उत्तराखण्डको जस्तै जोखिम हिमाञ्चलमा पनि, जलवायु परिवर्तनले विस्तारित हुँदैछन् हिमताल



एजेन्सी । गत आइतबार भारतको उत्तराखण्डको चमोलीमा आएको हिमबाढीले ठूलो क्षति पुर्यायो । निर्माणका क्रममा रहेका करिब आधा दर्जन जलविद्युत् आयोजना त्यसबाट प्रभावित भए ।

त्यसमध्ये २ वटा आयोजना त नराम्ररी नै प्रभावित भए । पछिल्लो विवरण अनुसार ३६ वटा लाश भेटिएको छ भने १७६ जना अझै हराइरहेका छन् ।

नदी किनारमा रहेका गाँउ तथा अन्य संरचना समेत बाढीले बगाएको छ । बेपत्ता भएका कादार फेला पर्न सकिने अवस्था असाध्यै कम रहेको छ ।

निर्माणाधिन ५२० मेगावाट क्षमताको एक जलविद्युत् आयोजना नराम्ररी क्षतिग्रस्त भएको छ । यस्तै १३ मेगावाट क्षमताको ऋषीगंगा जलविद्युत् आयोजना समेत उठ्नै नसक्ने गरी क्षतिग्रस्त भएको छ ।

चमोलीको बाढीले धेरै मानिसको चैन खोसिदिएको छ । विशेष गरी पूर्वमा बर्मादेखि पश्चिममा इरानसम्मका नागरिक भयवित देखिएका छन् । जलवायु परिवर्तनका कारण मानिसहरुमा एक प्रकारको भय देखिन्छ ।

औद्योगिक देशले थोपरेको ज्यादतीका कारण समस्या खडा भएको मान्न तयार भएपनि यी क्षेत्रमा मानिस त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा हालसम्म कुनै पनि उपाय खोज्न सकेका छैनन् ।

किनकी हिमाली क्षेत्रमा रहेका हजारौका संख्याका हिमनदी तथा ग्ल्यासियरका कारण आगामी दिनमा पनि आपदा आइलाग्ने देखिन्छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तराखण्डमा आएको जस्तै आपत हिमाञ्चल प्रदेशमा समेत देखिन सक्नेछ ।

पछिल्लो अवस्थामा ६५ वटा हिमतालहरु क्रमशः वृद्धि हुँदै गएर ३६० वटामा परिणत हुने अवस्था छ । त्यसको आकार ५० वर्ग किलोमिटर क्षेत्रमा फैलन सक्ने अनुमान सार्वजनिक गरिएको छ ।

हिमबाढीको नाम लिने बित्तिकै भारतको केदारनाथको अग्रपंक्तिमा आउँछ । हालै उत्तराखण्डमा आएको बाढी पनि त्यसैको उपज हो ।

उत्तराखण्डको चमोलीमा आएको आपतले केदारनाथको भयावहलाई समेत ओझेलमा पारिदिएको छ । ठीक त्यस्तै खालको आपदा हिमाञ्चल प्रदेशमा समेत आउन सक्ने सम्भावनाहरु सार्वजनिक भएको छ ।

उक्त दावी उज्जैनका डा अंकूर पण्डितले गरेका छन् । उनी आईआईटी बम्बेमा रहेर ग्लेसियरको अनुसन्धान गरिरहेका छन् ।

लगातार बढीरहेको ग्लेसियरको मोटाईसहित अन्य जानकारी जुटाउनका लागि उनले हिमाञ्चलमा नै पुगेर जीपीआर सर्भे समेत गरेका छन् ।

स्याटेलाइटबा प्राप्त भएको तस्विर तथा कम्प्युटर मोडलिङमा पत्ता लागेको छ कि जलवायु परिवर्तनका कारण हिउँ पर्ने मात्रा र अवस्थामा परिवर्तन देखिएको छ ।

चन्द्राघाटी क्षेत्रमा रहेका ६५ वटा ग्लेसियरमा साना साना तलाउहरु क्रमशः ठूला ठूला बन्दै गएका छन् ।

त्यसको कूल आकार ४९.५६ वर्ग किलोमिटर रहेको छ । मनालीबाट ४० किलोमिटर पर रहेको सिस्सू कस्बा भन्ने स्थान रहेको छ ।

त्यहाँ रहेको ग्लेसियरको अवस्था एकदमै जोखिमपूर्ण रहेको छ । त्यहाँ क्रमशः पानीको मात्रामा वृद्धि भइरहेको छ ।

हिमाली क्षेत्रमा रहेको कमजोर चट्टान तथा कम माटोका कारण पानीको मात्रा बढ्दै जाँदा तलाउ क्रमशः ठूला तालमा परिवर्तन हुन जान्छ । त्यस्ता तलाउहरु क्रमशः फुटदै जान्छ र पानी तल्ला क्षेत्रहरुमा आउन थाल्छ ।

हिमालय क्षेत्रमा रहेका ताल तथा साना तलैयाहरुको निरन्तर अनुमगन तथा निरीक्षण गरिरहनु पर्दछ ।

डा अंकूरका अनुसार आगामी दिनमा फुटन जाने तलैयालाई क्रमशः घटाउन सके मात्रै तल्ला तटमा रहेका बस्ती तथा संरचना जोगाउन सकिन्छ ।

नीति निर्माता तथा प्राकृतिक विपतका बारेमा अध्ययन गरिरहेका सरकारी तथा गैरसरकारी अधिकारीले पनि हिमाली क्षेत्रमा देखिन थालेको विपदको अवस्थाका बारेमा अध्ययन गरेर ठोस निष्कर्ष निकाल्नु जरुरी छ । साना तलाउको अध्ययनका लागि स्याटेलाइट तस्विरको मसिनो अध्ययन गर्नु जरुरी छ ।

डा अंकूरका अनुसार आगामी दिनमा साना ताल तथा तलैयामा पानीको कूल भण्डारण बढ्दै जाँदा १.०८ क्यूबिक किमी बराबर हुन जान्छ । त्यसमा सबैभन्दा जोखिम रहन सक्छ ।

यस्तै गपांप थाव ग्लेसियर बढ्दै जाँदा २.०६ वर्ग किलोमिटर सम्म पुग्न जान्छ । अहिलेसम्म गपांग गाथ ग्लेसियर करिब ०.८ वर्गकिलोमिटर रहेको छ ।

जलवायु परिवर्तनका कारण साना ताल तथा तलैया ठूला भएर विस्फोट हुँदा सिस्सू गाँउ सबैभन्दा बढी प्रभावित हुन्छ ।

यस्तै अवस्था नेपाल, भुटान , पाकिस्तानका उत्तरी क्षेत्रमा समेत देखिन सक्छ । तसले तल्ला तटमा रहेका बस्ती निमेषभरमा नै बाढीले बगाइदिन सक्छ ।

आगामी दिनमा हुन सक्ने यस्ता विपदलाई कम गर्नका लागि समयमै ध्यान दिन जरुरी छ ।


क्लिकमान्डु