चीनको आर्थिक राजधानी सांघाईमा लकडाउन, विश्वभर आपूर्ति श्रृंखलामा असर



एजेन्सी । कोरोना कहरले असाध्यै बढी प्रभावित पारेपछि चीनको आर्थिक केन्द्र सांघाई विगत चार सातादेखि लकडाउनमा छ । कोरोना नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियारी गरेपछि त्यसको प्रभाव संसारभर नै देखिएको छ ।

अन्तर्राष्ट्रियरुपमै आपूर्ति श्रृखलामा त्यसले प्रभाव पारेको छ । कोरोनाका कारण अप्रिल महिनामा मात्रै कूल ग्राहस्थ उतपादन ३ प्रतिशतले ओरोलो लागेको विवरण प्रकाशित भएको छ ।

कोरोनाका कारण संसारका अन्य देश प्रभावित हुँदा समेत चीनमा त्यसको खासै प्रभाव परेको थिएन । सन् २०२१ मा मात्रै चीनको आर्थिक वृद्धिदर ९.१ प्रतिशतको हाराहारीमा थियो । कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सामानको विश्वव्यापी आपूर्ति एवम् खोप निर्माणमा प्राप्त गरेको उल्लेख्य सफलताका कारण चीनको अर्थतन्त्रले उडान भरेको थियो ।

पछिल्लो दिनमा चीनका विभिन्न शहरमा विशेषगरी ओमिक्रोनको प्रभाव बढेपछि विश्व अर्थतन्त्रमा नै नराम्रो धक्का पर्न गएको छ । एकतिर रुस र युक्रेनको लडाईका कारण आपूर्ति श्रृखलामा असर परेको छ । सोही कारण देखाएर इन्धनको अत्याधिक मूल्यवृद्धि भएको छ । त्यसैमा चीनको विशेष आर्थिक क्षेत्रका रुपमा रहेको सांघाई र ग्वान्झाऊ जस्ता स्थानमा कोरोनाको तेस्रो लहर फैलदा आपूर्ति श्रृखला नराम्ररी भत्किएको छ ।

चिनियाँ अखबार साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा सांघाईको लकडाउनका कारण ३ प्रतिशत बराबरको नकारात्मक योगदान रहने जनाएको छ ।

विस्तृत विवरण प्रकाशित गर्दै सो अखबारले कोरोना कहर जारी रहेपनि औद्योगिक क्षेत्रलाई नियमित गर्नुपर्नेमा स्थानीय सरकार र बेइजिङले विशेष चासो व्यक्त गरेको जनाएको छ ।
कोरोना नियन्त्रणका सबै उपायहरु अपनाउँदै औद्योगिक क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउने क्रम शुरु भएको छ । त्यसका लागि स्थानीय सरकार र महानगरको पनि महत्वपूर्ण भूमिका रहेको सो अखबारले जनाएको छ ।

मार्चको व्यापक एवम् दुई चरणको लकडाउनले उपभोक्ता खर्चमा निर्भर व्यवसायलाई ठूलो धक्का दिएको छ । यद्यपि अर्थशास्त्रीका अनुसार सहरको औद्योगिक क्षेत्रले ठूलो मात्रामा अवरोधलाई सामना गर्न सक्छ । विश्वव्यापी आपूर्ति श्रृंखलामा हुने खतराहरूलाई कम गर्दै अगाडि बढ्न जरुरी रहेको स्पष्ट भएको छ ।

कूल २ करोड ५० लाख जनसंख्या भएको सहर सांघाईमा शुरुमा आठ दिन लकडाउन गरिएको थियो । कोरोना नियन्त्रणमा नआएपछि पछिल्ला चार सातादेखि आंशिकरुपमा मात्रै लकडाउन गरिएको छ । तर, कोरोना शुन्यमा नझरेको भन्दै स्थानीय सरकारले कडा प्रावधानहरु कायमै राखेको छ ।

लकडाउन र कोरोना नियन्त्रणका अन्य उपायहरुको असरले पहिलो र दोस्रो त्रैमासिकमा चीनको आर्थिक बृद्धि एक वर्षअघिको तुलनामा ०.४ प्रतिशत बिन्दुसम्म घट्न सक्ने देखिएको छ । न्याटवेस्ट ग्रुप पीएलसीका चिनियाँ अर्थशास्त्री लिउ पेइकियानले भनेका छन् कि असर देखिन सक्छ भन्दा पनि अनुभव गर्न थालिसकिएको छ ।

