चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान



एजेन्सी । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ ।

मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ ।

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ ।


क्लिकमान्डु