धान रोपाईं घट्यो, कुन प्रदेशमा कति ?



काठमाडौं । चालु आर्थिक वर्षमा धान रोपाईं घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्षमा १ प्रतिशतले घटेको हो ।

देशभर गत वर्ष १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा धान रोप्न सक्ने क्षेत्रफल रहे पनि १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईं भएको थियो । जुन ९८.१९ प्रतिशतले धान रापाईं भएको थियो ।

त्यस्तै चालु आवको साउन २८ गतेसम्ममा देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । जुन ९७.८९ प्रतिशत हो ।
कृषि विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा धान रोपाईं भएको छ । चालु आवमा प्रदेश २ मा ३ लाख ५३ हजार ९ सय हेक्टर क्षेत्रफल रोपाईं गरेको छ । उक्त प्रदेशले ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने क्षेत्रफलमा ९६.८० प्रतिशत रोपाईं गरेको छ ।

लुम्बिनी प्रदेशले चालु आवको साउन २८ गतेसम्ममा ३ लाख ४९२ हेक्टर क्षेत्रफलमा धान रोपाईं गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । जसमा उक्त क्षेत्रमा धान रोपाईं हुनेको क्षेत्रफल ३ लाख ३ हजार ५ सय ९३ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने क्षेत्रफल रहेको छ ।

प्रदेश १ ले २ लाख ६७ हजार १ सय ४९ हेक्टर क्षेत्रफलमा धान रोपेको छ । त्यसैगरी, बाग्मती प्रदेशले १ लाख १३ हजार ८२ हेक्टर क्षेत्रफल, गण्डकी प्रदेशले १ लाख ६ हजार ८ सय १० हेक्टर, कर्णाली प्रदेशले ३८ हजार ३ सय ८५ हेक्टर र सुदुर पश्चिम प्रदेशले १ लाख ६३ हजार ९७ हेक्टर क्षेत्रफलमा रोपाईं गरेको छ ।

त्यसैगरी भौगोलिक अनुसार सबैभन्दा बढी तराईमा भएको छ । जसमा तराई क्षेत्रमा ९ लाख ५९ हजार १ सय ५८ हेक्टर क्षेत्रफल अर्थात् ९८.१३ प्रतिशतले धान रोपाईं गरेको छ । दोस्रोमा उच्च पहाडमा बढी रोपाईं भएको छ । उक्त क्षेत्रमा चालु आवमा ४८ हजार १ सय ९३ हेक्टर क्षेत्रफलमा धान रोपाईं गर्न सकिनेमा ४७ हजार २ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाईं भएको छ । जुन ९८.११ प्रतिशत हो ।

त्यस्तै, मध्य पहाडमा पनि ९७.१९ प्रतिशत क्षेत्रफलमा धान रोपाईं भइसकेको छ । जसमा सो क्षेत्रमा ३ लाख ३६ हजार ३ सय ७८ क्षेत्रफलमा धान रोपाईं भएको छ । गत वर्षको तुलनामा चालु आवमा सबै क्षेत्रमा धान रोपाईं कम भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

गत वर्ष उच्च पहाडमा ९८.५४ प्रतिशत, मध्य पहाडमा ९७.२७ प्रतिशत र तराईमा ९८.५० प्रतिशत क्षेत्रफलमा धान रोपाईं भएको थियो । चालु आवमा सबै भौगोलिक आधारमा समग्र कम भएको देखिन्छ ।


क्लिकमान्डु