भारतको जिडिपमा पुनः साढे ७ प्रतिशतको गिरावट, सरकारी राहतले गरेन काम



काठमाडौं । कोरोना भाइरसका कारण संसारका शक्तिशाली भनिएका देशहरुको आर्थिक अवस्था असाध्यै बिग्रिएर गएको छ ।

पछिल्लो विवरण अनुसार अघिल्लो त्रैमासमा भारतको कूल ग्राहस्थ उत्पादन जिडिपी २४ प्रतिशतले ओरालो लागेको थियो । सोही आधारमा हेर्दा भारतको दोस्रो त्रैमासमा समेत कूल ग्राहस्थ उत्पादन ७.५ प्रतिशतले ओरालो लागेको विवरण सार्वजनिक भएको छ ।

आर्थिक वर्ष २०२०- २०२१ म जिडिपीमा आएको गिरावटले अर्थतन्त्र क्रमशः मन्दीको दिशातर्फ गएको पुष्टि गरेको छ ।

नेपालमा गत आवमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएमा १.२८ प्रतिशत मात्रै वृद्धि भएको थियो । चालु आवमा पनि आर्थिक वृद्धिको लक्ष्य पूरा हुन मुस्किल नै परेको छ ।

जिडिपीको कूल आँकडा आउनु भन्दा पहिले विभिन्न एजेन्सीले ५ देखि १० प्रतिशत गिरावट हुने अनुमान गरेका थिए ।

पछिल्लो त्रैमासमा भारतको जिडिपीमा २४ प्रतिशतले ओरालो लागेको थियो । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन गरिएपनि झनै फैलिएर गएको छ ।

भारतमा मौजुदा त्रैमासमा उद्योग क्षेत्रमा २.१, खानीमा ९.१, निर्माणमा ८.६ प्रतिशतले गिरावट आएको छ । यस्तै, कषि तथा उत्पादनमूलक क्षेत्रमा सामान्य मात्रै वृद्धि भएको अनुमान गरिएको छ । कृषि क्षेत्रमा ३.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै उत्पादनमूलक क्षेत्रमा ०.६ प्रतिशतले वृद्धि भएको छ ।

रिजर्भ बैंक अफ इन्डियाका गभर्नरले हालै आयोजना गरेको ए कार्यक्रममा भारतीइ अर्थतन्त्र राम्रो बन्दै गएको र रिकभरी भइरहेको बताएका थिए । भारतका मुख्य आर्थिक सल्लाहकार केवी सुब्रमण्यमले जिडिपीमा देखिएको गिरावटका पछाडि कोरोना नै रहेको बताए ।

भारतको प्रमुख विपक्षी दलले भने भारत आधिकारिक रुपले मन्दीमा गएको बताएको छ । उसले के मोदी सरकार कृपा गरेर यो बताउन तयार छ । उसले मन्दीबाट बाहिर निस्कने कुनै योजना बनाएको छ ? भारतमा हरेक वर्षमा ४ पटक जिडिपीको बारेमा जानकारी दिन्छ ।

कोरोना प्रभावितलाई सरकारले उपलब्ध गराएको राहत प्रभावकारी नभएको गुनासो पनि उत्तिकै आइरहेको छ । सरकार र सरकार समर्थकहरुलाई मात्रै राहत दिइएको भन्दै सरकारको चर्को विरोध समेत शुरु भएको छ । नयाँ कृषि ऐनलाई लिएर भारतभर नै किसानहरुले समेत आन्दोलन गरिरहेका छन् ।


पुष्प दुलाल