भारतमा खाना पकाउने ग्यासको उपभोक्ता ३३ करोड पुग्यो



काठमाडौं । भारतमा खाना पकाउने ग्यासको प्रयोगकर्ता करिब ३३ करोड पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १० बर्षको अवधीमा खाना पकाउने ग्यासको प्रयोगशाला दोब्बर संख्याले बढेको छ ।
सन् २०१४ मा खाना पकाउने ग्यासको प्रयोगकताए भारतमा १४ करोड ५२ लाख थियो । यो संख्या बढेर अहिले ३२ करोड ८३ लाख पुगिसकेको छ ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका अनुसार प्रधानमन्त्री उज्जवला योजना(पीएमयूवाई) कार्यक्रमका कारण ग्यास प्रयोगकर्ताको संख्या दोब्बर संख्याले बढेको हो ।

यो योजनाअन्तर्गत १० करोड ३३ लाख गरीब परिबारको लागि खाना पकाउने ग्यास सिलिण्डरको सुविधा उपलब्ध गराइएको छ । यो योजना सुरु भएपछि हालसम्म २२२ करोड एलपी ग्यास रिफिलिङ्ग भएको छ । यो योजनाअन्तर्गत प्रत्येक दिन करिब १३ लाख एलपी ग्यास रिफिलिङ्ग हुने गर्छ ।

भारत सरकारले यो योजनाअन्तर्गत लक्षित गरिब परिबारलाई केन्द्र सरकारले ३ सय भारतीय रुपैयाँ प्रति सिलिण्डर अनुदान दिदैं आएको छ । यो अनुदानका कारण ग्यास प्रयोगकर्ताको संख्या अत्यधिक बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सन् २०१९ देखि २० सम्ममा प्रतिसिलिण्डरको खपत दर ३.०१ थियो । यो खपत दर सन् २०२३ देखि २४ सम्ममा बढेर ३.९५ पुगेको छ । अक्टुवर २०२४ सम्म यो संख्या बढेर ४.२४ सिलिण्डर प्रति व्यक्ति पुगेको छ ।

यसबाहेक एलपी ग्यास वितरकको संख्या पनि अत्यधिक संख्यामा बढेको छ । सन् २०१४ मा १३ हजार ८ सय ९६ वटा वितरक थिए । २०२४ को १ नोभेम्वरसम्म यो संख्या बढेर २५ हजार ५ सय ३२ पुगेको छ ।

यसमध्ये ९० प्रतिशतभन्दा बढि वितरक ग्रामिण क्षेत्रमा आफ्नो सेवा दिदैं आएका छन् ।

यस्तै प्राकृतिक ग्यास पाइपलाइनको नेटवर्क पनि पछिल्लो १० बर्षमा उल्लेख्नीय रुपमा विस्तार भएको छ । २०१४ मा यो पाइपलाइन १५ हजार ३ सय ४० किलोमिटरको थियो । पछिल्लो समयमा यो पाइपलाइनको विस्तार भएर २४ हजार ९ सय ४५ किलोमिटर पुगेको छ ।

यसबाहेक १० हजार ८ सय ५ किलोमिटर दूरीको नयाँ पाइपलाइन निर्माण भइरहेको छ । राष्ट्रिय ग्यास ग्रिड पूरा भएपछि भारतको प्रमुख माग र आपूर्ति एक आपसमा जोडिनेछ । यसले भारतको सबै क्षेत्रमा प्राकृतिक ग्यासको सहज रुपमा उपलब्धता सुनिश्चत हुनेछ ।


क्लिकमान्डु