काठमाडौं महानगरमा ३० जना हेभी सवारी चालक माग, कसरी दिने आवेदन ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० जना हेभी सवारी चालक माग गरेको छ ।

महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको सूचना प्रकाशन गरेको हो । चालकका लागि आवेदन दिनका लागि शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ ।

महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

इच्छुकले महानगरपालिकाको वेबसाइटमा रहेको हेभी ड्राइभर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने महानगरले जनाएको छ । आवेदन आगामी साउन १६ गतेसम्म दिन सकिन्छ ।


क्लिकमान्डु