एन्ड्रोइड भर्सन ३.० भन्दा कम अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा गुगल सर्भिस उपलब्ध नहुने



काठमाडौं । गुगलले सन् २०१० को डिसेम्बरमा नयाँ स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइड २.३ सार्वजनिक गरेको थियो । एन्ड्रोइड २.३ अपरेटिङ सिस्टम प्रयोगमा आएको ११ वर्ष लग्दा पनि केही स्मार्टफोन यही सिस्टमबाट सञ्चालित भइरहेका छन् ।

गगुलका केही वर्षदेखि यस प्रणालीमा आफ्नो सेवाहरु हटाउँदै गइरहेको छ । सन् २०१७ फेब्रअरीमा एन्ड्रोइड पेमेन्ट सिस्टम ‘गुगल प्ले’ ले एन्ड्रोइड २.३ मा सेवा बन्द गरिसकेको छ । आधिकारिक रिपोर्टका अनुसार गुगलले आधिकारिक रुपमा एन्ड्रोइड २.३ सिस्टम छोड्ने भएको छ ।
कम्पनीको आधिकारिक रिपोर्टअनुसार एन्ड्रोइड २.३.७ र त्योभन्दा तल्लो एन्ड्रोइड डिभाइसमा गुगल एकाउन्ट लगइन हुनेछैन । गुगलले जारी गरेको विज्ञप्ति अनुसार सन् २०२१ सेक्टेम्बर २७ देखि एन्ड्रोइड २.३.७ वा सोभन्दा तल्लो स्तरको डिभाइसमा गुगलले लगइनका लागि अनुमति दिने छैन । एन्ड्रोइड भर्सन ३.० वा सोभन्दा उच्च कोटीको भर्सनले मात्र गुगल लगइन गर्न सकिनेछ ।

सेक्टेम्बर २७ पछि लगइनका लागि प्रयास गर्दा फिडब्याकको रुपमा इरर्र म्यासेज आउनेछ । डिभाइसमा गुगलको सर्भिस जिमेल, यूट्यूव र म्याप प्रयोग गर्दा यस्तो म्यासेज आउँछ । यूजर नेम र पासवर्ड राख्दा यस्तो इरर्र म्यासेज देखिन्छ ।

एन्ड्रोइड भर्सन ३.० वा सोभन्दा माथि अपडेट नहुने डिभाइस प्रयोगकर्ताले वेव ब्राउजरबाट गुगल एकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । सफलतापूर्ण लगइन भइसकेपछि गुगलका केही सर्भिस प्रयोग गर्न सकिन्छ ।

यो गुगलको सातौं एन्ड्रोइड भर्सनको रुपमा आएको थियो । यो गुगल एन्ड्रोइडको पहिलो एन्ड्रोइड वार्षिक अपडेट प्लानसहित सार्वजनिक भएको थियो ।


क्लिकमान्डु