आइपिओमा लगानी गरेका ५०० कर्मचारी एकै झट्कामा भए करोडपति



एजेन्सी । कुनै पनि कम्पनीमा काम गर्ने कर्मचारी एक झट्कामा नै करोडपति बन्न सक्लान् ? नेपाल जस्ता देशमा यो कुरा असम्भवप्राय नै रहेको छ ।
कमजोर अर्थतन्त्र भएका देशमा यस्ता कुरा सोच्नु नै गलत हुन जान्छ । तर, संसारको एउटा यस्तो कम्पनी छ, जसका कर्मचारी एक निमेषमा नै करोडपछि बन्न सफल भएका छन् ।

व्यापारिक सफ्टवेयर निर्माण गर्ने कम्पनी फ्रेसवक्र्समा कार्यरत ५०० कर्मचारी एक निमेषमा नै करोडपति बन्न पुगेका छन् । अमेरिकी कम्पनीको सेयर सेयर बजारमा सूचीकृत भएको छ ।

अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएको छ । त्यसमा कर्मचारीले प्राप्त गरेको सेयरको मूल्य अचानक बढ्न गएको छ । कम्पनीले साधारण सेयरबाट १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको रकम जुटाएको छ ।

फ्रेसवक्र्सको सेयर बुधबार नास्डाकमा ३६ अमेरिकी डलरमा सूचीकृत भएको थियो । सूचीकृत भए लगत्तै कम्पनीको सेयरमा २५ प्रतिशतले वृद्धि भयो । लगत्तै कम्पनीको सेयर प्रतिकित्ता ४८ अमेरिकी डलर पुग्यो ।

त्यसमा कम्पनीको कूल बजार पूँजीकरण १३ अर्ब डलर बराबरको हुन पुग्यो । जसमा कर्मचारीले प्राप्त गरेका सेयरको मूल्य समेत बढ्न गयो । कम्पनीले साधारण सेयरका रुपमा २.८५ करोड डलर बराबरको बिक्री गरेको थियो । प्रतिसेयरको मूल्य मात्रै ३६ डलर राखिएको थियो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत गिरिश मात्रुबुथमका अनुसार बजारमा सूचीकृत भए लगत्ते लगानीकर्ताले राम्रो फाइदा कमाएका छन् । उनका अनुसार करिब ५०० कर्मचारी एकाएक करोडपति बनेका छन् ।

उनका अनुसार कम्पनी माथि कर्मचारी र लगानीकर्ताले असाध्यै ठूलो भरोसा गरे । जसबाट फाइदा उनीहरुले नै प्राप्त गरे । उनले पब्लिक इन्भेस्टर्समाथि आफनो नयाँ जिम्मेवारी थपिएको बताए ।

उनीहरुले कम्पनीको भविष्य हेरेर आफूलाई नयाँ जिम्मेवारी दिएको समेत उल्लेख गरे । फ्रेसवक्र्स, इन्फोसिस, विप्रो,एचडीएफसी बैंक, डा रेड्डी ल्याव जस्ता कम्पनी बजारमा सूचीकृत भएका छन् ।

यी सबै अमेरिकको नास्डाक एक्सचेञ्जमा सूचीकृत भएका छन् । सबैभन्दा पहिला इन्फोसिस १९९९ मा नास्डाकमा सूचीकृत भएको थियो ।
कम्पनीका ७६ प्रतिशत कर्मचारीले सेयरमा लगानी गरेका छन् । त्यसको मतलब हो,कूल ४ हजार ३०० कर्मचारीको साथमा सेयर रहेको छ । त्यसमा पनि कूल ५०० कर्मचारी एकै क्षणमा करोडपति भएका छन् ।

त्यसमा पनि ७० जना कर्मचारी त ३० वर्षभन्दा कम उमेरका छन् । ती कर्मचारी केही पहिले मात्रै कलेजबाट डिग्री लिएर सो कम्पनीमा जोडिएका थिए । कम्पनीले सन् २०१९ को नोभेम्बरमा ३.५ अर्ब बराबरको मूल्यांकन गरेको थियो ।

कम्पनीले सिकोइया र एक्सेल जस्ता लगानीकर्ताबाट १५.४ करोड बराबरको रकम जुटाएको थियो । फ्रेसवक्र्स पहिलो भारतीय सफ्टवेयर फर्म हो ।
जो अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएको छ । कम्पनीले साधारण सेयर मार्फत रकम जुटाएर वर्किङ क्यापिटल, अपरेटिङ खर्च तथा अन्य खर्चका जुटाएको हो । कम्पनीले केही रकम भने अन्य दोस्रो कम्पनीको अधिग्रहणका लागि खर्च गरिनेछ ।

सन् २०१० मा मात्रै सो कम्पनी भारतको चेन्नईमा सुरुवात भएको थियो । यसको पहिले फ्रेशडेस्कको रुपमा परिचित थियो । सन् २०१७ मा नाम परिवर्तन गरेर फ्रेसवक्र्स राखिएको थियो ।

कम्पनीको पछिल्ला दिनमा ५२ हजार ५०० भन्दा बढी ग्राहक रहेका छन् । यो कम्पनी सेयर बजारमा सूचीकृत भए लगत्तै यस्तै अन्य कम्पनी समेत विदेशी सेयर बजारमा सूचीकृत हुन जान सक्नेछन् ।


क्लिकमान्डु