बैंकहरुलाई ऋण असुलीमा समस्या, धितो लिलामीमा लगेको घरजग्गा बिक्न छाड्यो



काठमाडौं । कोरोनाको कहर बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुलीमा परेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर सम्पुर्ण अर्थतन्त्रका साथै घर जग्गा व्यवसायमा पर्दा बैंकहरुलाई लिलामी गरिएको थियो बिक्री गरी ऋण असुल गर्न कठिन भएको हो ।

पछिल्लो समय विभिन्न पत्र पत्रिकामा देखिने प्रायः सुचनाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई ताकेता गर्दै ऋण तिर्ने भाका दिएका सुचना हुन् । साथै यी सुचनाहरुमा कतिपय सुचना गैर बैंकिङ सम्पत्ति अर्थात् ऋण दिएको समयावाधि सकिएछि लिलामी गरिएका धितो बिक्रीका पनि प्रायः हुन्छन् ।

बैंक तथा वित्तीय सस्थाले कर्जा डिफल्ट भएको न्यूनतम १ वर्षदेखि २÷३ वर्षमा धितो लिलामी गरी त्यसको गोप्य शिलबन्दी बोलपत्र आह्वान गर्छ ।

लक डाउन र निषेधाज्ञा पछि भने प्रायः बैंक तथा वित्तीय संस्थाले यस्ता ऋण असुलीका प्रक्रिया तीब्र पारेका छन् । साथै यसबीच धेरै ऋणीका धितो लिलामी समेत गरी बैंक वित्तीय सस्थाले गोप्य शिल्बन्दी बोलप्रत्र आह्वन गरेपनि त्यसमा पत्र भने परेको छैनन् । जसकारण बैंकहरुले पटक पटक एउटै गैर बैंकिङ सम्पतीको पटक पटक गोप्य बोलपत्र आह्वान गरिरहेका छन् ।

बैंकहरुले ऋण असुलीको प्रक्रिया तीब्र पारेपनि लिलामी गरिएको धितो बिक्री गरी ऋण असुल गर्न अहिले समस्या भएको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘केही बैंकहरुले धितो बिक्री भयो भन्ने पनि केही बैंकहरुले धितो बिक्री ठिलो भएको गुनासो गरिरहेका छन्,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘धितो बिक्री ढिलो हुनुमा ऋणीले अदालती प्रक्रिया चलाएको कारणले पनि हो भने केही बैंकहरुको कोरोनाको कारण धितो बिक्री नभएर हो ।’

पछिल्लो समय काठमाडौं उपत्यकामा केही मात्रामा जग्गाको मूल्य ढे पनि उपत्यका बाहिर भने घर जग्गाको मूल्य घटेको उनले जानकारी दिए ।

‘मूल्य घटेको कारणले उपत्यका बाहिर जग्गाको कारोबार कम भएर बैंकहरुलाई लिलामी गरिएको धितो बिक्री गरी ऋण असुली गर्न अप्ठ्यारो भएका छ,’ दाहालले थपे ।

सोही कारणले एउटै गैर बैंकिङ सम्पतीको गोप्य शिलबन्दी बोलपत्र आह्वान केही बैकहरुले पटक पटक गरिरहेको हुन सक्ने उनको भनाइ छ ।

अहिलेको अवस्थामा मानिसहरुले विलासीताका वस्तुहरुमा खर्च घटाएसँगै गाडी, कपडा तथा घर जग्गामा लगानी नगर्ने मनस्थितीको विकास भएको नेपाल डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालले बताए ।

‘कोभिडका कारण नकारात्मक असर अर्थतन्त्रमा परेको छ, मानिसहरु खर्च गर्नभन्दा बढी भोलि के होला भनेर भएको पैसा बचत गर्न तर्फ लाग्छन्,’ अध्यक्ष ढकालले क्लिकमाण्डूसँग भने, ‘त्यसमा अहिले धेरै ठाँउमा घर जग्गाको मूल्य घट्दो भने कारोबार समेत कम भएको छ ।’

घर जग्गाको मूल्य घटेको समयमा बैंकहरुले लिलामी गरको धितोको मुल्यांकन अनुसारको मुल्यमा बिक्री नभएको हुँदा पटक पटक बोलपत्र सुचना प्रकाशित भएका हुन सक्ने उनले बताए ।

धितो लिलामी र बिक्री कसरी ?

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले डिफल्ट भएका कर्जाको वर्गिकरण गरी सोही अनुसार प्रोभिजन गर्नु पर्ने हुन्छ ।

ऋणको साँवा र ब्याज तिर्न भाखा नाघेका ३ महिनापछिसम्म सुष्म निगरानी (वाच लिस्ट) सुचीमा राखी त्यसमा ५ प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

यस्तै, तीन महिनादेखि ६ महिनासम्म साँवा र ब्याज तिर्न भाखा नाघेका कर्जालाई कमसल वर्गमा राखी त्यसमा २५ प्रतिशत प्रोभिजन गर्नु पर्छ । साथै, ६ महिनादेखि एक बर्षसम्म सावाँ ब्याज भुक्तानी नभएको कर्जालाई शंकास्पद वर्गमा राखी ५० ५० प्रतिशत प्रोभिजन गर्नु पर्छ ।

एक बर्षभन्दा बढी अवधिमा साँवा ब्याज नउठेमा त्यस्तो कर्जालाई खराब कर्जाको वर्गमा राखी कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

खराब कर्जामा वर्गिकरण भएको कर्जालाई बैंकले ३५ दिने, १५ दिने र ७ दिने गरी ऋण तिर्न आउने सुचना प्रकाशित गर्न पाउँछन् । सो भन्दा अगावै पनि बैंकहरुले ऋणीलाई आन्तरिक रुपमा नै ऋण तिर्न आउने ताकेताको पत्र पठाइसकेका हुन्छन् ।

यस्तो प्रक्रियामा समेत ऋण तिर्न ऋणी नआएमा धितो लिलामीको प्रक्रिया अघि बढाइ बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्छन् । लिलाम गरिएको धितोको मुल्यांकन गरी बैंकहरुले गोप्य शिल्बन्दी बोलपत्र आह्वनकोे ७ दिने सुचना प्रकाशित गरी धितो बिक्री गरी ऋण असुल गर्छन् ।


क्लिकमान्डु