कुन पार्टीलाई भोट हाल्ने ? यी तथ्य पढेर निर्णय गर्नुहोस्



स्थानीय तहको निर्वाचन संघारमा छ । २० वर्षपछि हुन लागेको निर्वाचनको रौनक अझै बढी छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गराउने महत्वपूर्ण अवसरको रुपमा यसलाई लिइएको छ । विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन अलिक बढी महत्वपूर्ण र फरक आयाम सहितको छ । संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ ।

सिंहदरबारबाट हुने र गरिने मध्येका ६० बE0र्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम हुन्छ । नागरिकता दिने देखि स्थानीय स्तरमा हुने सबै काम अब नागरिकले गाँउमा नै पाउँछन् । विगतमा त्यस्तो थिएन । पहिलो पटक जनताले केन्द्रको अधिकार गाँउ तहमा नै उपभोग गरी । नागरिकता दिने देखि स्थानीय स्तरमा हुने सबै काम अब नागरिकले गाँउमा नै पाउँछन् । विगतमा त्यस्तो थिएन । पहिलो पटक जनताले केन्द्रको अधिकार गाँउ तहमा नै उपभोग गर्न पाउने भएका छन् । यो सन्दर्भमा हुन लागेको निर्वाचनको महत्व पनि बढी छ । मतदाता निर्वाचनका लागि तयार छन् ।

तपार्इंको घर टोल र बस्तीमा पनि निर्वाचनको माहोलले छोपेको छ । विभिन्न नाम र रुपका पार्टी मत माग्न आएका होलान् । मलाई जिताए यसो गर्छु, उसो गर्छु पनि भनेका होलान् । आश्वासनको मिठो बचन सुन्दा सुन्दा तपाई पनि दुविधामा पर्नुभएको होला । भोट चाही कसलाई दिऊ ? कुरा त सबैका राम्रा छन् । यो लेखमा केही तथ्यहरु पस्कने कोशिस गरेको छु । जसको आधारमा तपाईले मत कसलाई दिने, तपाईको साँँच्चै प्रतिनिधि को हो ? तपाईको मत किन यता र कसरी भन्ने केही प्रश्नका उत्तरहरु खोज्ने प्रयास गरेको छु । तपाई दोधारमा हुनुहुन्छ भने पनि प्रष्ट्याउने कोसिश गरिएको छ ।

यी हुन् शान्ति प्रक्रियाका असली हिस्सेदार

मुलुकमा १० वर्षसम्म द्वन्द्व चल्यो । त्यसको निकासको प्रमुख हिस्सेदार शक्ति भनेकै नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै शान्ति सम्झौताका हस्ताक्षरकर्ता हुन् । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन गर्ने महत्वपूर्ण कार्यभारका साथ दुई नेताले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । नेकपा(एमाले)लगायतका दल पड्के किनाराका साक्षी मात्रै हुन् ।

तपाईले भाषणमा मात्रै उद्योग चलेको देख्नुभएको थियो । ठिक एक वर्ष वर्षपहिले उद्योग चलाउने भाषण मात्रै तपाईले सुन्नुुभएको थियो । यस पटक त उद्योग नै चलेको छ ।

शान्तिको मर्म र भावनाको कोही कसैले आत्मसात् गरेको छ भने त्यो काँग्रेस र माओवादीले मात्रै गरेको छ । काठमाडौँमा जनआन्दोलन चलीरहेको थियो । गणतन्त्रको नारा लागिरहेको थियो । नेकपा(एमाले) का नेताहरु प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा सहभगाी हुन दौरा सुरुवाल सिलाइरहेका थिए ।

गिरिजाप्रसाद कोइराला लाठी खान तयार भए । तर आफ्नो दृढताबाट पछि हटेनन् । जनअधिकार खोसिएकोमा, लोकतन्त्र मासिएको कोही कसैलाई पीडा थियो भने त्यो उनै गिरिजाप्रसाद कोइरालालाई थियो । ‘नेपालमा गणतन्त्र आउनु र बयलगाढा चढेर अमेरिका पुग्नु उस्तै’ हो भन्ने खड्गप्रसाद ओली प्रतिगमन आधा सच्चिएको भन्दै दरबार पस्न तयार भएको बेला गिरिजाप्रसाद नयाँ सडकमा पुलिसको लाठी खान तयार भएका थिए ।

