जर्मन राजनीति नै हल्लाउन सक्ने भोक्सवागनको संकट के हो ?



एजेन्सी । युरोपको सबैभन्दा ठूलो कार कम्पनी भोक्सवागनले इतिहासकै जटिल पिस्थिति सामन गरिरहेको छ । विक्रीमा भारी गिरावट आउन थालेपछि कम्पनीले सकेसम्म धेरै खर्च कटौती गरिरहेको छ ।

तर यतिबेला नै भोक्सवागनका कर्मचारीहरु तलब बढाउनुपर्ने र जागिरको सुरक्षाको माग गर्दै आन्दोलन गरिरहेका छन् । झण्डै एक वर्षअघि भोक्सवागन वर्क्स काउन्सिलका अध्यक्ष डानिएला केभालोले चेतावनी दिएकी थिइन्,’युरोपको सबैभन्दा ठूलो कार निर्माता कम्पनी ठूलो आँधीतर्फ बढिरहेको छ ।’

र भन्न थालिएको छ, डानिएलाले संकेत गरेको आँधी अहिले नै आइरहेको छ । यसबीचमा भोक्सवागनले एक वा दुई कार संयन्त्र बन्द गर्दै हजारौं कर्मचारीहरुलाई हटाउन बाध्य भएको जनाएको छ ।

जुन घोषणा सेप्टेम्बरको अन्त्यमा तलब वृद्धिका लागि तय गरिएको वार्ताभन्दा पहिले गरिएको थियो। तर त्यतिन्जेल कैयौं कर्मचारीहरुले आफ्नो तलब बढ्ने अपेक्षा गरिरहेका थिए । र भक्सवागनको उक्त घोषणासँगै १ लाख २० हजार कर्मचारीहरुलाई यतिबेला आफ्नो भविष्यले सताइरहेको छ ।

यसबीचमा युरोपको सबैभन्दा ठूलो कार निर्माता कम्पनी भोक्सवागनको तनाबपूर्ण अवस्थाले जर्मन राजनीतिमा नै असर पार्नसक्ने बताइन्छ । यसको पछाडि भोक्सवागनको २० प्रतिशत सेयर जर्मनीको राज्यसँग पनि छ । र सोही राज्यमा भोक्सवागनको मुख्य फ्याक्ट्री सञ्चालित छ ।

बदलिँदो परिस्थिति

केही दसकौंको अवधिमा राजनीतिक नेताहरुको सहयोगमा व्यवस्थापन र श्रमिक संगठनहरुबीच बलियो सम्बन्ध स्थापित भएको छ । पहिले यो कार कम्पनीमा सरकारको स्वामित्व थियो । तर १९६० मा यसलाई आंशिक रुपमा निजीकरण गरियो । र सेयर बजारमा सूचीबद्ध गरियो ।

त्यसपछि प्रभावशाली मेटल वर्कर्स युनियन आईजी मेटालले एक सम्झौता गर्‍यो । सोही अनुरुप यसलाई जर्मन उद्योगमा आम रुपमा उद्योग व्यापी सामुहिक सौदाबाजी सम्झौताबाट बाहिर निकाल्ने अनुमति पनि मिल्यो । सामान्यतया सबैजसो जर्मन कम्पनीहरुले एकै किसिमको सम्झौता गरेका हुन्छन्। जवकि भोक्सवागनलाई फरक किसिमको सम्झौता गर्ने अनुमति मिलेको थियो ।

भोक्सवागनका कर्मचारीहरुको तलब अन्य कार कम्पनीहरुको तुलनामा पर्याप्त मात्रामा धेरै हुने गरेको छ । १९९० को दशकमा कर्मचारी प्रतिनिधिहरुले ३५ वर्षको रोजगारी ग्यारन्टी हासिल गरेका थिए । जसकारण २०२९ सम्म रोजगारी कटौतीको सम्भावना हटेको छ ।

तर रोजगारीको यस्तो ग्यारेन्टीलाई हाल भोक्सवागन व्यवस्थापनले विशेष रुपको महत्त्वपूर्ण चुनौती तथा बढ्दो लागतबाट कम्पनीको नाफा घटेको जस्ता कारण देखाउँदै रोजगारी कटौतीलाई एकतर्फी रुपमा जोड दिइरहेको छ ।

सेप्टेम्बरको सुरुवातमा कर्मचारीहरुलाई पठाएको पत्रमा भोक्सवागनले भनेको थियो, ‘वर्तमान परिस्थितिमा सवारीसाधन उत्पाद र उपकरण बनाउने बनाउने युनिटको संयन्त्र बन्द हुने सम्भावना पनि इन्कार गर्न सकिँदैन ।’

युरोपमा कार मन्दीका बीच भोक्सवागनमा संकट

२०२३ मा १० वटा फरक ब्रान्डको कार समूहले १८ अर्ब युरोभन्दा धेरै नाफा कमाए र सेयरधनीहरुलाई ४.५ अर्ब युरो लाभांश दिए। यसका बावजुद भोक्सवाग व्यवस्थापनले गत वर्ष कार्यक्षमता कार्यक्रम सुरु गर्‍यो । यसको उद्देश्य प्रतिस्पर्धा बढाउनका लागि २०२६ सम्म १० अर्ब युरो बचत गर्नु थियो ।

जवकि अगस्ट २०२४ मा व्यवस्थापनले निराशाजनक नतिजापछि बचतसँग जोडिएका अन्य उपाय आवश्यक थियो । कम्पनीका अनुसार उसको कुल विक्री घटेर ३२० अर्ब युरोमा पुग्‍यो । जुन अघिल्लो वर्षको तुलनामा २ अर्ब युरो कम हो ।

यस्तो गिरावट यसरी आयो कि युरोपमा कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा कारको विक्रीमा २० लाख संख्याले घट्यो ।

कतिपय विश्लेषकहरुले भने फ्रान्स, इटाली र बेलायतमा पनि हाल कार निर्माता कम्पनीहरुले यस्तै किसिमको संकट सामना गरिरहेका छन् ।

जर्मन अटो उद्योगका लागि यतिबेला चुनौतीको कुरा के हो भने चिनियाँ कार कम्पनीहरुले व्यापक रुपमा प्रविधिको प्रयोग गर्दै उत्पादनमा जोड दिएका छन् । यसले नै जर्मनीको अटो बजारलाई नोक्सान पुगिरहेको छ । यससँगै जर्मनीमा उत्पादन हुने कम्तीमा २० प्रतिशत कार चीन पठाइन्छ ।

यससँगै विश्वभरको अटो बजारमा चीनले आफ्नो जबर्जस्त प्रभाव जमाइरहेको छ । विशेषगरी विद्युतीय सवारी उत्पादनको सन्दर्भमा चीनले अनपेक्षित फड्को मारेको छ । चिनियाँ बजार विस्तार हेर्दा हाल युरोप, अमेरिकाले झमेला दिए पनि ती देशमा जबर्जस्त कानुनी लडाइँ लडेरै चीनले बजार स्थापित गरेको छ ।

फ्रान्स र इटालीका कार निर्माताहरुले त कम्तीमा ५० प्रतिशत गिरावट देखिएको छ । युरोपमा केही कार निर्माताहरुले यस्तो पनि चेतावनी दिएका छन् कि कम्पनीहरुले जलवायु लक्ष्य पूरा गर्न पनि सफल हुने छैनन् ।


क्लिकमान्डु