प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकी राजदूत थम्पसन बालुवाटार पुगेका हुन्।

बुधबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिएका छन्।

अमेरिका नेपालबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले जनाएका छन् ।


क्लिकमान्डु