बुढेसकालमा प्रहरीको लाठीबाट टाउको फुट्दा समेत गिरिजाप्रसाद पछाडि हटेनन् । शान्ति प्रक्रियामा एउटा चरणमा ल्याउन भारतीय शहरका गल्ली गल्लीमा समेत उनी दौडन तयार भए ।

विगतमा तपाईले लोडसेडिङ अन्त्यको भाषण मात्रै सुन्नुभएको थियो । साँझ परेपछि मैनबत्तीको खोजीमा तपाई र तपाईका गृहिणी दौडनु पर्थ्यो । हुँदै नभएको हावाबाट बिजुलीको हवाई गफ पनि तपाईले सुन्नु परेको छैन । जिओ थर्मलको बेपरवाह भाषण पनि तपाईले महसुस गर्नु परेको छैन ।

शान्ति प्रक्रियाको मर्म र भावनाको महत्वपूर्ण केन्द्रभागमा उनै गिरिजाप्रसाद र प्रचण्ड रहे । एमाले नेतृत्व ताली बजाउन मात्रै केन्द्रीत रह्यो । उसको कुनै प्रधान भूमिका थिएन । बरु प्रधानमन्त्रीको पदका लागि प्रतिगमन आधा सच्चिएको बहानाबाजीमा रत्नपार्क छाडेर सुइकुच्चा ठोक्न नै लालायित थियो । संविधानसभाबाट संविधान जारी गराउने इच्छा अधुरै छाडेर निधन भएपनि गिरिजाप्रसादको सपना साकार भएको छ । संविधान जारी भएको छ ।शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एकमात्र ज्यूँदा पात्र प्रचण्ड प्रधानमन्त्रीमा छन् ।

गिरिजाप्रसाद कोइरालाको सपना साकार पार्ने हो भने तपाईले मत दिने उपयुक्त पार्टी अब को हुन सक्ला ? विचार गर्नुस त । तपाईका लागि दुई वटा मात्रै विकल्प छ । तपाइले काँग्रेसलाई मतदान गर्दा पनि खेर जाँदैन । माओवादीलाई मतदान गर्दा पनि तपाईलाई हिनताबोध हुने छैन । किनकी शान्ति प्रक्रियाका महत्वपूर्ण पाटा र पक्ष भनेकै यी दुई दल हुन् । अरु पार्टी साक्षी हुन् । कार्यकारी रुपमा काम कसले पर्थ्यो । त्यो नै महत्वपूर्ण हुन जान्छ । तपाई पड्के किनारमा बसेर ताली बजाउनेलाई जिताउने कि वास्तविक खेलाडीलाई जिताउने महत्वपूर्ण अवसर आएको छ ।

स्वीच अन गर्दा बत्ती बलेको छ ?

तपाईले घरमा गएर स्वीच खोल्दा बत्ती बलेको छ ? पक्कै पनि बलेको छ । नेपाल विद्युत् प्राधिकरणले गत कात्तिकदेखि विद्युतीकरण भएका सबै क्षेत्रमा लोडसेडिङ अन्तय गरेको छ । विगतमा तपाईले लोडसेडिङ अन्त्यको भाषण मात्रै सुन्नुभएको थियो । साँझ परेपछि मैनबत्तीको खोजीमा तपाई र तपाईका गृहिणी दौडनु पथ्र्यो । विद्यालयबाट फर्केकाहरु गृहकार्य गर्न मुस्किल थियो । एक प्रकारको मानसिक तनाव थियो । उद्योग व्यावसाय चोपट थियो ।

कुन बेला बत्ता आउला र मोबाइल फोन चार्ज गरौला भन्दै अनिदो बस्नु परेको थियो । पानी तान्न समस्या थियो । विद्युत्को अभावका अस्पतालमा सहज सेवा उपलब्ध हुन सकेको थिएन । तर आज एकाध मिनेट बाहेक तपाईको घरमा बत्ती निभ्दैन । विगतमा वर्षहरुमा जस्तो तपाईको परिवार मानसिक तनावमा छैन ।

