२० बैंकको नाफा ११.११% ले बढ्यो, जानकार भन्छन्- सन्तोषजनक छैन
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकको नाफा ११.११ प्रतिशतले बढाएका छन् ।
तर यो नाफा भने सन्तोषजनक नभएको जानकारहरुको टिप्पणी छ । बैंकहरुको नाफा अपेक्षाअनुसार नभएको उनीहरुको तर्क छ ।
२० वटा बैंकहरुले गत आवको दोस्रो त्रैमासमा २२ अर्ब २ करोड ७५ लाख ६७ हजार २९५ रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकहरुको नाफा जम्मा ११.११ प्रतिशतले बढेर २४ अर्ब ४७ करोड ६१ लाख १४ हजार ८९६ रुपैयाँ पुगेको हो ।
२८ वटा वाणिज्य बैंकमध्ये जनता बैंक ग्लोबल आइएमईमा मर्ज भइसकेको छ । यी २ वटा बैंक मर्ज भएपछि अहिले २७ वटा बैंक सञ्चालनमा छन् । २७ बैंकमध्ये २० वटा बैंकको दोस्रो त्रैमासको रिपोर्ट आएको छ । २० वटा बैंकमध्ये ५ वटा बैंकको नाफामा गिरावट देखिएको छ ।
जसमा सबैभन्दा बढी नेपाल बैंकको नाफामा १८.६० प्रतिशतले कमी आएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार २०२ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा पुग्दा १ अर्ब ३५ करोड २३ लाख ९६ हजार ८६३ रुपैयाँ मात्रै नाफा गरेको हो ।
यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि नाफा पनि १५.६६ प्रतिशतले घटेका छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधीमा आइपुग्दा बैंकको नाफा घटेर १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफामा सीमित भएको छ ।
यता सिटिजन्स बैंकको पनि नाफा पनि १०.७२ प्रतिशतले घटेका छ । गत आवको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४५ हजार ९२१ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा आइपुग्दा १०.७२ प्रतिशतले घटेर ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँ मात्रै आर्जन गरेको छ ।
यस्तै सिद्धार्थ बैंकको पनि नाफा ४.०१ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ९४ लाख ४३ हजार ६१३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १ अर्ब २ करोड ६५ लाख ४९ हजार ४७८ रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।
वित्तीय विवरणअनुसार सबैभन्दा बढी एनएमबी बैंकको नाफा ४७.४० प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख ४२ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १ अर्ब ६३ करोड ६० लाख ७६ हजार रुपैयाँ छ ।
यस्तै ग्लोबल आइएमई बैंकको नाफा पनि ३७.१३ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ५९ लाख ७ हजार ८७२ रुपैयाँ छ । जुन गत आवको सोही अवधिमा १ अर्ब २२ करोड ९३ लाख ८६ हजार ३४४ रुपैयाँ छ । यो वर्षको रिपोर्ट जनता र ग्लोबल आइएमई बैंकको मिश्रित हो ।
एनआईसी एसिया बैंकको नाफा ३३.३९ प्रतिशतले बढेर २ अर्ब १ करोड ६२ लाख २५ हजार ६२१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड १४ लाख ५८ हजार ६८६ रुपैयाँ छ भने २० वटा बैंकमा सबैभन्दा एनआईसी बैंकले नै कमाएको छ ।
अन्य बैंकको नाफा त्योभन्दा कम छ । यो अवधिमा अर्ब भन्दा बढी नाफा कमाउने १३ वटा बैंक छन् ।
अर्बपति क्लबमा प्रवेश गर्ने बैंकमा सिद्धार्थ, सानिमा, एनआईसी बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, प्रभु, कृषि विकास, प्राइम, एनएमबी, ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।