योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न हुँदैन: देउवा



नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनै पनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनै पनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए ।

स्व.मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको देउवाको भनाइ छ । मंगलादेवी सिंह आफैँमा एउटा संस्था भएको देउवाले बताए ।

देउवाले यसो भने


‘आज मंगलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका मैले पाएको छु । यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । मंगलादेवी सिंह गणेशमानजीको श्रीमतीमात्रै नभएर मंगलादेवी सिंह आफैँमा पनि मंगलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन । मंगलादेवी आफैँमा एउटा संस्था हो ।

उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरु नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदिबहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौंवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।


क्लिकमान्डु