काठमाडौंंमा निषेधाज्ञा एक साता थपियो, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू
काठमाडौं । काठमाडौं उपत्यकामा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १४ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।
त्यसैगरी उपत्यकामा सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू हुनेछ । साथै सार्वजनिक यातायात भने चल्न पाउने छैनन् ।
त्यसैगरी पसलहरु पनि खुला गर्ने तर बार अनुसार मात्रै खोल्न पाइने भट्टराईले जानकारी दिए ।