भक्तपुरमा राउतको घरबाट दुई करोड चोर्ने ४ जना पक्राउ



काठमाडौं । डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा अपरिचित ३ जना व्यक्तिहरु प्रवेश गरी सीआईबी हुँ भन्दै घरधनी र सदस्यहरुलाई नियन्त्रणमा लिइ दराजभित्र रहेको २ करोड नेपाली रुपैयाँ डाँका चोरी तथा लुटपाट गरी फरार रहेको जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेका सुजन रसाईलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको उनले बताए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे २ का ३० वर्षीय सुजन रसाईली, सिन्धुपाल्चोक भोटेकोशी २ का ३१ वर्षीय भीमबहादुर तामाङ, वर्ष ३६ का ओखलढुंगा मानेभञ्ज्याङ ३ का मुनाराज राई र वर्ष ३८ का सिन्धुपाल्चोक भोटेकोशी २ कै कृष्णबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

डिल्लीबहादुर राउतको मामा कुलबहादुर खत्रीलाई राउतको घरमा बढी मात्रामा रकम रहेको भन्ने जानकारी भएकोमा खत्रीले वैदेशिक रोजगारीको सिलसिलामा चिनेका सुजन रसाईलीलाई उक्त कुरा जानकारी गराइ लुट्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२-०४०प.५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट र्गा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।


क्लिकमान्डु