तपाई उज्यालोमा बस्न पाउनु भएको छ । हुँदै नभएको हावाबाट बिजुलीको हवाई गफ पनि तपाईले सुन्नु परेको छैन । जिओ थर्मलको बेपरवाह भाषण पनि तपाईले महसुस गर्नु परेको छैन । स्वीच अन गर्नुस् तपाईको घरमा बिजुली बल्छ । अबको दुई वर्षभित्र त तपाईले बिजुलीबाटै खाना पकाउन सक्नुहुन्छ । यो सबै काम नेपाली काँग्रेस र माओवादी नेतृत्वको संयुक्त सरकारले गरेको हो । विगतमा तपाईले गफ गर्नेहरु धेरै देख्नुभएकै थियो । तर गफले तपाईको घरमा स्वीच थिच्दा बत्ती बलेको थिएन । यस पटक काम भएको छ ।

तपाई अध्यारोमा बस्नु परेको छैन । तपाई कुन बेला बत्ती आउला र पानी तानौला भनेर पिरोल्दिै सुत्नु परेको छैन । उद्योग व्यावसाय चौपट भयो भन्दै रुनु पनि परेको छैन । विगतमा १० घन्टा बत्ती पाउनेले यस पटक दैनिक २० घन्टा विद्युत् पाएको छ । काम गर्नेलाई जस दिनुस्, काम गर्नेलाई मत दिनुस्, हावा कुरा गर्ने र ठूला ठूला आश्वासनका गफ छाट्नेलाई तपाईले भन्नै पर्छ, सरी म तपाइ मत दिन सक्दिन । तपाईले स्वीच थिच्दा बत्ती बलेको छ भने तपाईले मतपत्र लिएपछि एकपटक सोच्नुस तपाईको घरमा २४ सै घन्टा बत्ती बाल्ने काम कसले गर्यो ? तपाईलाई थाहा छ मत त्यतै दिनुस । भाषण गर्नेलाई अर्को चुनावसम्म पर्खनुस्

स्वास्थ्य क्षेत्रमा आकाश जमिनको फरक

तपाईको मृगौला फेल भयो, तपाईलाई मुटु रोग लाग्यो । पैसा छ भने तपाई बाँच्नु हुन्थ्यो । पैसा छैन तपाई अकालमा मर्नु पर्दथ्यो । तर अब त्यस्तो छैन । तपाईले पत्याएको गगन थापा स्वास्थ्यमन्त्रीमा छन् । सरकार माओवादी नेतृत्वमा काँग्रेस गठबन्धनको छ ।

तपाईलाई मृगौला रोग लाग्यो, तपाईको मृगौला फेर्नुपर्नेछ भने अब निशुल्क भएको छ । तपाईलाई तीन सातासम्म सरकारले नै निशुल्क औषधी पनि दिन थालेको छ । मुटु रोग लाग्यो, सरकारले सहज रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । विगतमा स्वास्थ्यचौकी र अस्पतालमा डाक्टर भेटिदैन थिए । महंगो शुल्क तिरेर उपचार गर्नु पर्दथ्यो । बिरामी भएपछि घर खेत धरौटी राख्नु पर्दथ्यो ।

तर पछिल्लो नौ महिनादेखि तपाईले पक्कै पनि केही न केही फरक महसुस गर्नु भएकै छ । आधारभूत स्वास्थ्य सेवा तपाईको अधिकार हो । सरकारले पहल र प्रयत्न दुवै गरेको छ । तपाई स्वास्थ्य बीमा सहभागी हुन सक्नुहुन्छ ।

त्यसको प्रक्रिया सुरु भएको छ । मृगौला रोगी, मुटु रोगी र अन्य असाध्य रोगका बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रणालीको विकास भएको छ । तपाईको नजिकमा रहेका स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्र वा जिल्ला अस्पतालमा सहज रुपमा उपचार सेवा पाउनु भएको छ । भने तपाईले भोट हाल्ने बेलामा सोच्नुस काम कसले गरेको छ । तपाईलाई भाषण गर्नेलाई मत दिएर आफ्नो अधिकार खेर फाल्नु हुन्छ कि काम गर्नेलाई मत दिएर थप प्रेरित गर्नुहुन्छ । तपाई आफै मूल्यांकन गर्नुस ।

