाधीश पनि राष्ट्रपति बन्न सक्छन् । र, यसका लागि पनि संसदमा प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । यस्तोमा विपक्षी दलको सहयोग प्राप्त हुनुपर्छ ।

५) विपक्षीको योजना के छ ?

सजिथ प्रमदासाको एसजेपी तथा जेविपीले जारी गरेको संयुक्त बयानमा उनीहरु सरकार बनाउन सक्ने बताएका छन् । उनको दाबी अनुसार सरकार बन्नका लागि आवश्यक ११३ सांसद उनीसँग छन् । उनीहरु प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरिरहेकै छन् ।

६) गोटावायाको राजीनामा नआए के हुन्छ ?

निक्सनका अनुसार यस्तो अवस्थामा राजनीतिक संकट बढ्नेछ । यदि उनले पद छाड्न अस्वीकार गरे केही पनि गर्न सकिन्न । र, पदमा रहँदा पनि केही काम गर्न सक्ने छैनन् । निक्सन सत्तामा रहनका लागि गोटावायले सेनाको सहयोग लिने सम्भावनालाई पनि अस्वीकार गर्दैनन् ।

७) सर्वदलीय सरकार बन्न सक्छ ?

यो सम्भावना विपक्षी दलको हातमा छ । किनभने विपक्षी दलले पहिले बोलाइएको सबै सर्वदलिय बैठकमा भाग लिएका छैनन्् । यद्यपि उनीहरु यस विषयमा गम्भीर छन् । उनीहरु उनीहरुको नेतृत्वमा सरकार गठनको माग गरेका छन् ।

८) निर्वाचन घोषणा हुन सक्छ ?

अहिलेको समयमा यो सम्भावना छैन । श्रीलंका पहिलेदेखि नै आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारसँग निर्वाचन गराउनका लागि समेत पैसा छैन । यस्तो अवस्थामा सम्भावना कत्ति पनि छैन ।

९) राष्ट्रपति परिवर्तनबाट के आर्थिक संकटको समस्या हट्छ ?

अहिले सरकारसँग जरुरी सेवा तथा सुविधाका लागि पैसा छैन । अस्पतालमा औषधि छैन । इन्धनको कमी छ । खाद्यान्नको कमी छ । अवस्था यति खराब छ कि सरकारी कार्यालय, स्कुल बन्द गर्नु परेको छ । यस्तो अवस्थामा जो राष्ट्रपति बने पनि फरक पर्दैन ।

निक्सन श्रीलंकाको आर्थिक अवस्था तत्कालै सुधार गर्न सकिने खालको छैन । उनी राजनीतिक संकट अझै गहिरो भए आईएमएफसहित वित्तीइ संस्थानबाट प्राप्त हुने सहयोग पनि प्राप्त हुन छाड्नेछ ।


क्लिकमान्डु