सहरको आधा भागलाई लक्षित गर्दै लगाइएको प्रतिबन्धले सहरका बासिन्दालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । सन् २०२० को शुरुमा चीनको उहानपछि सबैभन्दा खराब कोभिड प्रकोपलाई रोक्ने प्रयासका रुपमा सांघाईलाई लिइएको छ । यसले सेवा उद्योगको रोजगारी र आम्दानीलाई सबैभन्दा पनि नोक्सान पुर्याएको छ । त्यस्तै साना तथा मझौला व्यवसायलाई सबैभन्दा बढी असर पारेको छ ।

चीनको रेन्सान्स सेक्युरिटीज हङकङका रणनीति अनुसन्धान प्रमुख ब्रुक्स प्याङले भनेका छन् कि कोरोना नियन्त्रणमा गरिएको खर्चले मानिसको विश्वास र अपेक्षालाई दबाइरहको छ । उनले व्यक्तिगत र सामाजिक जमघट, विशेष गरी खानपानमा भर पर्ने उद्योगमा सबैभन्दा बढी असर परेको छ ।

सन् २०२२ को पहिलो त्रैमासमा जीडीपीको वृद्धि ४.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । सेवा र उपभोग क्षेत्रको क्रमिक रुपमा पुनः प्राप्तिू हुन आठ हप्ता लाग्न सक्ने देखिन्छ ।

प्रमुख वित्तीय र व्यापार केन्द्रको रूपमा रहेको सांघाईले चीनको जीडीपीमा ४.८५ प्रतिशतको योगदान गर्दछ । यो चीनको दोस्रो ठूलो धनी सहर पनि हो । नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो विवरणहरु अनुसार सांघाई बेइजिङ भन्दा थोरै अंकले मात्रै पछाडि छ ।

अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टसँग सम्बन्धित रहेका प्रकोप फैलिने क्रम निरन्तर जारी छ । यही प्रसंगमा अर्थशास्त्रीहरुले यस वर्षको लागि चीनको वृद्धि प्रक्षेपणलाई पनि क्रमशः घटाउँदै लगेका छन् ।

कम्पनीहरूले अहिलेसम्म जारी गरेको विवरणमा औद्योगिक एवम् कारखाना उत्पादनमा सम्भावित अस्थायी प्रभावको बारेमा सुझाव दिएको छ । किनकी, सरकारले सम्भावित नतिजालाई कम गर्ने प्रयास गरिरहेको छ ।

सरकारको ५.५ प्रतिशत बराबरको वार्षिक वृद्धि लक्ष्यलाई खतरामा राखेर उपभोक्ताको भावनामा हुने क्षति अझै दीर्घकालीन हुन सक्छ भन्नेमा पनि उीत्तकै ध्यान दिइएको छ ।

सांघाईमा लकडाउन घोषणा हुनुअघि नै, नोमुरा होल्डिंस इंकले एक चेतावनी दिएको थियो कि चीनको अर्थतन्त्रले महामारी सुरु भएदेखि नै सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।

बजार दोस्रो त्रैमासिकमा वृद्धिमा गिरावटको बारेमा चिन्तित हुनुपर्छ किनभने उनीहरूले बाँकी वर्षको लागि त्रैमासिक पूर्वानुमान घटाए पनि महामारी नियन्त्रणमा विशेष ध्यान दिनु जरुरी छ ।
औद्योगिक क्षेत्रको गतिविधिले मार्चमा एक प्रकारको धक्का दिएको छ । आधिकारिकरुपमा निर्माण खरीद प्रबन्धक सूचकांकका आधारमा पनि खराब अवस्थाको सामना गरिएको छ ।

चीनको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र र आर्थिकरूपमा सबैभन्दा ठूलो सहर सांघाईमा गरिएको लकडाउन त्यसका लागि चालिएका उपायले चिनियाँ अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ । जुन सेन्जेन प्रकोपसँग तुलना गर्न सकिन्छ । तर, भावनामा नकारात्मक प्रभाव पर्न सक्छ ।

हालसम्म लकडाउनले वित्तीय संस्था र बन्दरगाहमा निरन्तर सञ्चालनको लागि अनुमति दिन्छ भन्नेमा चासो छ । हालको योजनाभन्दा बाहिरको कुनै पनि कुराले वित्तीय प्रवाह र अन्तर्राष्ट्रिय व्यापारमा अवरोध खडा गर्छ भन्ने पनि ध्यान दिनुपर्छ ।