२५ वर्षपछि ७ प्रतिशत आर्थिक वृद्धिदर

गत साल मुलुकको कुल आर्थिक वृद्धिदर ०.०१ प्रतिशत थियो । कार्यकारी प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली थिए । तपाईले उनको भाषण सुन्नु भएकै थियो । पानीजहाज र रेलको कथा रमाइलो मानी मानी सुन्नुभएकै थियो । करिब करिब हाँस्य कलाकारको रोजगारी नै खोसिएको अवस्था थियो । आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा तल, दैनिक १२ घन्टा लोडसेडिङ, राजनीतिक अस्थिरता ।

मुलुकमा केही पनि हुँदैन भन्ने नकारात्मक सोच व्याप्त थियो । तर माओवादी काँग्रेस गठबन्धन सरकार गठन भएपछि मुलुकको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा पुग्ने प्रक्षेषण एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र राष्ट्रिय तथ्यांक विभागले समेत गरेको छ ।

उखान टुक्काले तपाईको जीवनमा परिवर्तन हुने छैन । जीवन परिवर्तन गर्ने हो भने काम गर्नेलाई मत दिनुहोस् ।

नियमित विद्युत् आपूर्तिका कारण आर्थिक वृद्धिदर उच्च हुन पुगेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रक्षेपण छ । यो वृद्धिदर २५ वर्षपछि कै उच्च हो । गत वर्ष ०.०१ प्रतिशतमा रहेको आर्थिक वृद्धिदर बढेर सात प्रतिशतको हाराहारीमा पुग्नु सामान्य कुरा हो र ? गत वर्ष करिब १० प्रतिशतको हाराहारीमा रहेको मूल्यवृद्धि दुई प्रतिशतमा सिमित हुनु सामान्य विषय हो र ? यही रुपमा आर्थिक वृद्धि भयो भने अबको तीन वर्षमा मुलुकले कायापलट गर्नेछ । अब तपाई नै भन्नुस ०.०१ प्रतिशत आर्थिक वृद्धि गर्ने दल र तिनको नेतालाई मतदान गर्ने कि सात प्रतिशत आर्थिक वृद्धि गराउने दल र पार्टीका नेतालाई मतदान गर्ने ? छुट्टयाउने र निर्णय गर्ने अधिकार तपाईसँगै छ ।

घमाधम खुल्दैछन् बन्द भएका उद्योग

विगतमा राजनीतिक हस्तक्षेप, टे«ड युनियनका कारण बन्द भएको नेपाल औषधि लिमिटेड आइतबारबाट सञ्चालनमा आएको छ । अधिकारको नाममा सधै प्रतिपक्षमा रहने दलका कारण बन्द भएको मुलुकको महत्वपूर्ण औषधि उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनमा आएपछि रोजगारी बढ्ने छ । उत्पादन बढ्नेछ । राज्यको आम्दानी पनि बढ्नेछ ।

हेटौडा कपडा कारखाना नेपाली सेनाले सञ्चालन गर्ने अन्तिम तयारीमा छ । विराटनगर जुट मिल पुनः सञ्चालन हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्रीले सो उद्योग सञ्चालनको आवश्यक व्यवस्था मिलाउन उद्योग मन्त्रीलाई निर्देशन दिएका छन् । प्रक्रिया अगाडि बढेको छ । बन्द भएका अन्य उद्योग कसरी चलाउन सकिन्छ त्यसको गृहकार्य भइरहेको छ । तपाईले हल्ला होइन काम देख्नुभएको छ । भाषणले मात्रै उद्योग चल्दो रहेनछ । आत्मनिभएर अर्थतन्त्रका लागि उद्योग चाहिन्छ ।

आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन पहल गर्ने पार्टी, नेता र प्रधानमन्त्रीलाई मत दिनहुन्छ कि ? संविधान संशोधन हुनै सक्दैन, त्यसको कमा र पूर्णबिराम समेत फेरिदैन, संविधान गीता हो, महाभारत हो, यसको परिवर्तन हुनै सक्दैन भन्ने दल वा तिनका नेतालाई ।

