यसरी भइरहेको छ घण्टाघरको पुनर्निर्माण (तस्बिरहरु)



काठमाडौं । काठमाडौंस्थित घण्टाघरको पुनर्निर्माण सुरू भएको छ ।

घण्टाघरको पुनर्निर्माणमा अहिले कामदारहरू रेट्रोफिटिङमा गरिरहेका छ्न् ।

भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको छ ।

२०७२ को भूकम्पले क्षति पुर्‍याएको लामो समयपछि घण्टाघरको पुनर्निर्माण थालिएको हो । राणा प्रधामन्त्री वीर सम्शेरले घण्टाघर बनाउन लगाएका थिए ।

१०५ फिट उचाइ रहेको घण्टाघर वीर शमशेरको पाला (१९४७–१९५२ साल) मा निर्माण भएको इतिहास छ । १९९० सालको भूकम्पले क्षति भएपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा पुनः अर्को घण्टाघर निर्माण गरिएको थियो ।


क्लिकमान्डु