वाणिज्य बैंकमा निक्षेप घट्न थाल्यो, एकै दिन ७ अर्बले घट्यो



काठमाडौं । तरलता अभाव खेपिरहेका वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम जारी देखिएको छ ।

बुधबार एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप घटेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदरको माथिल्लो सीमा १०.०५ प्रतिशत निर्धारण गरेसँगै बैंकमा केही दिनका लागि निक्षेप बढेपनि पुनः घट्न थालेको छ ।

मंगलबारसम्म ४२ खर्ब ३६ रुपैयाँ रहेको निक्षेप बुधबार ७ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ ।

बैंकमा लगानीयोग्य रकम (तरलता) अभावभएसँगै कर्जा–निक्षेप अनुपात(सीडीे) रेसियो बधुबार ९०.०८ प्रतिशत पुगेको छ । मंगलबार सीडी रेसियो घटेर ८९.९१ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकमा तरलता अभावले बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनले केही दिन प्रणालीमा निक्षेप थपिए पनि पुनः निक्षेप घट्न थालेको छ । राष्ट्र बैंकले घुमाउरो शैलीमा २०४६ सालपछि ब्याजदर तोकेपनि त्यसको प्रभाव देखिएको छैन ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (क्रेडिट डिपोजिट रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गरिनेछ ।

पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिनेछ भन्ने व्यवस्था गरेको थियो ।

तरलता अभावले सीडी रेसियो ९० प्रतिशत पार गरेपनि घट्न थालेको छ । बैंकहरुबीच एक आपसमा हुने अन्तर बैंक कारोबारको दर बुधबार ४.९६ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु