अर्थसमितिमा बोर्ड अध्यक्ष भिष्म ढुंगानाले के भने ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदबारेमा अर्थसमितिमा स्पष्टिकरण दिएका छन् । उनले छोरीको नाममा खरिद भएको सेयरबारे आफूलाई जानकारी नहुने समेत बताएका छन् ।

छोरी सेयर खरिद बिक्रीका लागि कानूनी रुपमा स्वतन्त्र भएकाले आफूलाई यस विषयमा कुनै जानकारी नभएको दावी समेत गरेका छन् ।

अर्थसमितिमा ढुंगानाले दिएको स्पस्ष्टिकरण

छोरीको परिवारको सल्लाहले कुनै पनि कारोबार हुने कुरा मलाई थाहा हुँदैन । किन भने उनीहरुले भन्दैनन् । उनीहरुको परिवारमा के के किन्ने बेच्ने कुरा हुन्छ । सरोकारको कुरो पनि भएन । तिमीहरुको परिवारको कुरा भन भन्न पनि मिल्दैन । त्यसमा पनि छोरीको घर परिवारले किनेको सेयर, विवाहित छोरीले आफूले किनेको सेयर म बोर्ड अध्यक्ष भएको नाताले किन बेच गर्न कानूनले बन्देज लगाएको अवस्था पनि छैन ।

म बोर्ड अध्यक्ष भइसकेपछि अहिलेसम्म ऐन कानूनले परिवारको यी सदस्यले गर्न मिल्दैन भनेको छ । त्यो मान्न म तयार छु । मेरो विवाहित छोरा, छोरी ज्वाईलाई पनि राख्ने हो, सासू ससुरालाई राख्ने हो कि अथवा मेरो नाती पनातीसम्म राख्ने । कुन लेभलसम्म जाने भन्ने कुरा ऐन कानून चाहिन्छ भने बनाऔं ।

हामी कानुन बनाउने मान्छे हो । कुरो उठ्यो । मेरो छोरी भएकोे नाताले कुरो उठ्यो । मेरो छोरीमाथिको अधिकार कति हो भन्ने कुरा पनि हेर्नुपर्यो । अहिलेको कानूनअनुसार उनको घर परिवारले प्राथमिक, दोस्रो, ओटीसी बजारमा किन बेच गर्न पाउँछ । यो कानूनले दिएको अधिकार हो । यो उनीहरुको सम्पति किन बेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैले गरेको होइन ।
म आफैले गरेको जसरी जुन प्रचार गरिएको यो गलत हो । मेरी छोरी विवाहित महिला हुन् । यस सम्मानित सासंदमा महिला सदस्यहरु पनि हुनुहुन्छ । उहाँ आफै महिला भएको नाताले आफ्नो घरमा सम्पत्ति किन्दा अथवा सेयर किन्दा अथवा कुनै आर्थिक लेनदेन गर्दा आफ्नो माइती पक्षसँग सल्लाह लिने, माइतीको स्वीकृति लिने भन्ने विषय कतिसम्म जायज होला ?

व्यवहारिक हिसाबले पनि मूल्यांकन गरौं । मेरो हकमा मिडियामा जे जे कुरा आएका छन् । सबै कुरा ठीक हुँदैन सत्य हुँदैनन् । हामीले यसलाई दुई वटा कुराले हेर्नुपर्यो । व्यतिmगत रुपले कुनै पधाधिकारीमाथि आक्षेप आउँदा भने आक्षेप आउने कुरालाई हामीले नियन्त्रण गर्नुपर्छ । त्यसलाई कुन–कुन कुराले गर्नुपर्छ भन्ने हाम्रो आचरसंहिता छ । आचरसंहितालाई रिभ्यू गर्यौ । त्यसलाई आचारसंहिताभित्र राख्न सकिन्छ ।

अन्य मूलुकहरुमा पनि धितोेपत्र बोर्डका अध्यक्ष हुनु हुन्छ उहाँहरुको पनि आचारसंहिता छ । उहाँहरुले पनि किन बेच गर्न पाउनु हुन्छ तर डिसकोल्ज गर्नुपर्ने गरी । प्रश्न उठ्ने ठाउँ नराख्नु । ऐन कानूनभित्र राखौं । आगामी दिनमा यस्तो कुरा नआओस । मलाई पनि राम्रो लागेको छैन ।

यो जुन कुरा आइराखेको छ नि म पनि राष्ट्र बैंकमा ३० वर्ष काम गरेर आएको मान्छे । यस्तो मैले कहिले सुनेको थिएन । कहिले बाबुराम भट्टराई जीको कुरा आउँछ । कहिले पहिलेको अर्थमन्त्रीको कुरा आउँछ । यो राम्रो भएन । हामी नियम कानूनमा कमजोरी छन् भने बनाऔं । यस्तो कुरालाई व्यवहारिक रुपमा पनि हेरौं । ऐन कानूनका हिसाबले पनि हेरौं । कानूनलाई दरिलो बनाउँदै लगाऔं भन्ने मेरो अनुरोध हो ।


क्लिकमान्डु