तपाईले भाषणमा मात्रै उद्योग चलेको देख्नुभएको थियो । ठिक एक वर्ष वर्षपहिले उद्योग चलाउने भाषण मात्रै तपाईले सुन्नुुभएको थियो । यस पटक त उद्योग नै चलेको छ । त्यो पनि काममा नै । उत्पादनमा नै । औषधि उद्योगले एन्टी  भेनम उत्पादन गर्ने घोषणा गरेको छ । एकाध दिन भित्र त्यो पनि उत्पादन हुने छ ।

सर्पदशंका बिरामीलाई स्वदेशी उत्पादन नै प्रयोग गरिनेछ । अब तपाई भन्नुस उद्योग चलाउने, रोजगारी बढाउने र खासमा काम गर्नेलाई मत दिनुहुन्छ कि केवल भाषणमा मात्रै रोजगारी बढाउने र उद्योग चलाउने गफ दिनेलाई मत दिनुहुनेछ । विचार गर्नुस् उद्योग चलाउने सरकार र पार्टीलाई मत दिनुभयो भने अरु बन्द भएका उद्योग पनि चल्नेछन् । तर तपाईले मत दिने समयमा गल्ती गर्नुभयो भने चलीरहेका उद्योग समेत बन्द हुनेछन् ।

र, अन्त्यमा राजनीतिक सहमति

संविधानजारी हुने समयदेखि नै आन्दोलनमा रहेका मधेश केन्द्रीत दललाई विश्वासमा लिने पहल विगतमा सायदै अगाडि बढ्यो । उनका माग सम्बोधन गर्ने दायित्व लिएकाहरुले ‘समथर स्थान देख्ने बित्तिकै तराई भन्ने, मधेस भन्ने, त्यसो भए त बिहार पनि तराई होला नी ?’ भन्दै होच्याएको सुनिएकै थियो । संविधान मान्दैनौ, हाम्रो मुद्दा समेटिएन ।

हाम्रो मागको सुनुवाई भएन भन्दै आन्दोलनमा रहेका मधेश केन्द्रित दल समेत निर्वाचनमा सहभागी भएका छन् । सीमांकन नभइकन हुँदै हुँदैन भन्ने दल सहमतिमा आउनु निर्वाचनमा भाग लिनु, जनतामा जान्छु भन्ने अवस्था सिर्जना भएको छ । सरकार र सरकारमा सहभागी भएका दलका शीर्ष नेताले नियमित रुपमा कुनै हरेश नखाईकन इमान्दारिपूर्वक बहस र छलफल गरेर आन्दोलनरत पक्षलाई सहमतिमा ल्याएका छन् ।

प्रमुख प्रतिपक्षी दल र तिनका नेता खड्ग ओली अझै सहमतिको पक्षमा छैनन् । सामान्य भन्दा सामान्य माग सम्बोधन हुने र गर्न दिने पक्षमा उनी छैनन् । संविधान संशोधन हुनै दिदैनौ, यो एमालेको आधिकारिक धारणा हो ।

तर सरकार र सरकारमा सहभागी भएका दलका नेताले गरेको अथक मेहनतले साकार रुप लिएको छ । सहमति बन्दै गएको छ । असहमति र द्वेष हटने अवस्थामा पुगेको छ । अब भन्नुस तपाई कसलाई मत दिनुहुन्छ । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन पहल गर्ने पार्टी, नेता र प्रधानमन्त्रीलाई मत दिनहुन्छ कि ? संविधान संशोधन हुनै सक्दैन, त्यसको कमा र पूर्णबिराम समेत फेरिदैन, संविधान गीता हो, महाभारत हो, यसको परिवर्तन हुनै सक्दैन भन्ने दल वा तिनका नेतालाई ।

तपाईले विचार गर्नुस उचालेको कुकुरले मृग मार्न सक्दैन । त्यसकारण समयमा नै विवेक प्रयोग गर्नु र मतदान गर्नुस । तपाईको अधिकारको उचित सम्बोधन हुनेछ । तपाईले यस पटक पनि गल्ती गर्नु भयो भने सम्झनुस तपाईका सुखका होइन दुखका दिनहरु सुरु हुनेछन् । किनकी उखान टुक्काले तपाईको जीवनमा परिवर्तन हुने छैन । जीवन परिवर्तन गर्ने हो भने काम गर्नेलाई मत दिनुहोस् । तपाईको मताधिकारको उचित सदुपयोग हुनेछ ।


पुष्प दुलाल