अष्ट्रेलिया र न्यूजील्याण्ड बैंकिङ ग्रुप लिमिटेड ग्रेटर चाइनाका प्रमुख अर्थशास्त्री रेमण्ड येउङका अनुसार आपूर्ति चेनमा चीनले सम्भावित क्षतिलाई सीमित गर्न सक्छ । जबसम्म लकडाउन एक महिना भन्दा लामो जाने छैन ।

उनले भनेका छन् कि सेन्जेनमा गरिएको परीक्षणमा पनि समस्या देखिएको थियो । सेन्जेनको दक्षिणी प्रविधि हबले गत आइतवार सामान्य कार्य पुनः सुरु गरेको छ । सरकारले आफ्ना १८.५ मिलियन बासिन्दालाई लकडाउनमा राखेको पनि दुई साता पूरा भइसकेको छ ।

सेन्जेन जस्तै, सांघाई देशको आर्थिक शक्ति हो, चीनको । मापन स्पष्ट रूपमा ठूलो छ तर कार्य छिटो छ, आर्थिक प्रभावलाई सकेसम्म चाँडो कम गर्ने आशामा मानिस देखिएका छन् ।

विश्वको सबैभन्दा ठूलो सांघाई बन्दरगाह अझै पनि चौबीसै घण्टा सञ्चालन भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, औद्योगिक क्षेत्रमा कोरोनाको प्रभाव पर्दा, बन्दरगाहमा सामान आपूर्तिमा समस्या देखिएको छ ।

चिनियाँ चिपमेकर सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशनले आफ्नो सुविधामा सामान्य उत्पादन गरिरहेको छ । तर कोभिड रोकथामका उपाय पालना गर्नु वाध्यकारी बनेको छ ।

यसैबीच, टेस्ला इंकले आफ्नो उत्पादन बन्द गरेको छ । कोभिड शून्य अवधारणमा काम गरिरहेको चीनले आफ्ना रणनीतिमार्फत नियन्त्रण र उन्मूलनलाई प्राथमिकता दिएको छ । लकडाउन र सामूहिक परीक्षण जस्ता कडा प्रतिबन्ध लगाएको छ ।

धेरै विज्ञहरूले अझै सोच्छन् कि बेइजिङले यसवर्ष अब रोक लगाउने र खाल्ने छैन । यद्यपि केहीले भनेका छन् कि देशको भाइरस रणनीतिलाई केही प्रभावकारी बनाउँदै केही लचिलोपन देखाउन सक्छ ।

पिनप्वाइन्ट एसेट म्यानेजमेन्ट लिमिटेडका प्रमुख अर्थशास्त्री झाङ झिवेईका अनुसार सरकारले अन्ततः विश्वको बाँकी भागमा पुन खोल्ने गरी मार्ग प्रशस्त गरेमा विश्वास बढाउन सक्छ ।

चीनको कोभिडविरुद्धको लडाई सामना गर्ने मुख्य हतियार भनेकै निकास रणनीति हो । त्यसलाई अगाडि बढउन थप उपायहरुको खोजी जरुरी छ । कोरोनाविरुद्ध शून्य सहिष्णुता नीति आर्थिक लागत र सामान्य जनताको दैनिक जीवनमा पर्ने बोझको सन्दर्भमा दीर्घकालीन रूपमा दिगो हल हुन सक्दैन भन्ने बुझाइ पनि उत्तिकै छ ।

म्याक्वेरी क्यापिटल लिमिटेडका अर्थशास्त्री ल्यारी हुले यस वर्षको जीडीपी वृद्धि लक्ष्य पूरा गर्न नीति निर्मातासँग आगामी महिनामा प्रोत्साहन बढाउनु बाहेक कुनै विकल्प नरहेको बताए छन् ।

‘हामीले हाम्रो वार्षिक जीडीपीको पूर्वानुमान कायम राख्छौं, किनकि थप नीतिगत सहजता आउनेछ’ उनले भने, ‘अप्रिलमा बेन्चमार्क ब्याज दर कटौतीको भविष्यवाणीका साथै पूर्वाधार र सम्पत्तिका क्षेत्रमा थप समर्थन आवश्यक छ ।’


क्लिकमान्डु